नेपाललाई नाकावन्दी गर्ने ११ बुँदे मागहरु यस्ता छन्

मंगलबार, १५ मंसिर
देशको राजनीति यसै वरपर घुम्ने

काठमाण्डौं । नेपालको राजनीतिमा मधेशी मोर्चाले पेश गरेको ११ बुँदे मागहरु नै अब देशको राजनीतिको केन्द्रमा रहने भएको छ । सरकारले मधेशी मोर्चाका मागहरु लिखित रुपमा मागे पछि गत कार्तिक १५ गते मोर्चाले सरकारी वार्ता टोली समक्ष पेश गरेको थियो ।
अहिले भैरहेको सरकार, प्रमुख प्रतिपक्ष कांग्रेश र मधेशी मोर्चा विच भैरहेको त्रिपक्षीय वार्तामा पनि मधेशी मोर्चाले सोही ११ बुँदे मागहरु मै सरकार र प्रमुख प्रतिपक्षको साझ धारणा मागेको छ ।
सो मागहरु पूरा नभएसम्म नाकावन्दी र आन्दोलन नहट्ने मोर्चाका नेताहरुको भनाइ रहेको छ ।
सो मागहरु यस प्रकार छन् ।
1) पहिलो संविधानसभाबाट गठित राज्य पुनर्संरचना तथा राज्यशक्ति बाँडफाँड समिति तथा राज्य पुनर्संरचना उच्चस्तरीय सुझाव आयोगको प्रतिवेदन तथा मधेसी, आदिवासी जनजाति लगायत उत्पीडित समुदायसँग भएका सम्झौता र नेपालको अन्तरिम संविधान–२०६३ को धारा १३८, १ क अनुरुप तराईरमधेसमा मेचीदेखि महाकालीसम्म २ स्वायत्त प्रदेश लगायत ऐतिहासिक पृष्ठभूमि र पहिचानको आधारमा अन्य स्वायत्त प्रदेशहरु निर्माण हुनुपर्ने । स्वायत्त प्रदेशहरु अधिकार सम्पन्न हुनुपर्ने ।
2) मौलिक हकमा समुदायगत समानुपातिक समावेशी हुने स्पष्ट व्यवस्था सहितको अलग धाराको व्यवस्था गर्नुपर्ने ।
3) संघ, प्रदेश लगायत राज्यको सम्पूर्ण अंग, तह, निकाय र सेवा आयोगहरुमा समानुपातिक समावेशी हुने कुराको प्रत्याभूति हुनुपर्ने ।
4) प्रतिनिधि सभाको निर्वाचन क्षेत्र जनसंख्याको आधारमा निर्धारण तथा मिश्रित निर्वाचन प्रणाली अन्तरिम संविधानमा भएको व्यवस्था बमोजिम गर्ने र राष्ट्रिय सभामा प्रत्येक प्रदेशबाट अनिवार्य प्रतिनिधित्व हुने गरी जनसंख्याको आधारमा प्रदेशको सदस्यहरु प्रदेश सभाको सदस्यहरु मतदाता हुने गरी एकल संक्रमणीय निर्वाचन प्रणालीबाट गठन हुनुपर्ने ।
5) वैवाहिक नागरिकताको प्राप्ति संघीय कानूनमा नभई संविधानमा नै स्पष्ट व्यवस्था हुनु पर्ने र संवैधानिक पदहरुमा मनोनित वा निर्वाचित अन्तरिम संविधानको व्यवस्था अनुरुप हुनुपर्ने ।
6) न्यायपालिकालाई संघ राज्यको आधारभूत मान्यता अनुरुप संघीय ढाँचामा रुपान्तरित गर्ने तथा सर्वोच्च अदालत, उच्च अदालत र स्थानीय अदालतको नियुक्ति समावेशी समानुपातिक आधारमा गर्नुपर्ने । साथै उच्च अदालत र स्थानीय अदालतको न्यायाधिशहरुको नियुक्ति प्रादेशिक कानून बमोजिम हुनुपर्ने ।
7) संघ, प्रदेश र स्थानीय निकायका सबै अङ्गहरुमा बहुभाषिक नीति लागू गर्नुपर्ने ।
8) समावेशी आयोगमा सबै समुदायको प्रतिनिधित्व तथा अन्य सबै आयोगहरुको गठन र कार्यक्षेत्र स्पष्ट उल्लेखित हुनुपर्ने । साथै प्राकृतिक श्रोत तथा वित्तीय आयोगमा सबै प्रदेशहरुको प्रतिनिधित्वको व्यवस्था हुनुपर्ने ।
9) स्थानीय निकाय तथा विशेष संरचनाको गठन प्रादेशिक कानून बमोजिम हुनुपर्ने ।
10) नेपाली सेनालाई राष्ट्रिय स्वरुप प्रदान गर्दै लोकतान्त्रिकरण गर्ने तथा सेना लगायत सम्पूर्ण सुरक्षा निकायहरु समानुपातिक समावेशी गर्नुपर्ने ।
11) नेपाललाई एकल राष्ट्रिय राज्यको रुपमा नभई बहुराष्ट्रिय राज्यको रुपमा परिभाषित गर्नुपर्ने ।
nepalsandesh

निर्णायक वार्ताका लागि मधेसी मोर्चाको बटमलाइन यस्तो छ

काठमाडौं : आन्दोलनरत संयुक्त लोकतान्त्रिम मधेसी मोर्चाले निर्णायक वार्ता र सहमतिका  लागि सरकारसमक्ष अनौपचारिक रुपमा आफ्नो बटमलाइन पठाएको छ।

मधेसी मोर्चाका तर्फबाट पठाइएको अनौपचारिक बटमलाइन प्रस्तावमा सात प्रदेशभित्रै सिमांकन पुनरावलोकन गरेर निकास खोज्न सकिने उल्लेख छ । विश्वस्त स्रोतका अनुसार बटमलाइन प्रस्तावमा  सात प्रदेशको खाकामा रहेको पर्सादेखि सप्तरीसम्म र नवलपरासीदेखि बर्दियासम्म मधेसमा दुईवटा प्रदेश रहनुपर्ने उल्लेख छ।

विवादित पाँच जिल्ला झापा, मोरङ, सुनसरी, कैलाली, कंचनपुरको के कति भूभाग कुन प्रदेशमा राख्ने सम्बन्धमा सैद्धान्तिक आधार बनाएर राजनीतिक संयन्त्रबाट टुंगो लगाउन सकिने प्रस्ताव मोर्चाले राखेको छ। यसमा जनसंख्यालाई पनि आधार बनाउन सकिने विकल्प मधेसी मोर्चाबाट प्रस्तुत भएको छ ।

तर राजनीतिक संयन्त्रले यसका लागि समयसिमा तोक्नुपर्ने सर्त मोर्चाले राखेको छ । फागुन मासन्तसम्म टुंगो लगाइसक्नुपर्ने गरी सहमति गर्न सकिने स्रोतले बतायो
त्यसैगरी शीर्ष तहबाट विश्वसनीय आधारमा मोरङ, सुनसरी, कैलालीको केही भाग प्रदेशमा रहने र केही भागहरु प्रदेश नम्बर १ र  सातमा पर्ने गरी सहमति गर्न सकिने विकल्प मोर्चाले दिएको छ ।

मोर्चाले पठाएको यो अनौपचारिक प्रस्तावको वरीपरी रहेर सहमति खोज्न सकिने सन्देश  प्रधानमन्त्री केपी ओलीले मधेसी मोर्चालाई दिइसकेका छन् । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल पनि यसमा आधारित भएर प्याकेजमा समाधान खोज्न सकिने प्रस्ताव अघि  सारेका छन् । यसमा साझा अवधारणा बनाउनका लागि कांग्रेस, एमाले र एमाओवादीका शीर्ष तथा दोस्रो तहका नेताहरुबीच विभिन्न चरणमा अनौपचारिक छलफल भइरहेको छ ।

अनौपचारिक तहमा भइरहेको छलफल सकारात्मक रहेकोले बुधबार हुने भनिएको मधेसी मोर्चासँगको वार्ता महत्वपूर्ण हुने र संभवतः बुधबार नै कुनै निश्कर्ष आउने आन्तरिक वार्तामा सहभागी एक सदस्यले बताए । सिमांकनलाई मधेसी मोर्चाले सहमतिको बटमलाइनको रुपमा प्रस्तुत गरेकोले यसमा कुरा मिलेमा अरु विषय तथा मागले अल्झिने अवस्था छैन ।

भोलिको बेलुकाको बार्तामा आइस ब्रेक गर्नका लागि सरकार अधिकतम लचिलो भएर प्रस्तुत हुने रणनीति बनाएका छ । मधेसी मोर्चा पनि बुधबारको बार्तालाई निर्णयक बनाउनका लागि आन्तरिक छलफल तथा रणनीतिमा जुटेको छ। वार्ताका लागि सकारात्मक वातावरण बनाउन विभिन्न सूत्र तथा माध्यमार्फत सरकार र मधेसी मोर्चाबीच अनौपचारिक तहमा सम्वाद भइरहेको छ।

बुधबार बेलुकाका लागि तय गरिएको मधेसी मोचासँगको बैठकलाई निर्णायक बनाउन मुख्य दलहरु मंगलबार बिहानदेखि नै अनौपचारिक परामर्श तथा सम्वादमा जुटेका छन् । पार्टीभित्रको आन्तरिक छलफलसँगै दुईपक्षीय र बहुपक्षीय वार्ता भइरहेको छ। सोमबार निर्णायक छलफल गर्ने भनेर बोलाइएको बैठक थप आन्तरिक छलफल र गृहकार्य गरेर बुधबार बेलुका बस्ने गरी टुंगिएको थियो ।
annapurnapost

भारतीय राजदूतलाई फिर्ता पठाउन माग गर्दै स‌ंसद्‍मा नाराबाजी

काठमाडौं : संसद्को मंगलबारको बैठकमा भारतले नाकाबन्दी गरेर नेपालमा हस्तक्षेप गरेको भन्दै सांसदहरुले नाराबाजी गरेका छन् ।

मंगलबार मध्यान्ह  बैठक सुरु हुनसाथ मधेसी मोर्चाका सांसदहरुले रोष्‍ट्र घेराउ गरेर नाराबाजी सुरु गरेका थिए। मधेसी मोर्चाले अवरोध गरेर बैठक चल्न नदिएको अवस्थामा नेपाल मजदुर किसान पार्टीका सांसदहरु आफ्नै स्थानमा उठेर नाकाबन्दी र भारतीय हस्तक्षेपविरुद्ध नाराबाजी थालेका थिए।

नेमकिपाका सांसदहरुले भारतीय हस्तक्षेप बन्द गर, नाकाबन्दी हस्तक्षेप हो, भारतीय राजदूतलाई फिर्ता पठाऊ जस्ता नारा लगाएका थिए। मधेसी मोर्चाका सा‌ंसदहरुले मधेस आन्दोलनलाई सम्बोधन गर, संविधान संशाोधन गरजस्ता नारा लगाएका थिए।

दोहोरो नाराबाजीले संसद् चल्ने अवस्था नभएपछि सभामुखले आगामी मंसिर २० गतेसम्मका लागि स्थगित गरेका छन्। मधेसी मोर्चाको अवरोधका कारण संसद् निरन्तर अवरुद्ध हुँदै आएको छ ।annapurnapost

मधेशी मोर्चा र प्रधानमन्त्री ओली विचको वार्ताले भारतमा तहल्का

मंगलबार, १५ मंसिर
काठमाण्डौं । नेपालमाथि भारतीय नाकावन्दी र नेपालमा त्यसको गम्भीर प्रभाव वारे चुँ सम्म पनि नलेखेका भारतीय पत्रपत्रिकाहरुले सोमवार प्रधानमन्त्री ओली समेतको उपस्थितिमा मधेशी मोर्चा संग भएको वार्ताको विषयमा भने प्राथमिकता साथ समाचार छापेका छन् ।
यहाँ भैरहेको वार्ताले भारतमा तहल्का मच्चाएको छ । यसवारे भारतमा सबैको चासो वढेको छ ।
द टाइम्स अफ इण्डियाले “आन्दोलन समाप्त गर्न मधेशी नेताहरुले प्रधानमन्त्री ओली समक्ष ११ बुँदे माग पेश गरे” शीर्षकमा समाचार छापेको छ ।
हिन्दूस्तान टाइम्सले “मधेशी आन्दोलकारीहरु संग नेपालका प्रधानमन्त्रीले भेटे, कुरो मिलेन” शीर्षकमा  समाचार वनाएको छ ।
द हिन्दू पत्रिकाले “नेपाली दलहरु, मधेशी आन्दोलनकारीहरुले वार्ता पुनः थाले” शीर्षकमा समाचार दिएको छ ।
जी न्यूज डट इण्डिया डट न्यूजले “नेपाली प्रधानमन्त्री संग मधेशीहरुले भेटे, आन्दोलन वन्द गर्न ११ बुँदे शर्त” शीर्षक दिएर समाचार प्रवाह गरेको छ ।
भारतीय संचार माध्यमहरुमा नाकावन्दीवाट श्रृजना भैरहेको अमानवीय संकटवारे चासो नभएको तर मधेशी मोर्चा र सरकार विचको वार्ता वारे यति धेरै चासो देखिएकोले उनीहरुको मानवतावाद केवल देखावटी भएको पर्यवेक्षकहरु वताउँछन् ।
यता वार्ता शुरु भएपनि नेपाल सरकारलाई थप दवाव दिन भारतीय पक्षले नाकावन्दीलाई थप चर्काउने वा लोभ देखाउनका लागि खुकुलो पार्ने भन्ने वारे दिल्लीमा छलफल शुरु भएको समाचार श्रोतको भनाइ छ ।
nepalsandesh

पेरिसमा मोदीलाई यसरी हेपे पाकिस्तानका प्रधानमन्त्री शरिफले (हेर्नुस् )

काठमाडौं, १५ मंसिर । नेपालमा नाकाबन्दी लगाएर विदेश भ्रमणमा घुमिरहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको फ्रान्सको राजधानी पेरिसमा बेइज्जत भएको छ ।
जबरजस्ती पाकिस्तानका प्रधानमन्त्री नवाज शरिफलाई भेटेका मोदीको कुरै नसुनेपछि उनको बेइज्जत भएको हो । शरिफसँग हात मिलाएर एकान्त ठाउँमा ल्याई मोदीले केही भन्न खोजेका थिए । तर, शरिफले मोदीको कुरै सुन्न चाहेनन् ।
भिडियोमा हेर्दा पाकिस्तानी प्रधानमन्त्री शरिफ निकै आक्रोशित देखिन्छन् । भारतीय सञ्चारमाध्यमले पनि मोदीको कुरा शरिफले नसुनेको जनाएका छन् । सीमा क्षेत्रमा रहेको काश्मिर राज्यलाई लिएर पाकिस्तान र भारतबीच वर्षाैदेखि दुश्मनी रहँदै आएको छ । पाकिस्तानले काश्मिरलाई भारतबाट स्वतन्त्र हुनुपर्ने अडान राख्दै आएको छ । काश्मिर अहिले भारतको कब्जामा छ ।
उसो त नाकाबन्दी लगाएर भारतले नेपालसँग दुश्मनी गरिसकेको छ । (एजेन्सीको सहयोगमा)
dainiknepal

मोदीलाई दवाव दिन रवि शंकरको सहायता लिने कमल थापाको तयारी

१५ मंसिर, काठमाडौं ।

निजी स्तरमा भारत भ्रमणमा रहेका उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले भारतलाई नाकाबन्दी खोल्नका लागि फरक बाटोबाट दवाव दिने भएका छन् ।

धर्म गुरु श्री रवि शंकरसँग भेट्न बंगलोर पुगेका कमल थापाले रवि शंकर मार्फत नै हिन्दुवादी मोदीलाई दवाव दिने रणनीति बनाएका हुन् ।

भारतीय समकक्षी सुष्मा स्वराजलाई पनि भेट्ने तय भएका कमल थापाले मोदीको विदेश नीति सम्हालिरहेका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोवलसँग पनि भेटेर नाकाबन्दी खोल्नका लागि पहल लिने कार्यक्रम छ ।

यस अघि बाबा रामदेवलाई पनि नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले आग्रह गरेपछि मोदीलाई भेटेर नाकबन्दी खोल्न दवाव दिएका थिए ।

हिन्दुवादी र धार्मिक छवि भएका मोदीलाई धर्मगुरुबाटै दवाव दिने रणनीति कमल थापाले बनाएको उच्च श्रोतले जनाएको छ ।  nepaliheadlines

यौनकर्मीको असुरक्षित यौन सम्पर्कबाट एचआइभी बढ्दै

मंगलबार, १५ मंसिर
मोरङ । मोरङमा एक वर्ष्भित्रमा ९३ जना एचआइभी सङ्क्रमित फेला परेका छन् ।
जिल्ला एड्स समन्वय समिति मोरङका संयोजक झमक भट्टराईका अनुसार यौनकर्मीको असुरक्षित यौन सम्पर्कबाट सर्ने दर बढी देखिएका छन् ।
त्रियानब्बे जनामध्ये २४ जनालाई शारीरिक सम्पर्कबाट सङ्क्रमण भएको खुल्न आएको छ । जिल्ला एड्स समन्वय समिति, मोरङको तथ्याङ्कअनुसार २६ गृहिणी र नौजना बालबालिका यो रोगबाट ग्रसित छन् ।
विसं २०४७ यता जिल्लामा एक हजार ३३९ जनामा रोगको सङ्क्रमण देखिएको छ । गत वर्षमात्रै मोरङमा एचआइभी एड्सका कारणले नौजनाको मृत्यु भएको तथ्याङ्कमा उल्लेख छ ।
मोरङका प्रमुख सहरी क्षेत्रका होटलमा गरिएका असुरक्षित यौन सम्पर्कबाट एचआइभीको सङ्क्रमण सरेको संयोजक भट्टराईको भनाइ छ ।
nepalsandesh

नाकाबन्दीका कारण काठमाडौंबाट बाहिरीने बढे

मंगलबार, १५ मंसिर
काठमाडौं । भारतले लगाएको नाकाबन्दीका कारण राजधानीमा उपभोग्य सामाग्रीको अभाव भएसँगै काठमाडौंबाट बाहिरिने संख्या बृद्धि भएको छ ।
केहि दिन अघि सम्म उपत्यका भित्रने गाडी बढी र बाहिरिने गाडी र यात्रुको संख्या कम रहेको भएपनि पछिल्ला दिनहरुमा काठमाडौंबाट बाहिरिनेको संख्यामा बृद्धि भएको हो । काठमाडौं उपत्यकाबाट बाहिरिने र भित्रिने गाडीको संख्या झण्डै बराबर भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
नागढुङ्गा प्रहरी इन्चार्ज प्रहरी नायव निरीक्षक विकल भट्टराईका अनुसार गएको २४ घण्टामा २५ सय २८ वटा गाडीमा ३६ हजार ५ सय ६३ जना काठमाडौं भित्रिएका छन् । यस्तै २६ सय २२ वटा गाडीमा ३६ हजार २ सय २९ जना बाहिरिएका छन् ।
नागढुंगा नाका भएर गएको २४ घण्टामा डिजेल बोकेको ४ वटा ट्याङकर, पेट्रोल ६ ट्याङकर र एउटा हवाइ इन्धन बोकेको ट्याङकर भित्रिएको उनले जानकारी दिए । यस्तै श्रीराम, सिद्धार्थ, त्रिवेणी, ओम र बाबा ग्यासको सिलिन्डर बोकेका साना गाडी पनि काठमाडौं आएका छन् ।
nepalsandesh

वार्षिक सहयोगबाट कट्टा हुने गरी एक हजार टन ग्यास दिन चीनसँग नेपालको आग्रह

काठमाण्डु, १५ मंसिर– चीनले वार्षिक रुपमा दिने सहयोगबाट एक हजार मेट्रिक टन ग्यास सहयोग गर्न नेपालले लिखित आग्रह गरेको छ । तर त्यसको जवाफ चीनले दिएको छैन । नेपालले इन्धन आयातका लागि सम्झौता  गरेको पेट्रो चाइनाले ग्यासको कारोबार गर्दैन ।
चीन ग्यास सहयोग गर्न तयार भए अर्को कम्पनीसँग सम्झौता  गर्नुपर्नेछ । तिहारको बेला आपूर्तिमन्त्री गणेशमान पुनले चीनको भ्रमण गरे पनि दूतावासका अधिकारीले विस्तृत जानकारी दिन चाहेनन् ।
नयाँ पत्रिकाबाट
kathmandutoday भिडियो हेर्न तलको बाकस थिच्नुहोस

नेपालमा रहेका भारतीय बोर्डका विद्यालय खारेज हुने

मंगलबार, १५ मंसिर
काठमाडौं । शिक्षा मन्त्रालयले अनुमतिबेगर नेपालका विभिन्न स्थानमा सञ्चालित भारतीय केन्द्रीय माध्यमिक शिक्षा बोर्ड (सिबिएसई) अन्तर्गतका विद्यालय खारेज गर्ने तयारी गरेको छ । कानुनी प्रक्रियामा आउन बारम्बार आग्रह गर्दा पनि अटेरी गरेपछि यस्ता १४ वटा विद्यालय खारेज गर्न मन्त्रालयले तयारीलाई मन्त्रालयले अघि बढाएको हो ।
मन्त्रालयकी सहप्रवक्ता सरस्वती पोखरेलका अनुसार नेपालमा विदेशी बोर्डको सम्बन्धनमा कुनै पनि शिक्षालय सञ्चालन गर्न शिक्षा मन्त्रालयको स्वीकृति अनिवार्य हुन्छ । यसका लागि निश्चित प्रक्रिया र्पुयाई अनुमित लिएर मात्र कक्षा सञ्चालन गर्नुपर्ने हुन्छ । तर, नेपालमा हाल सिबिएसईका १४ विद्यालयले शिक्षा मन्त्रालयको अनुमति विना नै संचालन भइरहेका छन् ।
‘शिक्षा मन्त्रालयले ती विद्यालयलाई अनुमतिका लागि प्रक्रियामा आउन पटकपटक आह्वान गरे पनि उनीहरु अटेर गरे,’ सहप्रवक्ता पोखरेलले भने, ‘अब मन्त्रालयले गैरकानुनी रुपमा सञ्चालित त्यस्ता विदेशी विद्यालयको सम्बन्धन खारेजीसम्मको कारबाही अघि बढाएको छ ।’ आजको नागरिकमा समाचार छ ।
nepalsandesh

यसकारण गर्नुहुन्न ३० बर्ष भन्दा ढिलो बिवाह

नेपालमा पनि ढिला बिवाह गर्ने परम्पराको विकाश भइसकेको छ । ढिला बिवाह गर्दा धेरै कुराहरु राम्रो हुने भएपनि केही कुराहरुमा भने असर पार्ने तथ्यले देखाएको छ । हालै सार्वजनिक गरिएको एक नयाँ अध्ययनका अनुसार ३० वर्षपछि आमा बन्ने महिलाद्वारा जन्माइएको  छोरीहरुमा युवावस्थामा डिप्रेशन हुनसक्ने सम्भावना औल्याएको छ ।
युनिभर्सिटी अफ वेस्टर्न अस्ट्रेलियाका वैज्ञानिक र मुख्य लेखिका जेसिका टीयर्न भन्छिन्, ‘युवा अवस्थामा महिलालाई डिप्रेसन र तनाव हुन्छ भने त्यसको महत्वपूर्ण कारण उनीहरुको जन्मसँग जोडिएको हुन्छ । उनीहरु जन्मँदा आमाको उमेर तीस कटेको छ भने यस्तो समस्या हुने प्रवल सम्भावना हुन्छ ।’
यो अध्ययनका लागि शोधार्थीहरुले वेस्टर्न अस्ट्रेलिया प्रेग्नेन्सी कोहर्टको अध्ययनको तथ्यांकलाई विश्लेषण गरेका थिए । उक्त अध्ययनमा १९८९ देखि १९९१ को बीचमा गर्भवती भएका महिलाहरुलाई सहभागी गराइएको थियो । उनीहरुको मनोवैज्ञानिक र जनसांख्यिक जानकारी पनि संकलन गरिएको थियो । उक्त तथ्यांकलाई पछिल्लो २३ वर्षमा विभिन्न उमेरको क्रममा उनीहरुको छोरीको मनोवैज्ञानिक मूल्यांकन गरिएको थियो ।
शोधार्थीहरु ती महिलाहरुको एक हजार दुई सय छोरीहरुले २० वर्षसम्मको उमेरमा डिप्रेशन र तनावको विभिन्न लक्षणहरुको अध्ययन गरे र उनीहरु जन्मँदा उनीहरुको बाबुआमाको उमेरको तुलना पनि गरे । छोरी जन्माउने बेला जुन आमाको उमेर ३० देखि ३४ वर्षको बीच थियो, उनको छोरीमा ३० वर्षभन्दा कम आयुमा सन्तान जन्माउने आमाको छोरीको तुलनामा धेरै तनाव हुने गरेको भेटिएको थियो । त्यसरी नै २० वर्षभन्दा कम उमेरमा जन्म दिने ५ प्रतिशत महिलाको उनीहरुका छोरीमाथि कुनै प्रभाव देखिएन । श्राेतः विभिन्न अनलाइन
१०१ पटक हेरिएको १०१ अाज मात्र हेरिएको

कोरिया र पाकिस्तानका राजदूतले राष्ट्रपति भण्डारीलाई भेटेर भने- सक्दो सहयोग गर्न तयार छौं

 १४ मंसिर-
राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत चोइ योङ जिनले आज शीतलनिवासमा शिष्टाचार भेट गर्नुभएको छ ।

भेटमा उहाँहरुबीच दुई देशबीच रहिआएको आपसी सम्बन्ध, सहयोग र हितलाई थप सुदृढ गर्दै जानुपर्नेमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
यसैगरी, आजै राष्ट्रपति भण्डारीसँग नेपालका लागि पाकिस्तानी राजदूत अर्सद साउद खोसाले आज बिदाइ भेट गर्नुभएको छ । भेटका क्रममा उहाँहरुबीच दुई देशको सम्बन्ध र सहयोगलाई थप प्रवद्र्धन गर्दै जानुपर्ने विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
etajakhabar भिडियो हेर्न तलको बाकस थिच्नुहोस

नाकाबन्दीको विरोधमा भारतको राज्यसभाका विपक्षीदलका सांसदले संसद अवरुद्ध गर्ने

१५ मंसिर, काठमाडौं । भारतले नेपालमाथि गरेको नाकाबन्दीको विरोध गर्दै भारतको राज्यसभाका विपक्षी दलका सांसदले संसद अवरुद्ध गर्ने भएका छन् । उनीहरुले संसद बैठक अवरुद्ध गरेर सरकारलाई दबाब दिन लागेका हुन् ।
भारत सरकारले नेपालको स्वतन्त्रतामाथि धावा बोलेको विपक्षी दलका सांसदको भनाई रहेको नयाँ पत्रिकामा खबर छ । ‘हामी अब छिट्टै संसदका कारबाही अवरुद्ध गरेर नाकाबन्दी हटाउन दबाब दिन्छौं,’ राज्यसभाका सांसद देवीप्रसाद (डिपी) त्रिपाठीले सोमबार आफ्नै निवासमा भएको कुराकानी भने-‘नोभेम्बर २१ मा विदेशमन्त्रीसहितको बैठकमा पनि यो चेतावनी दिइसकेका छौं, अब छाड्नेवाला छैनौं ।’
onlinekhabar भिडियो हेर्न तलको बाकस थिच्नुहोस

चीनलाई रुष्ट बनाएर इन्धन सम्झौता रोक्ने खेलमा खड्का

चीन सरकारलाई रुष्ट बनाएर नेपाल र चीनबीच हुनलागेको इन्धन सम्झौता रोक्ने खेल सुरु भएको छ । निकट भविष्यमा चीनको सरकारी पेट्रोलियम कम्पनी पेट्रो चाइना कर्पोरेसन र नेपाल आयल निगमबीच हुनलागेको सम्झौता भाँड्न नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल बहादुर खड्काले नै गोप्य चलखेल गरेको स्रोतले जनाएको छ । गत ३ गते नेपाल आयल निगमको पश्चिमाञ्चल क्षेत्रीय कार्यालयअन्तर्गतको भलबारी रुपन्देही डिपोबाट काठमाडौंमा चक्रपथ विस्तार आयोजनाको चिनियाँ निर्माण कम्पनी संघाई कन्स्ट्रक्सनको प्रयोजनको लागि काठमाडौंको हामा आयलको नाममा ‘बिलिङ’ भएर काठमाडौं आउँदै गरेको ना४ख ७१४५ नम्बरको ट्यांकर कार्यकारी निर्देशक खड्काको ग्राण्ड डिजाइनमा पक्राउ गराइएको निगम उच्च स्रोतले जानकारी दिएको छ ।

चक्रपथ विस्तारको काम गरिरहेको चिनियाँ निर्माण कम्पनी संघाई कन्स्ट्रक्सन र स्वयम्भू काठमाडौंको हामा आयल प्रालिबीच २०७० साल मंसिर ३० गते भएको इन्धन सम्झौताअनुसार उक्त कम्पनीलाई डिजेल उपलब्ध गराउने प्रयोजनका लागि हामा आयल प्रालिले गत कात्तिक ९ गते निगमको केन्द्रीय कार्यालयमा थानकोट डिपोमा पर्याप्त डिजेल नभएको कारण आफूहरुले संघाई कन्स्ट्रक्सनलाई डिजेल दिन नसकेको र सो कारण चक्रपथ विस्तार कार्य प्रभावित भएकोले निगमको भैरहवा डिपोबाट डिजेल उपलब्ध गराइदिन अनुरोध गर्दै निवेदन पेस गरेको थियो । डिजेल माग गर्दै लाइनमा बसेको हामा आयल प्रालिको उक्त निवेदनमा निगमका कार्यकारी निर्देशक खड्काले कात्तिक १५ गते तोक लगाउँदै भैरहवा डिपोलाई १२ हजार लिटर डिजेल उपलब्ध गराइदिन निर्देशन दिएका थिए ।

निगमबाट निवेदनमा तोक लागिसकेपछि हामा आयलले संघाई कन्स्ट्रक्सनलाई डेलिभरी दिने प्रयोजनको लागि १२ हजार लिटर डिजेल काठमाडौं ल्याउन रुपन्देहीको भलबारी डिपोमा ना४ख ७१४५ नम्बरको ट्यांकर पठाएको थियो । भलबारी डिपोमा करिब १९ दिन पालो कुरेर बसेको उक्त ट्यांकर गत ३ गतेमात्र १२ हजार लिटर डिजेल लिएर काठमाडौंको लागि हिँडेको अवस्थामा नवलपरासीको बर्दघाटबाट प्रहरीले पक्राउ गरेको थियो । स्रोतका अनुसार भलबारी डिपोमा डिजेलको रकम भुक्तानीलगायतका सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरेर काठमाडौं हिँडेको उक्त ट्यांकर पक्राउ गराएर कालोबजारीको झूठो प्रचार गरेर चिनियाँ कम्पनी संघाई कन्स्ट्रक्सन र चीन सरकारको बदनाम गराएर चीनसँग निकट भविष्यमा हुने इन्धन सम्झौता रोक्न कार्यकारी निर्देशक खड्काले योजना बुनेको निगम उच्च स्रोतको दाबी छ । उक्त ट्यांकर पक्राउकाण्डमा कार्यकारी निर्देशक ‘आफैँ धामी आफैँ बोक्सी’को भूमिकामा देखिएको निगमका एक निर्देशक बताउँछन् । स्रोतका अनुसार चीनसँग इन्धन आपूर्ति सम्झौता नगरी निजी कम्पनीलाई चर्को मूल्यमा पेट्रोलियम पदार्थको आपूर्ति गरेर अर्बौँ कुम्ल्याउने योजनामा रहेका खड्काले रुपन्देहीका केही पेट्रोलियम व्यवसायीहरुलार्ई परिचालन गरेर चिनियाँ कम्पनीविरुद्ध अफवाह फैलाउने र आफ्नो स्वार्थपूर्ति गर्ने योजनाका साथ उक्त ट्यांकर पक्राउ गराएका हुन् ।मदन भण्डारीले आजको आर्थिक दैनिकमा खबर लेखेका छन् ।

ratopati

नेपालमा नाकाबन्दी लगाएको बिरोधमा भारतीय संसद् अवरुद्ध गर्ने तयारी

मंगलबार, १५ मंसिर
काठमाडाैं । नाकाबन्दीको विरोध गर्दै भारतको राज्यसभाका विपक्षी दलका सांसदले संसद् अवरुद्ध गर्ने भएका छन् । उनीहरूले संसद्को बैठक अवरुद्ध गरेर सरकारलाई दबाब दिन लागेका हुन् ।
भारत सरकारले नेपालको स्वतन्त्रतामाथि धावा बोलेको विपक्षी दलका सांसदको भनाइ छ । ‘हामी अब छिट्टै संसद्का कारबाही अवरुद्ध गरेर नाकाबन्दी हटाउन दबाब दिन्छौँ,’ राज्यसभाका सांसद देवीप्रसाद ९डिपी० त्रिपाठीले सोमबार आफ्नै निवासमा नयाँ पत्रिकासँग भने, ‘नोभेम्बर २१ मा विदेशमन्त्रीसहितको बैठकमा पनि यो चेतावनी दिइसकेका छौँ, अब छाड्नेवाला छैनौँ ।’
कंग्रेससहितका सबै विपक्षी एकजुट
विदेशमन्त्रीसहितको बैठकमा कंग्रेस नेता डा। करण सिंह, माक्र्सवादी कम्युनिस्ट पार्टीका महासचिव सीताराम येंचुरी, सिपिआईका सांसद डी। राजालगायत सहभागी थिए । बैठकमा सबैजसो सांसदले नेपालमाथि अघोषित नाकाबन्दी लगाएर भारतले ठूलो गल्ती गरेको टिप्पणी गरेका थिए । उनीहरूले एक सातासम्म नाका नखुले संसद् अवरुद्ध गर्ने चेतावनी दिएका थिए ।
रक्सौलबाहेकका नाकामा किन अवरोध
‘मधेसमा आन्दोलन छ, त्यसकारण ट्यांकर र कन्टेनरवालाहरू गएनन् भन्ने जवाफले पुग्दैन, रक्सौलभन्दाबाहेकका नाकामा कुनै अवरोध छैन, कुनै असुरक्षा छैन, तर भारतले ती नाकाबाट तेल, ग्यास र सामान पठाएको छैन, यो उसको नाकाबन्दी नै हो भन्नेमा हामी स्पष्ट छौँ,’ त्रिपाठीले भने, ‘जुनसुकै तहबाट भएको होस्, यो नेपालमाथिको अन्याय हो, यसबाट भारतकै भलो हुँदैन भनेका छौँ । सरकारले चित्तबुझ्दो जवाफ दिएको छैन ।’
भारतका शीर्ष नेतालाई फकाउदै साउथब्लक
भारतीय विदेश मन्त्रालयको नर्थ डिभिजन ९भारत र भुटान हेर्ने निकाय० का अधिकारीले केही दिनयता नेपालसँग सरोकार राख्ने भारतीय नेता र बुद्धिजीवीलाई भेटेर मधेस मामिलामा लिएको अडानबारे ब्रिफिङ गरेका छन् । विदेश मन्त्रालयका नेपाल हेर्ने सहसचिव अभय ठाकुरसहितले शुक्रबार जनता दल युनाइटेड ९जेडियू०का अध्यक्ष शरद यादवकहाँ गएर ब्रिफिङ गरेका थिए । बिहार सरकारको नेतृत्वकर्ता जेडियूका अध्यक्षलाई उनीहरूले गरेको ब्रिफिङपछि यादवले आफू नेपालका विषयमा विस्तृतमा धारणा राख्ने अवस्थामा नरहेको बताएका छन् ।
‘मलाई अधिकारीहरूले घरमा आएर नेपाल मामिलाका विषयमा ब्रिफिङ गरे, कतिपय विषयमा म आफैँ पनि जानकार छु, त्यसकारण मैले अहिले नेपालबारे विस्तृतमा बताउन सक्ने अवस्था छैन,’ यादवले तुगलग रोडस्थित निवासमा नयाँ पत्रिकासँग भने, ‘नेपालका दलहरू मिलेर समस्या समाधान गरून्, मैले भन्ने यत्ति हो ।’
स्रोतका अनुसार नेपाल मामिलामा साउथब्लक यति धेरै हाबी छ कि भन्सार नाकाबाट कति कन्टेनर सामान र कति ट्यांकर तेल नेपाल पठाउने भन्ने अन्तिम निर्णय उसैले लिन्छ, त्यहीअनुसार एसएसबीले गाडी छाडिदिन्छ ।
‘विदेश मन्त्रालयले तोकेभन्दा बढी एउटा पनि गाडी नेपाल छिर्दैन, तर मन्त्रालयका कर्मचारीले नेपाललाई सहज पार्न हामी सहजीकरण गरिदिन्छौँ भन्छन्, रेस्पोन्सचाहिँ पछिल्लो दिनमा राम्रो गरिरहेका छन्,’ नेपाली कूटनीतिक स्रोतले नयाँ पत्रिकासँग भन्यो । अाजकाे नयाँ पत्रिकामा समाचार छ ।
nepalsandesh

मोदीलाई बिहारमा हराएका लालुले भने, नेपालसँगको सम्बन्ध मोदीले बिगारे

मंगलबार, १५ मंसिर
काठमाडौं । केही साता अघिमात्र मोदीको पार्टी भाजपालाई नितिशको साथ मिलेर मोदीले विहार निर्वाचनमा पराजित लालु यादवले नेपाल सँगको सम्बन्ध प्रधामन्त्री मोदीले बिगारको बताएका छन् ।

भारतले नेपालमाथि नाकाबन्दी गरिरहेका बेला भारतको बिहार राज्यका पूर्वमुख्यमन्त्री लालुप्रसाद यादवले प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसंगको सम्बन्ध बिगारेको आरोप हुन् ।
भारतका पूर्वकेन्द्रीय सरेल मन्त्री रहेका यादवले सोमबार साँझ ट्वीट गर्दै मोदीको पछिल्लो नेपाल नीतिको तीब्र विरोध गरेका हुन् । ‘बडो तामझामका साथ उनी नेपाल भ्रमणमा गए तर भारतको नेपाल सम्बन्ध बिग्रन गयो ।
अरु बाँकी विश्वका मुलुकसंगको सम्बन्ध के होला ? उनले दिएको प्रतिक्रिया र भनाईले केन्द्र सरकारमा समेत राम्रो प्रभाव राख्ने भएका कारण उनको यस अभिव्यक्तिलाई अर्थपूर्ण रुपमा लिइएको छ ।
nepalsandesh

बेलायतले फेरि भन्यो, ‘भारतसँग नेपालको कुटनीति कमजोर’

काठमाडौं, १५ मंसिर । भारतीय नाकाबन्दी समस्या समाधानमा नेपालको कुटनीति (डिप्लोमेसी) कमजोर भएको ठहर बेलायती मन्त्रीले गरेका छन् ।
नाकाबन्दी नभनि बेलायती मन्त्रीहरुले भारतसँगको कमजोर ‘डिप्लोमेसी’ ले समस्या झन् बल्झँदै जाने संकेत पाइएको धारणा व्यक्त गरेका हुन् ।
बेलायती विदेश मन्त्रालय (एफसीओ)को निमन्त्रणामा इन्टरनेशनल लिडर्स प्रोग्राममा लन्डन आएका नेपाल तरुण दल अध्यक्ष एवं सभासद उदय शम्शेर राणासँगको भेटमा विदेश राज्यमन्त्रीहरु ह्युगो स्वायर र जेम्स् डड्रिजले नेपालका वरिष्ठ नेताहरु नै भारत सरकारप्रति आक्रामक देखिनु उचित नहुने धारणा राखेको कान्तिपुर दैनिकले समाचार छापेको छ ।
dainiknepal

भारतीय भूमिबाट ढुंगा प्रहार

मंगलबार, १५ मंसिर
काठमाडाैं । नेपालगन्जको रुपैडियास्थित जमुनाहा नाका अवरोध गर्न टेन्ट गाडेर बसेका मधेसी मोर्चाका,कार्यकर्तालाई प्रहरीले हटाएपछि भारततर्फबाट प्रहरीमाथि ढुंगा र पेट्रोल बम प्रहार भएको छ ।
मोर्चाको आक्रमणमा परी एकजना प्रहरी घाइते भएका छन् भने प्रहरीको प्रतिकारमा केही आन्दोलनकारी घाइते भएका छन् । भारतीय भूमि प्रयोग गरी नेपालतर्फ निरन्तर ढुंगा प्रहार गरेपछि भारतीय सीमा सुरक्षा बल एसएसबी ले माइकिङ गर्दै मोर्चाका कार्यकर्तालाइ ठाउँ छोड्न भनेका थियो ।
त्यसपछि जमुनाहा नाका खुला भएको छ ।मोर्चाका कार्यकर्ताले भारतीय भूमिमा गएर ढुंगा हानेको इलाका प्रहरी कार्यालय जमुनाहाका प्रहरी निरीक्षक विष्णु गिरीले बताए ।राति अवेरसम्म प्रहरी र मोर्चाका कार्यकर्ताबीच झडप भएको थियो । अाजकोअन्नपूर्णमा समाचार छ ।
nepalsandesh

नाकाबन्दीको बिरोध गर्दै भारतको संसद् अवरुद्द गर्ने तयारी

नाकाबन्दीको विरोध गर्दै भारतको राज्यसभाका विपक्षी दलका सांसदले संसद् अवरुद्ध गर्ने भएका छन् । उनीहरूले संसद्को बैठक अवरुद्ध गरेर सरकारलाई दबाब दिन लागेका हुन् ।

भारत सरकारले नेपालको स्वतन्त्रतामाथि धावा बोलेको विपक्षी दलका सांसदको भनाइ छ । ‘हामी अब छिट्टै संसद्का कारबाही अवरुद्ध गरेर नाकाबन्दी हटाउन दबाब दिन्छौँ,’ राज्यसभाका सांसद देवीप्रसाद (डिपी) त्रिपाठीले  भने, ‘नोभेम्बर २१ मा विदेशमन्त्रीसहितको बैठकमा पनि यो चेतावनी दिइसकेका छौँ, अब छाड्नेवाला छैनौँ ।’

कंग्रेससहितका सबै विपक्षी एकजुट

विदेशमन्त्रीसहितको बैठकमा कंग्रेस नेता डा. करण सिंह, माक्र्सवादी कम्युनिस्ट पार्टीका महासचिव सीताराम येंचुरी, सिपिआईका सांसद डी. राजालगायत सहभागी थिए । बैठकमा सबैजसो सांसदले नेपालमाथि अघोषित नाकाबन्दी लगाएर भारतले ठूलो गल्ती गरेको टिप्पणी गरेका थिए । उनीहरूले एक सातासम्म नाका नखुले संसद् अवरुद्ध गर्ने चेतावनी दिएका थिए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

ratopati

आजको राशिफल : वि.सं. २०७२ साल मंसिर १५ गते, मंगलबार

वि.सं. २०७२ साल मंसिर १५ गते। मंगलबार। इश्वी सन् २०१५ डिसेम्बर १ तारिख। नेपाल संवत् ११३६ कछला गा। मार्गशीर्ष कृष्णपक्ष। तिथि– षष्ठी, २५:०० बजेउप्रान्त सप्तमी।उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
सामाजिक काममा फाइदा होला। घर–गृहस्थीमा भने समस्या आउन सक्छ। परिवारजनसँग असमझदारी बढ्नुका साथै काममा बाधा पुग्न सक्छ। महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ। मातृधनको उपयोगबाट लाभ उठाउन सकिनेछ। पशुधन र जमिनबाट पनि सामान्य लाभ होला। तर, अरूको भर पर्दा धोका हुन सक्छ, सचेत रहनुहोला।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
नयाँ काम सुरु गर्ने समय छ। व्यापारमा मनग्य धनलाभ हुनेछ। साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन्। विशेषगरी नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ। परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला। रोकिएका काम पुनः सुरु हुन सक्छन्। कृषिक्षेत्रमा भने अलि बढी परिश्रम र लगानी गर्नुपर्ला। परिवारजनका आकांक्षा पूरा गर्न सकिनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
केही अवसर पाइनेछ। तर, सोचेको काम समयमा सम्पादन गर्न नसकिने र अवसर फुत्कने सम्भावना देखिन्छ। सहयोगी वा हितैसी जनले तपाईंको कमजोरीप्रति टिप्पणी वा गुनासो गर्न सक्छन्, सचेत रहनुहोस्। पढाइलेखाइमा ध्यान दिन नसकिएला। द्विविधामा परिने र निर्णायक क्षमतामा कमी आउने योग छ। धैर्यसाथ निरन्तरको प्रयत्नले फाइदा हुनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
पारिवारिक भेटघाटको समय छ। तर, भेटघाटमा अलमलिनाले कामलाई बाधा पुग्नेछ। ठूलै फाइदाको आश्वासन पनि पाइनेछ। तर, यथार्थमा लाभ भने कमै मिल्नेछ। उपहारका नाउँमा बिग्रेको वस्तु हातलागी होला। स्वादिष्ट भोजनको अवसर मिल्नेछ। तर, पेटको खराबीले सताउन सक्छ। सहयोगीहरूबाट पनि अलि धोका पाइने सम्भावना छ, सचेत रहनुहोला।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
समयमा होश नपुग्नाले खर्च मात्र हुनेछ। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्। खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला। ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्नेछ। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। परिवारजनबाट टाढिनुपर्ला। आफ्नै कमजोरीले विवादमा परिनेछ भने सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
प्रशस्त लाभ हुने काम प्रारम्भ गर्ने समय छ। साझेदारीमा पनि फाइदा हुनेछ। आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुनेछ। आम्दानी बढढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन्। दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ। गरिएका कामको राम्रै मूल्यांकन हुनेछ। विभिन्न भौतिक साधनहरू जुट्नेछन् र प्रसन्नता पनि मिल्नेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। कीर्तिमानी काम गर्ने समय छ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
आँटेको काम समयमा गर्न नसकिएला। अरूका काममा समय बित्न सक्छ। तापनि, प्रयत्न गर्दा केही काम बन्नेछन्। सहयोगीहरूले साथ दिनेछन् र आंशिक सफलता मिल्नेछ। आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। धेरैलाई फाइदा हुने काम सम्पादन गर्न सकिनेछ। अस्वस्थताका बाबजुद जिम्मेवारी भने थपिनेछन्। व्यावसायमा खर्च बढ्नेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
आजको प्रयत्न निष्फल जस्तै होला। काम बिग्रने भयले सताउला। लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ। न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने समय छ। नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ। गरी आएको कामलाई भने निरन्तरता दिन सकिनेछ। आश्वासन दिएर झुक्याउनेहरूले सताउनेछन्, सचेत रहनुहोला।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
व्यापार–व्यवसायमा लाभ हुनेछ। व्यावसाय विस्तारका लागि यात्रा पनि हुनेछ। सोख पूर्तिका लागि खर्च बढ्ला। दाम्पत्य सम्बन्धमा रमाउने समय छ। प्रेमको बन्धन कसिने बेला छ। दिन मनोरञ्जनपूर्ण रहनेछ। नयाँ ज्ञान सिक्ने मौका छ। आम्दानी प्रशस्तै बढ्नेछ। नयाँ सवारी साधन प्राप्तिको योग छ। आतिथ्यपूर्ण सम्मान पाइएला। पठनपाठनमा पनि राम्रै प्रगति हुनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन्। प्रतिस्पर्धामा पनि विजयी भइनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ। तपाईंको ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्। आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
बौद्धिक कार्यबाट धनलाभ हुनेछ। आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ। गुरुजनको विशेष सहयोग जुट्नेछ। प्रयत्न गरेका काम ढिलै सम्पादन भए पनि उपलब्धि राम्रै पाइनेछ। पढाइलेखाइमा प्रगति हुनेछ। पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला। व्यावसायिक काम बीचमा अवरुद्ध बन्न सक्छ। सन्तानका माध्यमबाट काम बन्ने देखिन्छ।

मधेसी मोर्चाका नेता भेट्दै प्रधानमन्त्री ओलीले भने- मधेस आन्दोलनका माग पुरा हुन्छ

काठमाडौँ, १४ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको परिस्थितिमा सबै मिलेर देश बनाउन लाग्नुपर्ने बताउनुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा साँझ सङ्घीय समावेशी मधेसी मोर्चाको ज्ञापनपत्र बुझ्दै उहाँले अहिलेको समयमा आन्दोलनले कसैलाई फाइदा नपुग्ने बताउँदै उहाँले समस्या समाधानका लागि सबै पक्ष जिम्मेबार हुनुपर्नेमा जोड दिनुभयो ।
जनसङ्ख्याका आधारमा प्रतिनिधित्व माग
प्रधानमन्त्री ओलीले आन्दोलनरत कुनै पनि पक्षलाई एक्ल्याएर हिँड्ने पक्षमा आफू नरहेको र राष्ट्रहितका लागि आवश्यक जेसुकै गर्न पनि तयार रहेको मोर्चालाई बताउनुभएको प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमालले जानकारी दिनुभयो । रिमालका अनुसार मोर्चाले प्रधानमन्त्री समक्ष यसअघि सार्वजनिक गरेको नौबुँदे माग बुझाएको हो । उक्त मागमा जनसङ्ख्याका आधारमा प्रतिनिधित्व, प्रदेश सीमाङ्कनलगायत विषय छन् ।
मोर्चामा शरत्सिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टी, राजकिशोर यादव नेतृत्वको मधेसी जनअधिकार फोरम नेपाल(गणतान्त्रिक), अनिलकुमार झा नेतृत्वको नेपाल सद्भावना पार्टी र जयप्रकाश गुप्ता नेतृत्वको तराई-मधेस राष्ट्रिय अभियान आबद्ध छन् । मोर्चा आबद्ध पार्टीका प्रमुखसहितको प्रतिनिधिमण्डलले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।
dainiknepal

महिलाका यी ७ कुरामा आकर्षित हुन्छन् पुरुष

कुनै पनि महिलामा पुरुषले सुन्दरता बाहेक धेरै कुरा खोज्छन् । त्यस मध्ये पहिलो कुरा हो आत्मविश्वास । पुरुषलाई महिलामा कति आत्मविश्वास छ र कति सम्हाल्न सक्ने क्षमता छ भन्ने कुरा खुव विचार गर्छन् ।

त्यसैगरी महिलाको अर्को महत्वपूरर्ण कुरा जुन पुरुषलाई आकर्षित गर्छ त्यो हो मुस्कान । स्त्री मुस्कानमा पुरुष घाइते हुन्छन् ।

पुरुषले महिलामा खोज्ने अर्को महत्वपूर्ण कुरा इन्मान्दारिता हो । इमान्दारितालाई पुरुषले सुन्दरतालाई भन्दा बढी महत्व दिन्छन् ।

कुनै पनि पुरुषले आफू निकट रहेको महिला कम खर्चिलो होस् भन्ने चाहन्छन् । महिलामा खर्चिलो बानी भए पुरुषहरु तर्किने गर्छन् ।


हाँसी मजाक गर्ने क्षमता भएकी महिला पनि पुरुषको नजरमा पर्छन् । कुनै पनि समस्या पर्दैमा नआत्तिने र हाँसि मजाक गर्न सक्ने स्त्री पुरुषलाई मन पर्छ ।

कुनै पनि पुरुषलाई नचाहिने र अशभ्य ब्यवहार गर्ने महिला मन पर्दैन । बुद्धीमान महिला जसले अवस्था अनुसारको ब्यवहार गर्न सक्छन् त्यस्ता सँग भने पुरुष आकर्षित हुन्छन् ।

कामुकता पनि स्त्रीमा पुरुषले खोज्ने अर्को गुण हो । पुरुषले महिलाको शरीरमा मात्र होइन ब्यक्तित्वमा नै कामुकता खोजिरहेको हुन्छ ।nepaliheadlines

आफ्नो एयरपोर्ट र बन्दरगाह नेपाललाई दिने बंगलादेशको प्रस्तावमा के गर्ने ओली ज्यु ?

सोमबार, १४ मंसिर
सधैं हेरेरै बस्ने कि अब केही नयाँ काम गर्ने ?
काठमाडौं । नेपाल यतीबेला इन्धन संकटको चपेटामा परिरहेको छ । छिमेकी मुलुक भारतले लगाएको अघोषित नाकाबन्दीको मारमा आम नेपाली परेका छन् ।
यस्तो बेला नेपाल सरकारले कुटनीतिक पहल पनि गर्न नसक्ने र अर्को छिमेकी चीनबाट पनि इन्धन ल्याउन नसक्दा जनता महंगीको मारमा परेका छन् ।
यस्तो बेला नेपालको पुवी नाका भन्दा २७ किलोमिटर पर रहेको आफ्नो बन्दरगाह र बिमानस्थल प्रयोगकालागि सहयोग गर्ने प्रस्ताव गरेको छ ।
बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले नेपाललाई तेस्रो मुलुकबाट आयात गर्नकालागि सहयोग पुने भएकाले आफ्ना विमानस्थल र बन्दरगाह प्रयोग गर्न दिने बताएकी छिन् ।
त्यसको पुष्टि नेपालकालागि बंगालादेशी राजदुतले पनि गरेकी छिन् । आइतबार मात्रै नेपाली राजदुत हरिकुमार श्रेष्ठसँगको भेटमा हसिनाल सयदपुर विमानस्थल तथा चटगाउँ र मोङ्ला बन्दरगाहमार्फत व्यापार गर्न नेपाललाई सहयोग गर्ने बचन दिएकी थिइन् ।
बंगलादेशकी प्रधानमन्त्रीले नेपालको नयाँ सरकारको स्वागत गरेको पनि उनकी प्रेस सेक्रेटरी इन्सानुल करिमले जारी गरेको विज्ञप्तीमा उल्लेख थियो ।
भारतको निर्दयी नाकाबन्दीको सामना गरेको नेपालले कुटनीतिक पहल गर्ने हो भने बंगलादेशले तेस्रो मुलुबाट इन्धन लगायतका सामग्री ल्याउन सहयोग गर्ने प्रष्ट पारिरहदा सरकारले भने पहल गरेको छैन ।
बंगलादेश पनि इन्धन आयात गर्ने र रिफाइनरी मार्फत् उपभोग्य बनाउने देश हो । ग्यासमा भने बंगलादेश केही आत्मनिर्भर रहेको छ । तर, उस्ले नेपाललाई बेच्नसक्ने अवस्था भने छैन ।
यद्यपी नेपाल सरकारले कुटनीतिक पहल गरे आयात परिणाम बढाउन आफु तयार रहेको र नेपाललाई दिन चाहेको बताएको छ ।
बंगलादेशले यस अघि भारतले भन्दा बढी रकम तिरेर नेपालको विजुली किन्ने प्रस्ताव पनि गरिसकेको छ । बंगलादेशमा नेपालले उत्पादन गरे ५ हजार मेगावाटसम्म विजुली लानसक्ने हसिनाले यस अघिनै बताएकी थिइन् ।
तर, नेपाल सरकारले प्रष्ट नीति बनाउन नसक्दा फेरि पनि भारतकै घुमाइमा रमाउँदै आएको छ । बंगलादेशसँग विजुलीमा लगानी माग्ने र उस्ले भित्राउने इन्धनमा परिणाम बढाएर नेपालमा पनि ल्याउने र उस्ले भनेअनुसार विमानस्थल र बन्दरगाह प्रयोग गर्नेहो भने नेपाललाई सहज हुने छ ।
तर, भारतीय प्रभावमा परेको नेपालको कर्मचारीतन्त्र र अलमलमा परेको सरकारले यस तर्फ ध्यान दिने अवस्था देखिएको छैन ।
यदि बंगलादेशसँग दिर्घकालिन उर्जा सम्झौता र बन्दरगाह सम्झौता गर्ने हो भने नेपाल र बंगलादेश दुबैलाई फाइदा हुनेथियो ।
nepalsandesh

‘भारतको धम्कीपूर्ण व्यवहार नेपालले नसहने’ भनेपछि दिल्लीमा उथपपुथल

काठमाडौं, १४ मंसिर । सोमबार भारतका अधिकांश पत्रिका नेपालको समाचारले भरिए ।
एउटा थियो झापामा १३ जना एसएसबीका जवानलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको बारेमा । अर्काे थियो ‘भारतको धम्कीपूर्ण व्यवहार नेपालले नसहने’ । यी दुई मध्ये धेरैले नेकपा एमालेका सचिव प्रदीप ज्ञवाली दिल्ली पुगेर दिएको ‘भारतको धम्कीपूर्ण व्यवहार नेपालले नसहने’ अभिव्यक्तिलाई प्राथमिकता दिए ।
ज्ञवालीको अभिव्यक्तिलाई धेरै भारतीय मिडियाले प्रमुख समाचार अर्थात हेडलाइन नै बनाए । नेपालमा जारी संकटबारे भारतीय सरकारी सञ्चारमाध्यम प्रेस ट्रष्ट अफ इण्डिया (पिटिआई)सँगको कुराकानीमा नेता ज्ञवालीले ‘भारतको धम्कीपूर्ण व्यवहार नेपालले नसहने’ बताएका थिए ।
उनको यो अभिव्यक्तिलाई भारतबाट प्रकाशित हुने नवभारत टाइम्स, हिन्दुस्तान टाइम्स, अमर उजाला, पञ्जाब केसरी, दैनिक भास्कर, दैनिक जागरण, नई दुनिया, रफ्तार न्यूज, लगायतका पत्रिकाले ‘भारत हमें धौंस दिखाने कि भूल ना करे’ शीर्षकमा छापेका छन् ।
भारतीय मिडियामा प्रकाशित समाचार अनुसार ‘नेपालमा सत्ताधारी पार्टी सीपीएन (यूएमएल)का वरिष्ठ नेता प्रदीप ज्ञवालीले उनको देशले भारतको धम्कीपूर्ण व्यवहारलाई नसहने बताएका छन् । नेपालले भारतसँग समानताका आधारमा सम्बन्ध अगाडि बढाउन खोजेको भएपनि भारतको धम्कीपूर्ण व्यवहारलाई स्वीकार गर्न नसकिने उनले पिटिआईसँग दिल्ली पुगेर स्पष्ट पारे ।
ज्ञवालीको अभिव्यक्ति र भारतीय मिडियाले प्राथमिकता दिएपछि भारतमा उथलपुथल मच्चिएको छ । ज्ञवालीको अभिव्यक्ति सुनेर भारतका केही सांसदले लोकसभा संसदमा प्रश्न समेत उठाएका छन् ।
तर, लोकसभा सभामुखले नेपालको इस्युलाई छलफलमा ल्याउन रोक लगाइन् । नेपालमा भारतविरोधी सेन्टिमेन्ट बढेको विषयमा छलफलका लागि केही सांसदले प्रश्न उठाएका थिए । आरजेडी सांसद राजेश राजनले नेपालमा बढिरहेको भारत विरोधी सेन्टिमेन्टबारे सरकारले बताउनुपर्ने माग गरेका थिए । तर, सभामुख सुमित्रा महाजनले उक्त विषय लोकसभामा उठाउन रोक लगाइन् ।
dainiknepal- भिडियो हेर्न तलको बाकस थिच्नुहोस

मोदी हाम्रो त खुकुरी समाउने हात चिलाउन थाल्यो, के तिम्रो पनि गर्धन चिलाएको हो ?

काठमाडौं । नेपाल स्वतन्त्र राष्ट्रको परिचय बनाएको देश हो । यो परिचयलाई धमीलो बनाउने प्रयासहरु पटक पटक हुने गरेका छन् । त्यस्ता प्रयासहरुलाई असफल तुल्याउन नेपालीहरु हरेक पटक एक हुने गरेका छन् ।
इतिहास साक्षी छ, भारत अंग्रेजको गुलाम बन्यो । नेपाल डटेर लड्यो । नेपाल सँधै संसारलाई हाँक दिएर ठाडो शिर गरेर रहन सक्यो । त्यसैले संकटको घडिमा संयुक्त राष्ट्रसंघदेखि शक्ति सम्पन्न देशले समेत नेपाली सेनाको साथ र सहयोग लिने गरेका छन् ।
तर, अहिले भारतीय नाकाबन्दी सामू नेपाल कमजोर देखिएको हो कि भन्ने भ्रम छाएको छ । यो समयमा हाँस्यकलाकार राजा राजेन्द्र पोखरेलले नेपालीहरुको शक्तिको गरिमालाई पुनर्ताजगी गरेका छन् । हाँस्यकलाकार राजा राजेन्द्रले कवितामार्फत भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई छिमेकी आमालाई दुःख दिएको पापले सँधै पोल्ने भन्दै यस्ता शब्द संयोजन गरेका छन् ।
कविता सहित)
ए मोदी, तिम्रो बाउ, बाउका हजुर बाउ
हजुर बाका पनि हजुरबाउलाई जसले गुलाम बनाएर शासन चलाए
इतिहास पढ हाम्रा पुर्खाले तिम्रा तिनै मालिक शासकलाई पनि ढलाए
कहिल्यै घाम नअस्ताउने ब्रिटिस साम्राज्यमा ग्रहण लगाए
तोप बोकेर आएकाहरुलाई ढुंगा हानेर भगाए
आज त्यी नै नेपालीलाई जीस्क्याउने कस्तो बुद्धि पलाएको हो ?
हाम्रो त खुकुरी समाउने हात चिलाउन थाल्यो, के तिम्रो पनि गर्धन चिलाएको हो ??
हरेक नेपाली गर्भमै तिखारिएको काँडा हो
निल्न नखोज घाँटीमा अड्कीन सक्छ
हरेक नेपाली आफैँमा एटम बम हो
आवश्यकता पर्नासाथ पड्कीन सक्छ ।
dainiknepal

आन्दोलनलाई व्यवस्थित गर्ने मोर्चा निर्णय

१४ मंसिर, पथरी (मोरङ)।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलनलाई थप व्यवस्थित र मर्यादित बनाउने निणर्य गरेको छ ।
विराटनगरमा आज बसेको बैठकले आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको सङ्घीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले बताए । उनले मोर्चाको माग सम्बोधन गर्न सरकार गम्भीर नभएको बताउँदै उनले भने– “सरकारले विदेशीलाई देखाउने नौटङ्की गरिरहेको छ ।”
बैठकमा अध्यक्ष यादव, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, तराई–मधेस सद्भावना पार्टीका नेता महेन्द्र राय यादवलगायत मोर्चाआबद्ध मधेस केन्द्रित दलका केन्द्रीय नेता तथा झापा, मोरङ र सुनसरीका जिल्ला नेताको सहभागिता थियो
nepaliheadlines

सरकारले सेनालाई दियो चीनसँग जोडिएको रसुवा-केरुङ सडक स्तरोन्नतिको जिम्मा

काठमाडौँ, १४ मङ्सिर । सरकारले रसुवा–केरुङ सडक खण्ड स्तरोन्नति गर्ने जिम्मा नेपाली सेनालाई दिने भएको छ ।
भारतको अघोषित नाकाबन्दीका कारण जनजीवन प्रभावित भएपछि वैकल्पिक उपाय खोज्ने उद्देश्यका साथ सो नाकालाई विस्तार गर्न लागिएको हो । अत्यावश्यकीय सामग्रीको आयात गर्नका लागि उत्तरको सबैभन्दा छोटो नाका भएकाले सरकारले सो मार्गलाई आगामी दुई वर्षभित्र दुई लेनको बनाउन लागेको हो ।
सेनालाई निर्माणको जिम्मा दिँदा काम गर्न सहज हुने भएकाले सरकारले सो नाकालाई विशेष प्राथमिकतामा राखेको अर्थमन्त्री विष्णु पौडेलको भनाइ छ । यहाँ आज आयोजित कार्यक्रममा उहाँले आफूले केही दिन पहिले रसुवा–केरुङ सडक खण्डको स्थलगत अवलोकनसमेत गरेको र सरकारका विभिन्न निकायसँगको छलफलपछि सेनालाई जिम्मा दिने निष्कर्षमा पुगिएको बताउनुभयो ।
रसुवागढी–गल्छी सडक खण्डमध्ये रसुवासम्म सामान्य समस्या भए पनि धुन्चे–रसुवागढी सडक खण्डमा केही अप्ठ्यारो रहेकाले त्यसलाई मर्मत र सम्भार गर्नेतर्फ सरकार प्रतिबद्ध रहेको र आगामी दुई वर्षभित्र दुईतर्फी सडक सञ्चालन गर्न सहज बनाइने उहाँको भनाइ छ ।
प्रधानमन्त्रीले सो सडक खण्ड तत्काल मर्मतसम्भार गर्न सम्बन्धित निकायलाई यसअघि नै निर्देशन दिइसक्नुभएको छ । प्रधानमन्त्रीको निर्देशनलगत्तै उपप्रधानमन्त्री विजयकुमार गच्छदार अर्थमन्त्री पौडेलसहितको टोलीले सो सडकखण्डको स्थलगत अवलोकन गरेको थियो । व्यवस्थापिका–संसद्, विकास समितिका सभापति रवीन्द्र अधिकारीसहितको टोलीले पनि सो सडक खण्ड तत्काल सञ्चालनका ल्याउन सरकारलाई निर्देशन दिएको थियो ।
नेपाल कसैको शत्रु होइन
कार्यक्रममा अर्थमन्त्री पौडेलले नेपाल कसैको शत्रु नभएकाले सबैसँग मिलेर जाने र मुलुकले भोग्नुपरेको समस्या केही दिनभित्रै समाधान हुने बताउनुभयो । नेपालको संविधानले समावेशी, समानुपातिक प्रतिनिधित्वलाई सुनिश्चित गरेको र सीमाङ्कनलगायत विषयमा देखिएको फरक मतलाई पनि वार्ता र संवादका माध्यमबाट हल गरिने प्रतिबद्धता उहाँले जनाउनुभयो ।
भूकम्पबाट सात लाख नेपाली गरिब भएको तथ्याङ्क पेस गर्दै अर्थमन्त्री पौडेलले नाकाबन्दीका कारण करिब आठ लाख नेपाली गरिबीको रेखामुनि धकेलिएको बताउनुभयो ।
अर्थतन्त्र धरासयी भयो : निजी क्षेत्र
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष दिनेश श्रेष्ठले सरकारले जारी गरेको श्वेतपत्रमा निजी क्षेत्रको धारणा नसमेटिएको भन्दै मुलुकको आर्थिक वृद्धिदर दुई प्रतिशतभन्दा तल जाने श्वेतपत्रको प्रक्षेपण र बन्दहडताल कायम रहे अर्थतन्त्र अझै समस्यामा पर्ने भएकाले यसका लागि सरकारले प्रस्ट व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।
दैनिक चार हजार मालबाहक सवारी साधन नेपाल भित्रने गरेकामा नाकाबन्दीका कारण सिमाना नै रोकिएको, कच्चा पदार्थको अभावमा उद्योग चलाउन सक्ने अवस्था नरहेको तथा मजदुरलाई ज्याला दिनसमेत समस्या भएको उपाध्यक्ष श्रेष्ठको भनाइ थियो ।
नेपाल बैंकर्स सङ्घका अध्यक्ष उपेन्द्र पौडेलले इन्धन अभावका कारण बैंक तथा वित्तीय संस्था सेवा दिन नसक्ने अवस्थामा पुगेको बताउनुभयो । टेकिङ एजेन्सी एसोसियसन अफ नेपाल(टान)का अध्यक्ष चन्द्र रिजालले भूकम्पका कारण समस्यामा परेको पर्यटन क्षेत्र नाकाबन्दीका कारण थप समस्यामा परेकाले तत्काल राजनीतिक समस्यालाई वार्ता र संवादका माध्यमबाट हल गरी नाकाबन्दी खुलाउनेतर्फ पहल गर्न सरकारसँग माग गर्नुभयो ।
dainiknepal

दशगजा क्षेत्रलाई व्यवस्थित बनाउने नेपाल–भारतबीच सहमति

विराटनगर, मंसिर १४ । नेपाल र भारतबीचको सीमा सुरक्षा बैठकमा दशगजा क्षेत्रलाई व्यवस्थित बनाउने सहमति भएको छ ।

सोमबार विराटनगरमा सम्पन्न दुई देशबीचको सीमा सुरक्षा बैठकमा सीमास्तम्भलाई व्यवस्थि गरी सीमास्तम्भहरुको मर्मत–सम्हार गर्नेलगायतका सहमति भएको हो ।

यही मंसिर २३ गतेदेखि मोरङ, सुनसरी र झापा जिल्लासँग जोडिएको दशगजा क्षेत्रका सीमास्तम्भलाई व्यवस्थित गर्ने निर्णय भएको मोरङका प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीले जानकारी दिए ।

बैठकमा दशगजा क्षेत्रमा भइरहेको अवरोध हटाउने विषयमा पनि छलफल भएको जनाइएको छ ।imagekhabar

नेपालले भारतलार्इ भन्यो-आइन्दा झापाको घटना नदोहोरियोस

काठमाडौं : सरकारले हतियारसहित नेपाली भूमिमा सीमा सुरक्षा बल (एसएसबी) छिरेको घटनालार्इ गम्भीरतापूर्वक लिँदै आगामी दिनमा यस्ता घटना नदोहोर्‍याउन भारतलार्इ सचेत गराएको छ ।

परराष्ट्र मन्त्रालयले सोमबार साँझ एक विज्ञप्ती निकालेर नेपाली भूमिमा भारतीय फौज हतियारसहित छिरेको घटनाप्रति गम्भीर चासो देखाउँदै भारतलार्इ सचेत गराएको हो ।

परराष्ट्रले झापाको केचना गाउँ विकास समिति-४ को खुट्टा मुनीमा हतियारसहित छिरेका १३ जना भारतीय सीमा सुरक्षा बल (एसएसबी) का जवानलार्इ आइतबारै एसएसबीको किसनगन्जस्थित १२ औं बटालियनलार्इ बुझाइएको पनि जनाएको छ ।

आइतबार बिहान ७ बजे अन्तर्राष्ट्रिय कानुन मिच्दै हतियारसहित एसएसबीका १३ जवान छिरेपछि नेपालको सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर उनीहरुमाथि अनुसन्धान गरेको थियो ।

करिब ८ घन्टासम्म हिरासतमा लिइएका उनीहरुलार्इ भारतीयपक्षले अबका दिनमा यस्ता घटना नदोहोर्‍याउने जनाएपछि भारतीय अधिकारीलार्इ जिम्मा लगाइएको थियो ।

परराष्ट्रले एसएसबीका १३ जना नेपाल छिरेको घटनाबारे काठमाडौंस्थित भारतीय दूतावासमार्फत भारतीय विदेश मन्त्रायलार्इ सचेत गराउँदै पत्र पठाइएको जनाएको हो । annapurnapost

भारतलाई चेतावनी दिँदै फेरि किन भारत भ्रमणमा गए परराष्ट्रमन्त्री थापा

काठमाडौं, १४ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष एवम् उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा भारत प्रस्थान गरेका छन् ।
आइतबार झापाको केचनामा भारतीय पक्षले गरेको ज्यादतिको विरोध गर्दै आइन्दा यसरी नेपाल प्रवेश गर्ने घटना नदोहो¥याउन सोमबार विज्ञप्ति निकालेर परराष्ट्रमन्त्री थापाले सरकारका तर्फबाट भारतलाई चेतावनी दिएका थिए ।
सोमबार विहान भारतलाई चेतावनी दिएका थापा बेलुका भारत प्रस्थान गरेका हुन् । यद्यपी उनले सरकारकातर्फबाट भारतलाई ज्यादति रोक्न चेतावनी दिएका हुन् ।
मन्त्री थापा निजी भ्रमणको सिलसिलामा भारतको बैङ्गलोर प्रस्थान गरेका हुन् । उनले मङ्गलबार त्यहाँ आयोजना हुने धार्मिकसभामा भाग लिनेछन् । त्यसपछि राजनीतिक भेटघाटका लागि दिल्ली पुग्नेछन् ।
दिल्लीमा रहँदा उपप्रधानमन्त्री थापाले भारतीय नेताहरुसँग नेपालको समसामयिक विषयमा अनौपचारिक भेटवार्ता र छलफल गर्नुहुने सम्भावना रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका सहमहामन्त्री राजाराम श्रेष्ठले जानकारी दिए । उपप्रधानमन्त्री थापा बुधबार स्वदेश फर्कने कार्यक्रम छ ।
dainiknepal

प्रधानमन्त्री ओलीले भारतीय राजदुतको सात्तो लिएपछि डराउँदै दिल्लीमा खबर

काठमाडौ । मधेसीले उठाएको सीमांकनको मागको पक्षमा लविङमा लागेका नेपालकालागि भारतीय राजदुत रञ्जित रेलाई प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले सीमांकनको कुरा नगर्न सुझाव दिएका छन ।
स्रोतका अनुसार हिजो भएको भेटवार्तामा प्रधानमन्त्रीले सीमांकनको कुरा अहिले टुङगिन नसक्ने भन्दै अलिहे टुङग्याउन खोजे तत्कालै लिम्बुवान, खुम्बुवानसहित विभिन्न जातीय राज्यको मागले मुलुकलाई संकटमा पार्ने तर्फ सचेत गराएका थिए । त्यसैले पनि अहिले सीमांकनको थाति राख्न तर्फ पहल गर्न राजदुतलाई आग्रह गरेका थिए ।
तर रेले भने मधेसको माग संबोधन गर्न केही न केही सीमांकनमा मिलाउनै पर्ने सुझाव दिएका थिए । रेले आफू निकटहरुसँग प्रधानमन्त्री अझै पनि सीमांकनमा सकारात्मक नभएको बताउन थालेका छन ।
रेले हिजै एकीकृत नेकपा माओवादीका प्रचण्डसँग पनि भेटवार्ता गरेका थिए । भेटमा प्रचण्डले सीमांकनमा केही न केही संबोधन गर्ने पक्षमा रहेको बताएका थिए ।
रेले काग्रेस सभापति सुशील कोइरालासँग पनि भेटवार्ता गरेका थिए । भेटमा कोइरालाले अहिलेको निकासको प्रस्थान विन्दु संविधान संसोधन भएकोले तत्काललाई संविधान संसोधन अगाडि बढाउने र त्यसपछि सहमति गर्दै सीमांकन टुङग्याउँदै जाने बताएका थिए ।
प्रमुख दलका नेताहरुलाई भेटेपछि रेले तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरासँग पनि भेटवार्ता गरेका थिए । रेले प्रधानमन्त्री ओलीको अडानबारे दिल्लीमा जानकारी गराइसकेको बताइएको छ ।
nepalsandesh

घोषित रुपमै नाकाबन्दी लगाउन भारतमा गोप्य चलखेल, सुष्मा स्वराजले दिइन् निर्देशन

काठमाडौं । करिब दुई महिनादेखि अघोषित रुपमा नाकाबन्दी गरेर आपूर्ति रोकेको छिमेकी मुलुक भारतले नेपालमाथि अब भने घोषित रुपमै नाकाबन्दी लगाउने तयारी गरेको बताइएको छ ।
नाकाबन्दी लगाउने कि नलगाउने भन्ने विषयमा विदेश मन्त्रालयमा शनिबार र सोमबार बसेको बैठकले नेपालले भारतमाथि विश्वव्यापी दवाव दिएकाले एक पटक देखाउनकैलागि भएपनि नाकाबन्दी गर्नुपर्ने निश्कर्ष निकालिएको बताइन्छ ।
भारतीय विदेश मन्त्रालयको साउथ ब्लकमा भारतीय विदेश सचिव एस जयशंकर, नेपाल डेस्क प्रमुख अभय ठाकुरसहितका अधिकारीहरुवीच यस विषयमा छलफल जारी छ ।
यो विषयमा भारतीय विदेश मन्त्री सुष्मा स्वराजले सहजिकरण गरिरहेकी छिन् । उनले समकक्षी कमल थापासँगको भेटसम्म पर्खने र उक्त भेट पश्चात् अघि बढ्नेगरि तयारी थाल्न सचिव लगायत मातहतलाई निर्देशन दिएकी छिन् ।
स्वराजले नेपालमा आपूर्ति नरोक्दा समेत नेपालले अघोषित नाकाबन्दी भनेर अन्तर्राष्ट्रिय जगतमा भारतको साख र प्रतिष्ठामा आँच ल्याउने काम गरेको भन्दै असन्तुष्टि जनाएकी थिइन् ।
यस्तो अवस्थामा यसै भएन त्यसै भएन एक पटक घोषित रुपमै नाकाबन्दी लगाएर के हुँदो रहेछ हेर्नु पर्नेमा सचिव जयशंकरले धारणा राखेका थिए ।
नेपालमा नाकाबन्दीको विरोधमा भारतसँगै विश्वभरी जनमत बन्दै गएको बेला भारतको विदेश मन्त्रालयमा यस्तो छलफल सुरु भएको हो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भने यो विषयमा मौन बसेका छन् ।
nepalsandesh

नरेन्द्र मोदीसँग नाकाबन्दीको बदला लिन नेपाली जनतालाई सुनौलो मौका !

काठमाडौं, १४ मंसिर । नेपालमा नाकाबन्दी गरिरहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग बदला लिन नेपालीहरुले सुनौलो मौका पाएका छन् ।
चर्चित अन्तर्राष्ट्रिय मिडिया ‘टाइम’ले विश्व वर्ष व्यक्तिका रुपमा छनोट गरेका मोदीलाई ‘नो भोट’ गरेर हराउने अवसर नेपाली जनताले पाएका हुन् । उक्त प्रतियोगितामा मोदीले हारे नेपालको जित हुनेछ । किनकि उनी विश्वमा असफल मानिने छन् ।
टाइमले विश्वभरका ५९ जना व्यक्तिलाई छनोट गरी अनलाइन भोटिङका आधारमा उत्कृष्ट श्वि वर्ष व्यक्ति घोषित गर्नेगर्छ । यसरी नेपालमाथि नाकाबन्दी गरेको मोदीलाई हराएर विश्वसामू सबैभन्दा कम भोट ल्याउने व्यक्ति बनाउने नेपालीलाई मौका आएको हो ।
उक्त सूचीमा अमेरिकी राष्ट्रपति बराक ओबामा, चिनियाँ राष्ट्रपति सि जिङ पिङ, फान्सका राष्ट्रपति फानकोन होलेन्डी, कम्प्युटर निर्माता माइकल डेल, ब्रिटिस सिङगर एडिली, फेसबुक निर्माता मार्क जुकरवर्ग, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायतका व्यक्तित्वहरु रहेका छन् ।

विशेषगरी भारतले नेपालमा गरेको नाकाबन्दीबारे विश्व समुदायलाई जानकारी गराएर गैरआवासीय नेपालीहरुले उत्कृष्ठ वर्ष व्यक्तिमा मोदीलाई हराउने सुनौलो मौका पाएका छन् ।
त्यसकारण मोदीलाई ‘एस’ गरेर जिताउने वा ‘नो’ गरेर बदला लिने जिम्मा पनि नेपाली जनताहरुले पाएका छन् । विश्वभरका नेपाली मिलेर उनलाई ‘नो’ गरेर हराउने अवसर आएको छ । हराउने मात्र होइन उनलाई कम भन्दा कम मत दिएर लज्जास्पद हार चखाउने अवसर पनि नेपालीहरुको हातमा छ ।
यसरी गर्नुहोस् भोटिङः
अनलाइन भोटिङका लागि यहाँ थिच्नुस्ः
लिंक खोलेर १ नम्बर सूचीमा रहेको व्यक्ति देखन सकिन्छ । जहाँ ती व्यक्तिको तस्बिर र सानो परिचयसँगै ‘एस’ र ‘नो’ अप्सन देखिन्छन् । छेउमा भएको ‘स्लाइड’ गर्दै जाँदा अन्य व्यक्तिहरुको नाम पनि आउँछ । मोदी ३३ नम्बरमा छन् । उनलाई जिताउन त्यहाँ दिइएको अप्सन ‘एस’ मा र हराउन ‘नो’ मा क्लिक गर्नुपर्ने हुन्छ ।
dainiknepal

बालुवाटार बैठकमा जब महन्थ ठाकुर आँशु खसालेर भक्कानीए…

काठमाडौं । ‘बालुवाटार आउने साइनो खोज्ने प्रयत्नमा छु, म कुन मुखले बालुवाटार वार्ताकालागि आउँ, जव आफ्नो अधिकारको माग गर्ने मधेसका जनतालाई मदीका सन्तान भनेर प्रहरीले ताकी ताकी गोली हान्छ, अनि मधेसका जनतालाई दोस्रो दर्जाका नागरिक देख्ने परिपाटीको विकास गरिन्छ ।’
यो भनाई हो, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरको । बालुवाटारमा प्रमुख दल सहित आन्दोलनरत मधेसी मोर्चाको बैठक आरम्भ हुने वितिकै ठाकुर निकै भावुक बनेर प्रस्तुत भए ।
ठाकुरले भावुक भएर प्रस्तुत हुन अघि प्रधानमन्त्री केपी शर्मा ओली पनि त्यसैगरि प्रस्तुत भएका थिए । मधेसलाई हेर्ने आँखा परिवर्तन गर्दै प्रस्तुत भएका प्रधानमन्त्री ओलीले ‘हामी सबै देश र जनताको हितकालागि राजनीति गरेको र जनताले अत्याधीक दुःख पाएकाले अब सबै मिलेर साझा विन्दुमा पुगौं’ भनेका थिए ।
प्रधानमन्त्री ओलीले यसो भनेर वार्ता सुरु गरेलगत्तै ठाकुर भाबुक बनेका थिए । ठाकुरले आफुहरुको आन्दोलन कसैको उक्साहट र कुनै देशको इसारामा नचलेको प्रष्ट पार्दै मधेसमा रहेका जनताको भावना बुझ्न आग्रह गर्दा बैठकहल नै एकाग्र भएको थियो ।
बोल्दा बोल्दै भक्कानीएका ठाकुरको कुरा सुनेर बसेका शीर्ष नेताहरु तब मलिन र मिलनविन्दुको खोजिकालागि तातीए, जव ठाकुरको प्रस्तुती आयो ।
सुरुमा बैठक बहिस्कारको हल्ला गरेको मोर्चाका नेताहरु बालुवाटार छिरे अनि बन्यो माहौल । बैठकमा नेकपा एमालेको उपाध्यक्ष त्यागेर क्षेत्रीप दल खोलेका अशोक राई फरक रुपमा प्रस्तुत भएका थिए ।
उनी मधेस आन्दोलनको नेतृत्वकर्ता भएका छन् आजकल । संघीय समाजवादी फोरमका बरिष्ठ नेता राई र एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओलीका बीचमा पहिलो पटक औपचारिक वार्ता र आमनेसामने भएका थिए राई ।
मोर्चाले पनि आजको बैठकमा प्रधानमन्त्री ओली र एमाओवादी अध्यक्ष प्रचण्ड निकै लचक भएर प्रस्तुत भएकाले १६ गतेको बैठक ऐतिहासिक हुने अपेक्षा गर्दै बालुवाटारबाट बाहिरिएका छन् ।
महन्थको भाबुकपनाले माहौल सकारात्मक भएको सबैको आशा छ र आम जनता पनि दलहरुका बीचमा चाँडै सहमति बनोस् भन्ने पक्षमा छन् ।
nepalsandesh

मधेसी मोर्चासँग निर्णायक वार्ता पर्सि हुने

काठमाडौँ, १४ मङ्सिर । लामो समयपछि आज भएको सत्तारूढ दलहरु, प्रमुख प्रतिपक्षी दल र आन्दोलनकारी दलहरुबीचको त्रिपक्षीय वार्ता सकारात्मक दिशामा अघि बढेको छ ।
सत्तारूढ गठबन्धन दलहरु नेकपा (एमाले), एकीकृत नेकपा (माओवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक), प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका शीर्ष नेताहरुबीच आज भएको छलफल सकारात्मक दिशामा अघि बढेको नेताहरुले बताएका छन् ।
प्रतिपक्षी दलका नेता एवम् काँग्रेसका सभापति सुशील कोइरालाले वार्ताका बारेमा संक्षिप्त प्रतिक्रिया दिँदै छलफल सकारात्मक भएको र मोर्चाले राखेको ११ बुँदे मागका सम्बन्धमा प्रमुख दलहरुबीच गहन छलफल गरी यही मङ्सिर १६ गते पुनः अर्को वार्ता हुने जानकारी दिनुभयो ।
एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले मुलुकको वर्तमान समस्या हल गर्न सबै दल संवेदनशील देखिएको र समस्यालाई सुल्झाउन सरकार तथा आन्दोलनकारीबाट भएका दमन तथा हिसांत्मक गतिविधि रोक्नपर्छ भन्नेमा सहमति भएको बताउनुभयो । बैठकमा आफूले तत्काललाई केही समयका लागि प्रदेशको सीमाङ्कनको विषयलाई थाती राखेर अघि बढे समस्या हल गर्न सहज हुने धारणा राखेको उहाँले जानकारी दिनुभयो ।
उपप्रधानमन्त्री एवम् एमालेका उपाध्यक्ष भीम रावलले छलफलमा सबै दलका नेताले आफ्ना भावना व्यक्त गरेको र प्रधानमन्त्री केपी शार्मा ओलीले वार्तालाई सार्थक परिणाममा पुग्ने गरी छलफल अघि बढाउन सबैलाई लचकताका साथ प्रस्तुत हुन आग्रह गरेको जानकारी दिनुभयो ।
बैठकमा एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले मोर्चाका राजनीतिक मागका सम्बन्धमा प्रमुख दलले आन्तरिक र आपसमा छलफल गरी पर्सि १६ गते अर्काे बैठक बस्ने सहमति भएको बताउनुभयो ।
सङ्घीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोक राईले वार्ता निरन्तर जारी राख्ने निर्णय भएको जानकारी दिँदै सीमाङ्कनको विषय बैठकमा प्रवेश नभएको बताउनुभयो । उहाँले आन्दोलनमा देखिएको दमन अविलम्ब रोक्ने बारेमा सहमति भएको जानकारी दिनुभयो ।
सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले वार्तामा मधेसको अवस्था सहज गर्नेबारेमा गम्भीररुपमा छलफल भएको जानकारी गराउँदै सरकारले वार्ताको वातावरण बनाउन यसअघि गरेको घाइतेको उपचार र आन्दोलनमा मृत्यु भएकालाई राहत दिने निर्णय कार्यान्वयन हुनुपर्ने माग राखेको बताउनुभयो ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनकारीको मागमा गहन छलफल गरी वार्ताबाट निकास निकाल्ने प्रतिबद्धता व्यक्त गर्नुभएको नेताहरुले बताएका छन् । मोर्चाका नेताहरुले आफ्ना मागका बारेमा साझा धारणा बनाउन प्रमुख दललाई आग्रह गरेको र छिटो निकास निकाल्ने कुरामा सबै पक्ष लचकताका साथ बस्ने प्रतिबद्धता व्यक्त भएको बताइएको छ ।
बैठकमा प्रधानमन्त्री एवम् एमालेका अध्यक्ष ओली, वरिष्ठ नेता नेपाल, नेता झलनाथ खनाल, काँग्रेस सभापति कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष श्रेष्ठ, राप्रपा नेपालका अध्यक्ष कमल थापा, फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार, मोर्चाका तर्फबाट तमलोपाका अध्यक्ष महन्थ ठाकुर, सङ्घीय समाजवादीका वरिष्ठ नेता राई, सद्भावनाका सहअध्यक्ष कर्णलगायतको सहभागिता थियो ।
dainiknepal

यमनको सिमाबाट हानिएको गोली लागेर साउदीमा तीनको मृत्यु

रियाद: साउदी अरेबियाको सीमा क्षेत्रमा यमनको तर्फबाट आइतबार भएको गोली प्रहारमा एक सीमा सुरक्षा गार्ड सहित तीन स्थानीय बासिन्दाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।

आइतबार बिहान दहरन अल जानुब यमनी क्षेत्रबाट भएको भीषण गोली प्रहारमा एक सीमा गार्डको मृत्यु भएको गृह मन्त्रालयले घोषणा गरेको छ ।

यसैगरी जजान क्षेत्रमा भएको गोली प्रहारबाट दुई यमनी स्थानीय बासिन्दाको मृत्यु भएको नागरिक प्रतिरक्षा मन्त्रालयले जनाएको छ ।

हुथी विद्रोहीको विरुद्धमा साउदी अरेबियाले हवाई आक्रमण सुरु गरेयता साउदी अरेबियाको सीमा क्षेत्रमा करिब ८० जनाको गोली प्रहारमा हत्या भइसकेको छ ।

हताहती हुनेहरुमा प्राय सैनिक रहेका जनाइएको छ । यमनी क्षेत्रबाट सो हमला निरन्तर रुपमा हुने गरेको पनि समाचारमा उल्लेख गरिएको छ ।

यमनमा मार्चदेखि हालसम्म भएका हिंसाहरुमा पाँच हजार ७०० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको संयुक्त राष्ट्रसङ्घले जनाइको छ ।

सो सङ्ख्यामा आधा भन्दा बढी सर्वसाधारण रहेका बताइएको छ ।
annapurnapost

मोर्चासंगको वार्ता सकरात्कमक, द्विपक्षीय र त्रिपक्षीय वार्ता जारी रहने :प्रधानमन्त्री

काठमाडौ । प्रधामन्त्री केपी ओलीले मधेसको समस्या समाधानका लागि प्रधानमन्त्री निकास बालुवाटारमा आज भएको वार्ता सकरात्कमक भएको बताएका छन् ।
त्रिपक्षिय वार्ता सकिएपछि प्रधानमन्त्री ओलीले ट्विट गर्दै सत्तापक्ष,प्रमुख प्रतिपक्ष र मधेसी मोर्चाबीच छलफल सकारात्मक रहेको बताएका हुन् ।
यस्तै उनले द्विपक्षीय,त्रिपक्षीय वार्ता जारी राख्दै अब १६ गते ६ बजे फेरि संयुक्त छलफल गर्ने निर्णय भएको बताएका छन् ।
उनले सरकारले वार्ताको थप वातावरण निर्माण गर्ने पनि जनाएका छन् ।
आजको वार्तामा मधेसी मोर्चाकातर्फबाट तमलोपा अध्यक्ष महन्थ ठाकुर, संघीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोक राई, सद्भावना नेता लक्ष्मणलाल कर्ण सहभागी रहेका थिए .
यस्तै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल र एमाओवादीका अध्यक्ष प’ष्पकमल दाहाल प्रचण्ड, एमाले नेता झलनाथ खनाल माधन नेपाल लगायतको उपस्थित रहेको थियो ।
nepalsandesh

विराटनगर नाकामा आँखा लाग्यो राजेन्द्र महतोको, नाका ठप्प पार्ने यस्तो छ योजना

काठमाडौं, १४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बालुवाटारमा बोलाएको त्रिपक्षीय बैठक बहिष्कार गर्दै मधेसी मोर्चाका दुई शीर्ष नेता बिराटनगरमा आन्दोलनलाई झन् चर्काउने रणनीति बनाउंदै छन् ।
बिराटनगरमा विरोधसभामा सहभागी हुन आईपुगेका मोर्चाका तीन जना शीर्ष नेताले प्रधानमन्त्री ओलीको बैठक निम्तोलाई अस्वीकार गर्दै यस क्षेत्रमा आन्दोलन चर्काउने डिजाइन बनाई रहेका छन् ।
बालुवाटारमा सरकार, सत्तारूढ गठबन्धन, प्रतिपक्षी दल र आन्दोलनरत मधेशी मोर्चाबीच सहमति खोज्न निर्णायक बैठक भई रहँदा त्यही समय बिराटनगरमा बसेर राजेन्द्र महतो, उपेन्द्र यादव र महेन्द्र यादवले जोगबनी नाका ठप्प पार्ने योजना बनाएका हुन् । बिराटनगरमा आफ्नै निजी निवासमा बैठक बोलाएका संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले काठमाडौंको बालुवाटारमा जारी त्रिपक्षीय बैठकमा सहभागी आफ्ना उपाध्यक्ष लालबाबू राउतलाई कुनै सहमति समझौता बारे केही नबोल्न निर्देशन दिएका थिए ।
मोर्चाको बैठकमा सहभागी सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले अब बिराटनगर–जोगबनी नाका ठप्प पार्ने योजना राखेका छन् । पछिल्लो ६७ दिनदेखि बीरगञ्ज नाका पूर्ण रूपले ठप्प पारेका महतोको ध्यान अब बिराटनगर नाकामा परेको छ । आईतबार बिराटनगर पुगेका महतो प्रहरीको आँखा छल्दै केही बेर नाका वारि पारी पनि गएर वस्तु स्थिति बुझेका थिए । जोगबनी समेत पुगेका महतोले बिरगञ्ज जस्तै त्यहाँपनि मेस चलाएर नाकाबन्दी गर्ने तयारी गरेका छन् ।
स्रोतका अनुसार बिराटनगर नाका ठप्प पार्न राजेन्द्र महतो आईतबार देखिनै नाका वरिपरि रहेका रानी क्षेत्रका मधेसी जनताको घर दैलो गई नाकाबन्दीमा आउन अपील गरेका थिए । सोमबार पनि महतो बिराटनगरमा रहेको मधेस बहुल क्षेत्रमा सभा गर्दै नाकाबन्दी सफल गर्न कार्यकर्ताहरूलाई निर्देशन समेत दिएका थिए ।
बालुवाटार बैठकलाई खासै महत्व नदिएका राजेन्द्र, उपेन्द्र र महेन्द्रले मोर्चा बैठक पछि आफ्ना जिल्लाका संयुक्त कार्यकर्ता बैठकलाई समेत सम्बोधन गर्ने कार्यक्रम रहेको छ । बिराटनगर–जोगबनी नाका ठप्प पार्न मोर्चाका शीर्ष नेताले मोरङ बाहेकका झापा, सुनसरी र सिरहाबाट पनि हजारौं कार्यकर्ता बिराटनगर ल्याउने योजना रहेको बुझिएको छ । यसको लागि राजेन्द्र महतोले मोरङ, सुनसरी, झापा र सप्तरीमा गाउँ–गाउँमा सभा गर्दैछन् ।
यसअघि मोर्चाले विराटनगर नाकाबाट औषधि आउन दिने र सरकारलाई सहयोग गर्ने निर्णय गरेको थियो । जून अहिले कुल्चेर अघि बढीरहेका छन् ।
dainiknepal

बंगलादेशी राजदूतले भनिन्- नेपालको सहयोगका लागि बंगलादेशको ढोका खुला छ

काठमाडौ, १४ मंसिर । नेपालको लागि बंगलादेशी राजदूत मास्फी बिन्ते साम्सले नेपालले बाहिरबाट आवश्यक इन्धन र ग्यास ल्याउन चाँहे आफूहरु ट्रान्जिटको रुपमा बन्दरगाह उपलब्ध गराउन तयार रहेको बताएकी छिन् ।
रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा उनले भनिन- ‘नेपालको संकट बारे हामी जानकार छौ तर, इन्धन र एलपी ग्यास हामी आफै उत्पादन गर्दैनौ । हामी पनि उत्पादक मुलुकहरुबाट खरिद गर्छौ । त्यसैले नेपालले तेस्रो मुलुकबाट ल्याउने हो भने हामी ट्रान्जिटको रुपमा बन्दरगाह प्रयोग गर्न दिन्छौ ।’
क्लबका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा भएको साक्षात्कारमा राजदूत साम्सले नेपाललाई मंगला र चिटगाँउ बन्दरगाह प्रयोग गर्न बंगलादेशले भनिसकेको जानकारी दिदै नेपाल सरकारले हवाई ईन्धनको कारोवारको लागि आग्रह गरिसकेको र त्यसमा आफूहरु सकारात्मक रहेको स्पष्ट पारिन् ।
नेपाली ढुवानी साधनहरु निर्वाध रुपमा बंगलादेश जान पाउने भएपनि बंगलादेशी ट्रकहरु नेपाल आउन नपाउने भन्दै तत्काल मोटर भेईकल एग्रिमेन्ट गर्नु पर्ने आवश्यकता औल्याईन । उनले बंगलादेश छिमेकीसँगको सम्बन्ध क्षेत्रीय रुपमै राम्रो बनाउन चाहना राखेको भन्दै सार्क मुलुकका राष्ट्रहरुवीचको सम्बन्ध सुमधुर बनाउनुपर्ने बताईन ।
उनले रोहनपुर सिहबाद र राधिकापुरसम्म रेल सेवा समेत रहेकोले त्यहाँबाट पनि आयात निर्यातको काम गर्न सकिने भन्दै नेपालबाट बंगलादेश निर्यात गर्न २०८ बस्तुमा शुन्य भन्सार गर्ने प्रस्तावलाई तत्काल नेपाल सरकारले अनुमोदन गरेर अघि बढाउने विश्वास ब्यक्त गरिन ।
राजदूत साम्सले नेपाल र बंगलादेशको ब्यापार बर्षेनी १२ देखि १५ प्रतिशतले बढिरहेको भन्दै यो वर्ष बंगलादेशबाट नेपालमा ४० वटा बस्तुको आयात कारोवार भएको जानकारी दिईन ।
सन् १९७१ को बंगलादेश स्वतन्त्रता आन्दोलनमा नेपालले नैतिक र भौतिक सहयोग गरेको स्मरण गर्दै बंगलादेशले पनि नेपालमा महाभूकम्पपछि तत्कालै खाद्यान्न, मेडिकल टिम, औषधीसहित १२ मिलियन डलरको सहयोग गरेको जानकारी दिईन ।
नेपाल र बंगलादेशवीच ऐतिहासिक सम्बन्ध भएको उल्लेख गर्दै नेपालको ठमेलमा आएर बौद्ध धर्म प्रचार गरेका दिपंकर बंगलादेशको बिक्रम पुरमा जन्मेको बताईन ।
साम्सले बंगलादेश संसारकै पाँचौ धान उत्पादक, चौथो माछा उत्पादक र रेडिमेट गार्मेन्ट, छाला र ईलेक्ट्रोनिक बस्तुको उत्पादक भएकोले नेपालले बंगलादेशसँगको ब्यापारबाट लाभ लिन सक्ने विश्वास ब्यक्त गरिन ।
उनले नेपालको उर्जा विकासको लागि साझेदारी गर्न बंगलादेश तयार रहेको भन्दै त्यससँगै जारी छात्रबृत्तिले कालान्तरमा दुई मुलुकका जनताबीचको सम्बन्धलाई अझै जनस्तरबाटै बलियो बनाउने विश्वास गरिन ।
dainiknepal

चीनसँग जोडिएको कोरला नाकाको अध्ययन गर्न संसदीय टोली सीमा क्षेत्र जाँदै

मुस्ताङ, १४ मङ्सिर । चीनसँग सीमा जोडिएको मुस्ताङको छोसेर गाविसमा पर्ने कोरला नाका सञ्चालनको सम्भाव्यता अध्ययन गर्न संसदीय टोली मुस्ताङ आइपुगेको छ ।
व्यवस्थापिका–संसद्का विकास समितिका सभापति रवीन्द्र अधिकारीको नेतृत्वमा समितिका सदस्य, धौलागिरि अञ्चलका सांसद, मुस्ताङका प्रमुख जिल्ला अधिकारी र सुरक्षा अधिकारीसहितको टोलीले नाका सञ्चालन गर्न सकिने वा नसकिने, भौतिक पूर्वाधार, सडकको अवस्थाका विषयमा विस्तृत अध्ययन गर्नेछ । आज उपल्लो मुस्ताङ हिँडेको टोलीले दुई दिन नाकाको सम्पूर्ण अध्ययन गर्ने र स्थानीयवासीसँग छलफल गर्ने कार्यक्रमसमेत तय भएको छ ।
अघोषित भारतीय नाकाबन्दीका कारण देशभरको जनजीवन अस्तव्यस्त बनिरहेको सन्दर्भमा चीनसँग सीमा जोडिएको उक्त नाका सञ्चालन गर्न सके इन्धन, दैनिक उपभोग्य वस्तु तथा निर्माण सामग्री त्यसैबाट आयात–निर्यात गर्न सकिने अवस्था छ ।
मुस्ताङलगायत धौलागिरि अञ्चलका उद्योगी व्यवसायी, नागरिक समाज, स्थानीयसवासी लगायतको हालै बेनीमा सम्पन्न बृहत् छलफलले नाका सञ्चालन गर्न सके देशलाई दीर्घकालीन रुपमा धेरै फाइदा हुने निष्कर्ष निकालेका थिए । १२ वर्षअघि सम्म सञ्चालनमा रहेको नाका चिनियाँ पक्षले सुरक्षाको कारण देखाउँदै बन्द गरेको छ ।
उपल्लो मुस्ताङका ६ गाविसका सर्वसाधारणलाई निर्बाध आवतजावतको व्यवस्था भएपछि पछिल्लो समय चिनियाँ पक्षले नाकामा एकदमै कडा बनाएको छ ।
नाकानजिकै अत्याधुनिक हतियारसहितका सुरक्षा क्याम्प राखेर सिसी क्यामेरामार्फत निरन्तर निगरानी बढाएको छ ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले संसदीय टोलीले सम्पूर्ण विषयको अध्ययन गरेर सरकारलाई प्रतिवेदन दिने बताउनुभयो । टोलीमा समितिका सदस्य, बाग्लुङका संसद् प्रकाश पौडेल, मुस्ताङका श्रीमायाँ थकालीलगायतका व्यक्ति सहभागी हुनुहुन्छ ।
dainiknepal

बालुवाटारमा त्रिपक्षीय बैठकः माधव नेपालले राखे सीमांकन स्थगनको प्रस्ताव

काठमाडौं, १४ मंसिर । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सत्तारुढ दल, प्रतिपक्षी कांग्रेस र आन्दोलनर मधेसी मोर्चासहितको त्रिपक्षीय वार्तामा नयाँ प्रस्ताव आएको छ ।
बैठकमा सत्तारुढ दल नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सीमांकन स्थगित गर्न प्रस्ताव गनुभएको हो । उहाँले सात प्रदेशको अहिलेको सीमांकन स्थगन गरेर अगाडी जानुपर्ने प्रस्ताव राख्नुभएको हो ।
बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता नेपालले भन्नुभयो- मैले त्रिपक्षीय बैठकमा आफ्नो कुरा राखे । जून नयाँ छ । देशलाई निकास दिने हो भने सीमांकन स्थगित गर्नुपर्छ भने ।’
सीमांकनको विवाद नेता टुंग्याउन नसक्ने भन्दै नेता नेपालले अहिलेका सीमांकन स्थगन गरेर नयाँ ढंगले राजनीतिक र विज्ञको तहबाट टुंगो लगाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो– ‘त्यसका विषयमा संविधान संशोधन गरेर आन्दोलनलाई निकास दिनुपर्छ भन्ने मेरो प्रस्ताव हो ।’
dainiknepal

आयो स्मार्ट लाइसेन्स, चालकले कसरी लिने?

सवारी चालकहरुका लागि आजबाट स्मार्ट लाइसेन्सको सुरुआत गरिएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आज एक कार्यक्रमका बीच स्मार्ट लाइसेन्सको सुरुआत गरिएको हो। भौतिक पूर्वाधार तथा यातायात मन्त्री विजयकुमार गच्छदारले स्मार्ट लाइसेन्सको उद्घाटन गरे।

एसियाली विकास बैंकको सहकार्यमा प्रचलनमा ल्याइएको स्मार्ट लाइसेन्स पहिलो चरणमा १ लाख ६० हजार छपाई गरिएको हो। एडिबीले यसका लागि १५ करोड रुपैयाँ सहयोग गरेको छ।

यसअघिको कागजी लाइसेन्स नक्कली समेत बनाइएकाले व्यापक दुरुपयोग भएपछि स्मार्ट लाइसेन्सको सुरुआत गरिएको हो।

आगामी २ वर्षभित्रमा जारी भएका २२ लाख सवारी चालकका कागजी लाइसेन्सलाई स्मार्ट कार्डमा परिवर्तन गर्ने सरकारी लक्ष्य छ। आगामी वर्षदेखि नै ब्लु बुकलाई समेत स्मार्ट कार्डमा परिवर्तन गर्ने लक्ष्य सरकारले लिएको छ।

स्मार्ट कार्ड शत प्रतिशत पोलिकार्बोननेटबाट बन्ने र उक्त कार्डमा सेक्युरिटी फिचर समेत हुने हुँदा नक्कलीबाट सुरक्षित रहन सकिन्छ।


कसरी लिने सवारी चालकले स्मार्ट लाइसेन्स ?
बागमति अञ्चलका सवारी चालकका लागि आगामी मंसिर २० गतेदेखि यातायात व्यवस्था कार्यालय एकान्तकुनाबाट स्मार्ट लाइलेन्स वितरण प्रक्रिया सुरु हुनेछ।

यसका लागि अनलाइनबाट दरखास्त फाराम भर्नुपर्नेछ। फारामका लागि लाइन लाग्नुपर्ने बाध्यात्मक अवस्था अन्त्य हुनेछ। फाराम भरेपछि यातायात व्यवस्था कार्यालयमा गई आफ्नो बारेमा सम्पूर्ण जानकारी गराउनुपर्छ।

त्यहाँ औंठा छाप, फोटो खिच्ने र भरेको दरखास्त बुझाएपछि स्वास्थ्य परीक्षण तथा लिखित परीक्षा र प्रयोगात्मक परीक्षा सम्वन्धी सबै प्रक्रिया पुरा भएपछि स्मार्ट कार्ड प्राप्त गर्न सकिन्छ।

तर पुरानो कागजी लाइसेन्सलाई स्मार्ट कार्ड बनाउनका लागि भने कार्यालयमा पुगी आफ्नोबारेमा जानकारी दिएपछि प्राप्त गर्न सकिने बताइएको छ। setopati

कांग्रेसले ११ बुँदे थाहा छैन भनेपछि बालुवाटार वार्ता विफल

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मधेसी मोर्चाले सरकारसामु राखेको ११ बुँदे मागबारे अनविज्ञता प्रकट गरेपछि मधेसी मोर्चासँग आज भएको वार्ता विफल भएको छ ।
बालुवाटारमा भएको सत्तारुढ दल, कांग्रेस र मोर्चाबीच भएको त्रिपक्षीय वार्ताका क्रममा मोर्चाका नेताहरुले सीमांकनसहितको आफूहरुको ११ बुँदे माग पुन दोहोर्याएपछि कांग्रेसले सोबारे अनविज्ञता प्रकट गरेको थियो ।
सो विषयमा कांग्रेसले पार्टीभित्र छलफल गर्ने र भोलि फेरि सत्तारुढ दलसँग छलफल गरि आगामी मंसिर १६ गते फेरि वार्तामा  बस्ने सहमति भएको एक नेताले जानकारी दिए ।
यद्यपी आज सहमतिका मिलविन्दुका विषयमा गम्भीर छलफल भएको ति नेताको भनाई छ ।
नेताहरुको अनुसार आजको बैठकमा प्रधानमन्त्री केपी ओली गम्भीर रुपमा प्रस्तुत भएका थिए । उनले कुनैपनि हालतमा सहमति हुनुपर्ने भन्दै रातीसम्म बसेर भएपनि निकास खोज्नुपर्नेमा पटक पटक धारणा राखेका थिए ।

ओलीले आह्वान गरेको त्रिपक्षीय वार्तामा मोर्चाका नेता महन्थ ठाकुरको नेतृत्वमा दोस्रो तहका नेताहरु हृदय त्रिपाठी, लक्ष्मणलाल कर्ण रामनरेश राय र लालबाबु रावत सहभागि दिए भने सत्तारुढ दल र प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका शीर्ष नेताहरुको सहभागिता रहेको थियो ।
तर, मोर्चाका उपेन्द्र महतो, राजेन्द्र महतोलगायतका उच्च नेताहरु भने बैठकमा सहभागि बनेनन् । उनीहरु आन्दोलनको नयाँ रणनीति बनाउन भन्दै विराटनगरमा रहेको बताइएको छ ।

मधेसी मोर्चाले समानुपातिक समावेशी प्रतिनिधित्व, जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्रलगायतका ११ बुँदे माग अगाडि सारेको छ । यस्तै, सङ्घीय संरचनाको सीमाङ्कनमा पनि प्रष्ट धारणा आउनुपर्ने मोर्चाको माग छ । मोर्चाले उठाएका विषयमध्ये तत्काल पूरा गर्न सकिने मागलाई संविधान संशोधनका माध्यमबाट समाधान गर्ने र अन्य मागलाई उच्चस्तरीय राजनीतिक समिति तथा संसदीय समितिमार्फत अगाडि बढाउन सकिने प्रस्ताव एमाओवादी अध्यक्ष प्रचण्डले राख्दै आएका छन् ।
तर, काँग्रेसले भने आफू नेतृत्वको सरकारले सदनमा प्रस्तुत गरेको संविधान संशोधनको प्रस्तावलाई पारित गरिए समस्या समाधानमा मार्गप्रशस्त हुने धारणा राख्दै आएको छ ।

लामो समयदेखिको तराई मधेसको बन्द र भारतको अघोषित नाकाबन्दीका कारण मुलुकको जनजीवन प्रभावित भएकोमा सबै विषयलाई वार्ता र संवादका माध्यमबाट अगाडि बढाउनुपर्नेमा दलहरु एक मत रहेपनि वार्तामा भने कुनै सहमति हुन नसकेको हो

ratopati

मोर्चाको धम्कीपछि जनकपुरमा कांग्रेशको विरोध प्रर्दशन स्थगित

जनकपुर। नेपाली कांग्रेशले जनकपुरमका आयोजना गर्ने भनिएको विरोध प्रर्दशन स्थगित भएको छ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बिरोधका कारण प्रर्दशन रोकेको कांग्रेशले जनाएको छ ।नेपाली कांग्रेसले मधेस आन्दोलनको समर्थनमा आज जनकपुरमा प्रदर्शन गर्ने भएको घोषणा गरेपछि मोर्चाले बिरोध जनाएको थियो ।
मोर्चाले मधेसको समर्थन गर्ने भए कांगे्रशको झण्डा बिना मात्र प्रदर्शन गर्ने र झण्डा बोकेर प्रर्दशन गरे मुठभोडको स्थिती भन्दै धक्बी दिएपछि कांग्रेशले प्रर्दशन रोकेको हो ।
मोर्चाले आफनो आन्दालर्न बिथोल्न यस्तो नाटक गरेको भन्दै बिरोध गरेको थियो ।
nepalsandesh

बालुवारटारमा त्रिपक्षिय वार्तामा यस्तो देखियो

काठमाडौ ।प्रधामन्त्री केपी ओलीले मधेसको समस्या समाधानका लागि छलफल गर्न प्रमुख प्रतिपक्षी कांग्रेस र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको बैठक चलिरहेको छ ।
वार्तामा मधेसी मोर्चाकातर्फबाट तमलोपा अध्यक्ष महन्थ ठाकुर, संघीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोक राई, सद्भावना नेता लक्ष्मणलाल कर्ण सहभागी छन्।
यस्तै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल र एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले नेता झलनाथ खनाल माधन नेपाल लगायतको उपस्थित रहेका छन् ।
nepalsandesh

वार्तामा बस्नुअघि मधेसी मोर्चाले तयार पार्‍यो अनौठो शर्त -

काठमाडौं, १४ मंसिर । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले तीनदल सँगको वार्तामा बस्नुअघि अनौठो शर्त सार्वजनिक गरेको छ ।
आज विहान तराई मधेश लोकतान्त्रिक पार्टीको कार्यालयमा बसेको मोर्चाको बैठकले मधेस आन्दोलनबारे मन्त्रीहरुलाई जथाभावी नबोल्न लगाउने शर्त अगाडी सारेको हो । मोर्चाले सरकारका मन्त्रीहरुलाई सेना परिचालन गर्ने, मधेस आन्दोलन भारतको हो लगायतका भाषणबाजी बन्द गर्न लगाउने निर्णय गरेको सदभावना पार्टीका महासचिव मनिष सूमनले जानकारी दिनुभयो ।
बैठकमा सेना परिचालन गर्ने र अन्य अभिव्यक्तिले आन्दोलनकारीलाई थप उत्तेजित बनाएको भन्दै जथाभावी भाषणबाजी नगर्न मन्त्रीहरूलाई सम्झाउन प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह समेत गर्ने निर्णय भएको छ ।
वार्तालाई परिणाममुखी बनाउनका लागि सरकार संयमित र लचिलो रुपमा प्रस्तुत हुनुपर्ने तमलोपाका अध्यक्ष महन्थ ठाकुरले बताउनुभयो । बैठकमा मोर्चाका दोस्रो तहका नेताहरुको सहभागिता थियो । मोर्चाले आफ्नो मुख्य बटमलाईन सीमांकन नै भएकाले त्यसमा कुनै पनि सम्झौता नगर्ने निर्णय समेत गरेको छ । यसैबीच मोर्चाका शीर्ष नेताहरुको बैठक विराटनगरमा बसिरहेको छ ।
dainiknepal

मधेसी मोर्चाविरुद्ध चर्का कुरा गर्ने उपप्रधानमन्त्री रावल बालुवाटार बैठकबाट किन बाहिरिए ?

काठमाडौं, १४ मंसिर । सत्तारुढ दल, प्रतिपक्षी कांग्रेस र मधेसी मोर्चाबीच पहिलोपटक बालुवाटार बसिरहेको बैठकबाट उपप्रधान तथा रक्षामन्त्री भीम रावल बाहिरिएका छन् ।
बैठकबाट बाहिरिँदै उपप्रधानमन्त्री रावलले आजको वार्ताबाट समाधान ननिस्कने संकेत गर्नुभयो । उहाँले भन्नुभयो– सबै पक्षले आ–आफ्नो धारणा राखिरहनुभएको । मधेसी मोर्चा लचिलो देखिएन् । सहमतिको वातावरण बनाउने प्रयास सत्ता पक्षबाट जारी छ ।
बैठकमा मोर्चा आफ्नो अडानमा टसको मस नहुँदा सहमति हुने नदेखिएपछि काम छ भन्दै रावल बैठकबाट बाहिरिएका हुन् । स्रोतका अनुसार मोर्चाले सीमांकनमा कैलालीको आधा भाग थारुवानमा हाल्नुपर्ने भनेपछि रावलले त्यसको विरोध समेत गरेका छन् । त्यसलगत्तै उनी बैठकबाट बाहिरिएका थिए ।
बालुवाटार स्रोतका अनुसार मोर्चालाई सहमतिमा ल्याउन अहिले एमाओवादी अध्यक्ष प्रचण्डले मनाउने प्रयास गरिरहेका छन् । मधेस आन्दोलन सुरु हुँदा देखिनै मन्त्री रावल मधेसी मोर्चाविरुद्ध कडा रुपमा प्रस्तुत हुँदै आएका छन् ।
dainiknepal

छोरीलाई ज्वाईघर पठाएर दोस्रो विहे को सँग गरिन् कांग्रेस सांसद मल्लले ?

काठमाडौं । रिसेप्सन डिनर भनेर बोलाइएको कार्यक्रममा डिएसपी र सांसद बेहुलीका रुपमा सजिएर बसेको देखेपछि कांग्रेस नेताहरु नै चकित भए । ०७२ मंसिर १० गते शुक्रबार नयाँ बानेश्वरको आनन्द बैंक्वेटमा निम्ता गरिएका भीआइपी नेता र प्रहरी अधिकृतहरु कांग्रेस सभासद् ओमदेवी मल्ललाई बेहुली र डिएसपी केदार ढकाललाई बेहुलाका रुपमा देखेपछि आश्चर्यमा परे । यी दुईजनाको लिभिङ टुगेदर सम्बन्ध रहेको समाचार पहिले नै प्रकाशमा आएको थियो ।
चार बजे अतिथिहरुलाई बोलाइए पनि बेहुला बेहुली साँढे चार बजेतिर बैंक्वेटमा पुगेको थिए । उमेरले ५० कटिसकेकी सांसद् र डिएसपी दुवैले दोस्रो बिहे गरेका हुन् । ओमदेवी मल्लकी छोरीको बिहे ०७२ वैशाख महिनामा भएको थियो । बिहेको पार्टीमा प्रायः कांग्रेसका वरिष्ठ नेताहरु र सांसदहरु सहभागी थिए । एमालेका केशव बडाल सहकारी संघको अध्यक्ष भएकाले निम्त्याइएका थिए । ओमदेवी बडाल अध्यक्ष रहेको संघको उपाध्यक्ष हुन् ।
श्रीमान् किरण जोशीसँग पारपाचुके गर्नु अघि नै धेरै पुरुषसँग नाम जोडिए पनि उनले रोज्ने बेलामा चाहिँ डिएसपी ढकाल नै रोजेको चर्चा पनि बिहेमा चल्यो । सन्दर रुप र आकर्षक जीउडालका कारण ओमदेवी कांग्रेसका केही सभासद्को आँखामा पर्न सफल सांसद् हुन् । त्यही कारण उनी सांसद् सम्म बनिन् । साँघु साप्ताहिकमा खबर छ ।
dainiknepal

पहिले छोरीको बिहे, त्यसपछि सांसद् आमाको बिहे !

काठमाडौं – रिसेप्सन डिनर भनेर बोलाइएको कार्यक्रममा डिएसपी र सांसद बेहुलीका रुपमा सजिएर बसेको देखेपछि कांग्रेस नेताहरु नै चकित भए । ०७२ मंसिर १० गते शुक्रबार नयाँ बानेश्वरको आनन्द बैंक्वेटमा निम्ता गरिएका भीआइपी नेता र प्रहरी अधिकृतहरु कांग्रेस सभासद् ओमदेवी मल्ललाई बेहुली र डिएसपी केदार ढकाललाई बेहुलाका रुपमा देखेपछि आश्चर्यमा परे । यी दुईजनाको लिभिङ टुगेदर सम्बन्ध रहेको समाचार पहिले नै प्रकाशमा आएको आजको साँघु साप्ताहिकमा खबर छ ।

चार बजे अतिथिहरुलाई बोलाइए पनि बेहुला बेहुली साँढे चार बजेतिर बैंक्वेटमा पुगेको थिए । उमेरले ५० कटिसकेकी सांसद् र डिएसपी दुवैले दोस्रो बिहे गरेका हुन् । ओमदेवी मल्लकी छोरीको बिहे ०७२ वैशाख महिनामा भएको थियो । बिहेको पार्टीमा प्रायः कांग्रेसका वरिष्ठ नेताहरु र सांसदहरु सहभागी थिए । एमालेका केशव बडाल सहकारी संघको अध्यक्ष भएकाले निम्त्याइएका थिए । ओमदेवी बडाल अध्यक्ष रहेको संघको उपाध्यक्ष हुन् ।

श्रीमान् किरण जोशीसँग पारपाचुके गर्नु अघि नै धेरै पुरुषसँग नाम जोडिए पनि उनले रोज्ने बेलामा चाहिँ डिएसपी ढकाल नै रोजेको चर्चा पनि बिहेमा चल्यो । सन्दर रुप र आकर्षक जीउडालका कारण ओमदेवी कांग्रेसका केही सभासद्को आँखामा पर्न सफल सांसद् हुन् । त्यही कारण उनी सांसद् सम्म बनिन् ।

www.ratopati