मंगलबार मध्यान्ह बैठक सुरु हुनसाथ मधेसी मोर्चाका सांसदहरुले रोष्ट्र घेराउ गरेर नाराबाजी सुरु गरेका थिए। मधेसी मोर्चाले अवरोध गरेर बैठक चल्न नदिएको अवस्थामा नेपाल मजदुर किसान पार्टीका सांसदहरु आफ्नै स्थानमा उठेर नाकाबन्दी र भारतीय हस्तक्षेपविरुद्ध नाराबाजी थालेका थिए।
नेमकिपाका सांसदहरुले भारतीय हस्तक्षेप बन्द गर, नाकाबन्दी हस्तक्षेप हो, भारतीय राजदूतलाई फिर्ता पठाऊ जस्ता नारा लगाएका थिए। मधेसी मोर्चाका सांसदहरुले मधेस आन्दोलनलाई सम्बोधन गर, संविधान संशाोधन गरजस्ता नारा लगाएका थिए।
दोहोरो नाराबाजीले संसद् चल्ने अवस्था नभएपछि सभामुखले आगामी मंसिर २० गतेसम्मका लागि स्थगित गरेका छन्। मधेसी मोर्चाको अवरोधका कारण संसद् निरन्तर अवरुद्ध हुँदै आएको छ ।annapurnapost
