बैठकबाट बाहिरिँदै उपप्रधानमन्त्री रावलले आजको वार्ताबाट समाधान ननिस्कने संकेत गर्नुभयो । उहाँले भन्नुभयो– सबै पक्षले आ–आफ्नो धारणा राखिरहनुभएको । मधेसी मोर्चा लचिलो देखिएन् । सहमतिको वातावरण बनाउने प्रयास सत्ता पक्षबाट जारी छ ।
बैठकमा मोर्चा आफ्नो अडानमा टसको मस नहुँदा सहमति हुने नदेखिएपछि काम छ भन्दै रावल बैठकबाट बाहिरिएका हुन् । स्रोतका अनुसार मोर्चाले सीमांकनमा कैलालीको आधा भाग थारुवानमा हाल्नुपर्ने भनेपछि रावलले त्यसको विरोध समेत गरेका छन् । त्यसलगत्तै उनी बैठकबाट बाहिरिएका थिए ।
बालुवाटार स्रोतका अनुसार मोर्चालाई सहमतिमा ल्याउन अहिले एमाओवादी अध्यक्ष प्रचण्डले मनाउने प्रयास गरिरहेका छन् । मधेस आन्दोलन सुरु हुँदा देखिनै मन्त्री रावल मधेसी मोर्चाविरुद्ध कडा रुपमा प्रस्तुत हुँदै आएका छन् ।
dainiknepal
