यो भनाई हो, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरको । बालुवाटारमा प्रमुख दल सहित आन्दोलनरत मधेसी मोर्चाको बैठक आरम्भ हुने वितिकै ठाकुर निकै भावुक बनेर प्रस्तुत भए ।
ठाकुरले भावुक भएर प्रस्तुत हुन अघि प्रधानमन्त्री केपी शर्मा ओली पनि त्यसैगरि प्रस्तुत भएका थिए । मधेसलाई हेर्ने आँखा परिवर्तन गर्दै प्रस्तुत भएका प्रधानमन्त्री ओलीले ‘हामी सबै देश र जनताको हितकालागि राजनीति गरेको र जनताले अत्याधीक दुःख पाएकाले अब सबै मिलेर साझा विन्दुमा पुगौं’ भनेका थिए ।
प्रधानमन्त्री ओलीले यसो भनेर वार्ता सुरु गरेलगत्तै ठाकुर भाबुक बनेका थिए । ठाकुरले आफुहरुको आन्दोलन कसैको उक्साहट र कुनै देशको इसारामा नचलेको प्रष्ट पार्दै मधेसमा रहेका जनताको भावना बुझ्न आग्रह गर्दा बैठकहल नै एकाग्र भएको थियो ।
बोल्दा बोल्दै भक्कानीएका ठाकुरको कुरा सुनेर बसेका शीर्ष नेताहरु तब मलिन र मिलनविन्दुको खोजिकालागि तातीए, जव ठाकुरको प्रस्तुती आयो ।
सुरुमा बैठक बहिस्कारको हल्ला गरेको मोर्चाका नेताहरु बालुवाटार छिरे अनि बन्यो माहौल । बैठकमा नेकपा एमालेको उपाध्यक्ष त्यागेर क्षेत्रीप दल खोलेका अशोक राई फरक रुपमा प्रस्तुत भएका थिए ।
उनी मधेस आन्दोलनको नेतृत्वकर्ता भएका छन् आजकल । संघीय समाजवादी फोरमका बरिष्ठ नेता राई र एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओलीका बीचमा पहिलो पटक औपचारिक वार्ता र आमनेसामने भएका थिए राई ।
मोर्चाले पनि आजको बैठकमा प्रधानमन्त्री ओली र एमाओवादी अध्यक्ष प्रचण्ड निकै लचक भएर प्रस्तुत भएकाले १६ गतेको बैठक ऐतिहासिक हुने अपेक्षा गर्दै बालुवाटारबाट बाहिरिएका छन् ।
महन्थको भाबुकपनाले माहौल सकारात्मक भएको सबैको आशा छ र आम जनता पनि दलहरुका बीचमा चाँडै सहमति बनोस् भन्ने पक्षमा छन् ।
nepalsandesh
