नाकाबन्दीका कारण काठमाडौंबाट बाहिरीने बढे

मंगलबार, १५ मंसिर
काठमाडौं । भारतले लगाएको नाकाबन्दीका कारण राजधानीमा उपभोग्य सामाग्रीको अभाव भएसँगै काठमाडौंबाट बाहिरिने संख्या बृद्धि भएको छ ।
केहि दिन अघि सम्म उपत्यका भित्रने गाडी बढी र बाहिरिने गाडी र यात्रुको संख्या कम रहेको भएपनि पछिल्ला दिनहरुमा काठमाडौंबाट बाहिरिनेको संख्यामा बृद्धि भएको हो । काठमाडौं उपत्यकाबाट बाहिरिने र भित्रिने गाडीको संख्या झण्डै बराबर भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
नागढुङ्गा प्रहरी इन्चार्ज प्रहरी नायव निरीक्षक विकल भट्टराईका अनुसार गएको २४ घण्टामा २५ सय २८ वटा गाडीमा ३६ हजार ५ सय ६३ जना काठमाडौं भित्रिएका छन् । यस्तै २६ सय २२ वटा गाडीमा ३६ हजार २ सय २९ जना बाहिरिएका छन् ।
नागढुंगा नाका भएर गएको २४ घण्टामा डिजेल बोकेको ४ वटा ट्याङकर, पेट्रोल ६ ट्याङकर र एउटा हवाइ इन्धन बोकेको ट्याङकर भित्रिएको उनले जानकारी दिए । यस्तै श्रीराम, सिद्धार्थ, त्रिवेणी, ओम र बाबा ग्यासको सिलिन्डर बोकेका साना गाडी पनि काठमाडौं आएका छन् ।
nepalsandesh

Write Comment Below: