भारतलाई चेतावनी दिँदै फेरि किन भारत भ्रमणमा गए परराष्ट्रमन्त्री थापा

काठमाडौं, १४ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष एवम् उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा भारत प्रस्थान गरेका छन् ।
आइतबार झापाको केचनामा भारतीय पक्षले गरेको ज्यादतिको विरोध गर्दै आइन्दा यसरी नेपाल प्रवेश गर्ने घटना नदोहो¥याउन सोमबार विज्ञप्ति निकालेर परराष्ट्रमन्त्री थापाले सरकारका तर्फबाट भारतलाई चेतावनी दिएका थिए ।
सोमबार विहान भारतलाई चेतावनी दिएका थापा बेलुका भारत प्रस्थान गरेका हुन् । यद्यपी उनले सरकारकातर्फबाट भारतलाई ज्यादति रोक्न चेतावनी दिएका हुन् ।
मन्त्री थापा निजी भ्रमणको सिलसिलामा भारतको बैङ्गलोर प्रस्थान गरेका हुन् । उनले मङ्गलबार त्यहाँ आयोजना हुने धार्मिकसभामा भाग लिनेछन् । त्यसपछि राजनीतिक भेटघाटका लागि दिल्ली पुग्नेछन् ।
दिल्लीमा रहँदा उपप्रधानमन्त्री थापाले भारतीय नेताहरुसँग नेपालको समसामयिक विषयमा अनौपचारिक भेटवार्ता र छलफल गर्नुहुने सम्भावना रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका सहमहामन्त्री राजाराम श्रेष्ठले जानकारी दिए । उपप्रधानमन्त्री थापा बुधबार स्वदेश फर्कने कार्यक्रम छ ।
dainiknepal

Write Comment Below: