नेपालले भारतलार्इ भन्यो-आइन्दा झापाको घटना नदोहोरियोस

काठमाडौं : सरकारले हतियारसहित नेपाली भूमिमा सीमा सुरक्षा बल (एसएसबी) छिरेको घटनालार्इ गम्भीरतापूर्वक लिँदै आगामी दिनमा यस्ता घटना नदोहोर्‍याउन भारतलार्इ सचेत गराएको छ ।

परराष्ट्र मन्त्रालयले सोमबार साँझ एक विज्ञप्ती निकालेर नेपाली भूमिमा भारतीय फौज हतियारसहित छिरेको घटनाप्रति गम्भीर चासो देखाउँदै भारतलार्इ सचेत गराएको हो ।

परराष्ट्रले झापाको केचना गाउँ विकास समिति-४ को खुट्टा मुनीमा हतियारसहित छिरेका १३ जना भारतीय सीमा सुरक्षा बल (एसएसबी) का जवानलार्इ आइतबारै एसएसबीको किसनगन्जस्थित १२ औं बटालियनलार्इ बुझाइएको पनि जनाएको छ ।

आइतबार बिहान ७ बजे अन्तर्राष्ट्रिय कानुन मिच्दै हतियारसहित एसएसबीका १३ जवान छिरेपछि नेपालको सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर उनीहरुमाथि अनुसन्धान गरेको थियो ।

करिब ८ घन्टासम्म हिरासतमा लिइएका उनीहरुलार्इ भारतीयपक्षले अबका दिनमा यस्ता घटना नदोहोर्‍याउने जनाएपछि भारतीय अधिकारीलार्इ जिम्मा लगाइएको थियो ।

परराष्ट्रले एसएसबीका १३ जना नेपाल छिरेको घटनाबारे काठमाडौंस्थित भारतीय दूतावासमार्फत भारतीय विदेश मन्त्रायलार्इ सचेत गराउँदै पत्र पठाइएको जनाएको हो । annapurnapost

Write Comment Below: