महानगरीय प्रहरी वृत्त थानकोटका अनुसार थानकोट हुँदै कलंकी भित्रिएको ट्रकले ‘ब्रेक फेल’ भई अन्य अन्य सवारीसाधनलाई अन्धाधुन्दा ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भइसकेको छ भने अन्य चार घाइतेको अवस्था गम्भीर छ । मृतक ट्रक चालक रहेको र उनको सनाखत हुन सकेको छैन् ।
थानकोटस्थित दूरसञ्चारचोकमा ट्रकको ‘ब्रेक फेल’ भएर अनियन्त्रित भई स्कुटर, मिनीट्रक र ट्याक्सीलाई ठक्कर दिएको महानगरीय प्रहरी वृत्त थानकोटका डीएसपी कृष्ण पङ्गेनीले जानकारी दिए ।
उनका अनुसार थानकोट हुँदै कलंकीतर्फ आएको ना ३ ख ९७७३ नम्बरको ट्रक बे्रक फेल भएर विपरित दिशाबाट आइरहेको बा ६९ प ६५७५ नम्बरको स्कुटरलाई ठक्कर दिई त्यही ट्रकले अर्को ट्रक मे १ ख २४३९ नम्बरको ट्रकलाई ठक्कर दिँई बा १ ज ७९६७ नम्बरको ट्याक्सीलाई समेत ठक्कर दिएको हो ।
घटनालगत्तै प्रहरी आउनु अघि स्थानीयले घाइतेहरुको उद्धार गरेर अस्पताल पुर्याएकाले कति घाइते भए र कस्तो अबस्थामा छन् भन्ने यकिन भन्न नसकिने डीएसपी पंगेनीले बताए ।
घाइतेहरुको सतुंगलको ओमअस्पताल, बयोदा र ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
-Dainik Nepal
