मधेशी मोर्चा र प्रधानमन्त्री ओली विचको वार्ताले भारतमा तहल्का

मंगलबार, १५ मंसिर
काठमाण्डौं । नेपालमाथि भारतीय नाकावन्दी र नेपालमा त्यसको गम्भीर प्रभाव वारे चुँ सम्म पनि नलेखेका भारतीय पत्रपत्रिकाहरुले सोमवार प्रधानमन्त्री ओली समेतको उपस्थितिमा मधेशी मोर्चा संग भएको वार्ताको विषयमा भने प्राथमिकता साथ समाचार छापेका छन् ।
यहाँ भैरहेको वार्ताले भारतमा तहल्का मच्चाएको छ । यसवारे भारतमा सबैको चासो वढेको छ ।
द टाइम्स अफ इण्डियाले “आन्दोलन समाप्त गर्न मधेशी नेताहरुले प्रधानमन्त्री ओली समक्ष ११ बुँदे माग पेश गरे” शीर्षकमा समाचार छापेको छ ।
हिन्दूस्तान टाइम्सले “मधेशी आन्दोलकारीहरु संग नेपालका प्रधानमन्त्रीले भेटे, कुरो मिलेन” शीर्षकमा  समाचार वनाएको छ ।
द हिन्दू पत्रिकाले “नेपाली दलहरु, मधेशी आन्दोलनकारीहरुले वार्ता पुनः थाले” शीर्षकमा समाचार दिएको छ ।
जी न्यूज डट इण्डिया डट न्यूजले “नेपाली प्रधानमन्त्री संग मधेशीहरुले भेटे, आन्दोलन वन्द गर्न ११ बुँदे शर्त” शीर्षक दिएर समाचार प्रवाह गरेको छ ।
भारतीय संचार माध्यमहरुमा नाकावन्दीवाट श्रृजना भैरहेको अमानवीय संकटवारे चासो नभएको तर मधेशी मोर्चा र सरकार विचको वार्ता वारे यति धेरै चासो देखिएकोले उनीहरुको मानवतावाद केवल देखावटी भएको पर्यवेक्षकहरु वताउँछन् ।
यता वार्ता शुरु भएपनि नेपाल सरकारलाई थप दवाव दिन भारतीय पक्षले नाकावन्दीलाई थप चर्काउने वा लोभ देखाउनका लागि खुकुलो पार्ने भन्ने वारे दिल्लीमा छलफल शुरु भएको समाचार श्रोतको भनाइ छ ।
nepalsandesh

Write Comment Below: