घोषित रुपमै नाकाबन्दी लगाउन भारतमा गोप्य चलखेल, सुष्मा स्वराजले दिइन् निर्देशन

काठमाडौं । करिब दुई महिनादेखि अघोषित रुपमा नाकाबन्दी गरेर आपूर्ति रोकेको छिमेकी मुलुक भारतले नेपालमाथि अब भने घोषित रुपमै नाकाबन्दी लगाउने तयारी गरेको बताइएको छ ।
नाकाबन्दी लगाउने कि नलगाउने भन्ने विषयमा विदेश मन्त्रालयमा शनिबार र सोमबार बसेको बैठकले नेपालले भारतमाथि विश्वव्यापी दवाव दिएकाले एक पटक देखाउनकैलागि भएपनि नाकाबन्दी गर्नुपर्ने निश्कर्ष निकालिएको बताइन्छ ।
भारतीय विदेश मन्त्रालयको साउथ ब्लकमा भारतीय विदेश सचिव एस जयशंकर, नेपाल डेस्क प्रमुख अभय ठाकुरसहितका अधिकारीहरुवीच यस विषयमा छलफल जारी छ ।
यो विषयमा भारतीय विदेश मन्त्री सुष्मा स्वराजले सहजिकरण गरिरहेकी छिन् । उनले समकक्षी कमल थापासँगको भेटसम्म पर्खने र उक्त भेट पश्चात् अघि बढ्नेगरि तयारी थाल्न सचिव लगायत मातहतलाई निर्देशन दिएकी छिन् ।
स्वराजले नेपालमा आपूर्ति नरोक्दा समेत नेपालले अघोषित नाकाबन्दी भनेर अन्तर्राष्ट्रिय जगतमा भारतको साख र प्रतिष्ठामा आँच ल्याउने काम गरेको भन्दै असन्तुष्टि जनाएकी थिइन् ।
यस्तो अवस्थामा यसै भएन त्यसै भएन एक पटक घोषित रुपमै नाकाबन्दी लगाएर के हुँदो रहेछ हेर्नु पर्नेमा सचिव जयशंकरले धारणा राखेका थिए ।
नेपालमा नाकाबन्दीको विरोधमा भारतसँगै विश्वभरी जनमत बन्दै गएको बेला भारतको विदेश मन्त्रालयमा यस्तो छलफल सुरु भएको हो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भने यो विषयमा मौन बसेका छन् ।
nepalsandesh

Write Comment Below: