प्रधानमन्त्रीको अगाडि ‘उपरखुट्टी’ लगाउने यी कूटनीतिज्ञ महिला

काठमाडौं, ६ चैत । संयुक्त राष्ट्र सघंका कूटनीतिज्ञले कसरी आफ्नो व्यवहार र चालढाल गर्नुपर्छ भन्ने कुरा तपाईहामीले सिकाइ राख्नु पर्दैन । किन भने राष्ट्र संघमा आवद्ध व्यक्तिले राम्रो आचरण र शिक्षा राखेको हुन्छ भन्ने आममान्यता सबैतिर छ ।

तर, राष्ट्र संघको उच्च ओहदाको व्यक्तिले आफ्नो बसाइको आचरण र अनुशासन भुल्दा नेपालीको मन दुख्नु स्वभाविक हो । कुरा हो शुक्रबारको ।

प्रधानमन्त्री पुष्पकमल दाहालसँग संयुक्त राष्ट्र संघका उपमहासचिव सम्साद अख्तरले शिष्टाचार भेट गरिन् । उनी संयुक्त राष्ट्र संघको इकोनोमिक एण्ड सोसल कमिसन फर एसिया एण्ड प्यासिफिकका कार्यकारी प्रमुखसमेत हुन् । तर, उनले आफ्नो मर्यादा भुलेर प्रधानमन्त्री दाहालको भेटमा जसरी प्रस्तुत भइन् उनको र राष्ट्र संघको गरिमालाई कम गराइदिएको छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सम्साद अख्तरले आफ्नो ५ वर्षे कार्यकाल पूरा गरेको अवसरमा प्रधानमन्त्री दाहालसँग बिदाइ भेट गरेकी थिइन् ।

भद्र र सालिन अवस्थामा सोफामा बसेका प्रधानमन्त्री दाहालसँगै अर्को सोफामा बसेकी सम्साद अख्तरले आफू कुन मुद्रा र अवस्थामा बसेको छु भन्ने कुरा भुलेर जगत हसाएकी हुन् ।

नेपाल सानो राष्ट्र भए पनि सम्साद अख्तरले जसरी हेपाहप्रवृत्ति देखाएर ‘उपरखुट्टी’ लगाएर बसेकी छिन् त्यसले उनको आफ्नो अनुशासनलाई झल्कादिएको छ ।

प्रधानमन्त्री दाहालको घुँडा छुने हो कि जस्तो गरेर ती महिलाले उपरखुट्टी लगाएकी छिन् । ती महिलाले नेपालको प्रधानमन्त्रीसँग कुरा गर्दैछु भनेर भुलेको तस्बिरमा देख्न सकिन्छ ।

चाहे जे होस् कुनै पनि कूटनीतिज्ञले आफ्नो मर्यादा भुल्नु हुँदैन । उनीहरूले कुन अवस्था र कुन पदको व्यक्तिसँग भेटदैछन् र कसरी बस्नु पर्छ भन्ने कुरा सिक्नु पर्छ । होइन भने नेपाल र नेपाली हो भनेर हेप्ने यस्ता प्रवृत्ति कसैलाई मान्य हुँदैन । यस्ता कूटनीतिज्ञलाई आगामी दिनमा कस्तो व्यवहार गर्ने परराष्ट्र मन्त्रालयले ध्यान दिनुपर्छ ।
-dainik nepal

सरकारसँगको सम्बन्ध विच्छेदबाट सदभावना पार्टी खुसी

काठमाडौं, ६ चैत । राजेन्द्र महतो नेतृत्वको सदभावना पार्टीले वर्तमान सरकारसँगको सम्बन्ध तोडिएकोमा नेताहरूले खुसी व्यक्त गरेका छन् ।

सहमति कार्यान्वयन नगर्ने सरकारलाई आगामी दिनमा समर्थन गर्दा धेरै कुराको विचार गर्नुपर्ने नेताहरूले बताएका छन् ।

काठमाडौंको नयाँबानेश्वरस्थित पार्टी मुख्यालयमा शनिबारदेखि शुरु भएको राष्ट्रिय कार्यसम्पादन समितिको बैठकमा धारणा राख्ने नेताहरूले पूर्व सहमति कार्यान्वयन नगर्ने सरकारलाई दिएको समर्थन फिर्ताले सहजता महसुस भएको जनाएका हुन् ।

सद्भावना पार्टीका महासचिव मनीषकुमार सुमनका अनुसार धारणा राख्दै सबै नेताहरूले सरकारबाट गम्भीर धोका भएको निष्कर्ष सुनाएको बताए ।
‘अब पार्टीलाई आन्दोलनमा केन्द्रित गर्नुपर्छ भन्ने सुझाव आएको छ’, समुनले भने, ‘केही समयका लागि पार्टीको महाधिवेशन रोकेर भए पनि आन्दोलन चलाउने छौँ । स्थानीय तहको निर्वाचन विथोल्ने छौँ ।’

सद्भावना पार्टीले आफ्नो राष्ट्रिय महाधिवेशनलाई केही पछाडि साने तयारी पनि गरेको छ ।

सहमति विनै सरकारले वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्न लागेको र मधेसी मोर्चाले आन्दोलन घोषणा गरेकाले कम्तिमा ३ महिना महाधिवेशन सार्ने तयारी भएको महासचिव सुमनले बताए । सद्भावना पार्टीको महाविधेशन जेठको पहिलो साता वीरगञ्जमा गर्ने तय भएको थियो ।

सद्भावना पार्टीको कार्यसम्पादन समितिको बैठक आज दोस्रो दिन पनि बस्दैछ ।
-dainik nepal

आजको राशिफल – मिति वि.सं. २०७३ साल चैत्र ६ गते आईतबार तदानुसार इश्वी सन २०१७ मार्च १९ तारीख

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
सहयोगीहरूको भरपर्दा सबै काम नबन्न सक्छन्, सजग रहनुहोला । नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ । गरी आएको कामलाई भने निरन्तरता दिन सकिने छ । आश्वासन दिएर झुक्याउनेहरूले सताउनेछन्, सचेत रहनुहोला । परिवारजनको आत्मीयतामा कमी आउने छ । सवारीसाधन हाँक्दा सचेत हुनुपर्छ । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कालभैरवाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।



बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
रमाइलो क्षणमा अचानक खिन्नता बढ्ने समय छ । सोचेको लाभ नमिल्न सक्छ । केही अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्ला । आफन्तसँग असमझदारी बढ्न सक्छ । बाध्यताका काममा अलमलिनुपर्ला । पतिपत्नीमा पनि अविश्वास बढ्ने योग छ । यात्रामा धनमाल हराउन सक्छ, सचेत रहनुहोला । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग गुलाबी वा सिन्दूरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गृहलक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।



मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
शत्रु र प्रतिद्वन्द्वीको योजना र चलखेल थाहा पाउनाले काम गर्न सजिलो हुनेछ । व्यापार तथा उद्योगतर्फ फाइदाको योग छ । आम्दानी बढ्ने र फाइदा उठाउने समय छ । वैदेशिक यात्राको प्रकिया अघि बढ्न सक्छ । पुरानो लेनदेन र बाँकीबक्यौताको समस्यालाई हल गरिने छ । साथीभाइले सकेको मद्दत गर्नेछन् । कामको चाप बढ्ने छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग हलुका सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ रां राहवे नमः यस मन्त्रको कम्तीमा ०८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।



कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
दैनिक कामकाज र बन्दव्यापारमा राम्रै छ । शैक्षिक, प्राज्ञिक र बौद्धिक क्षेत्रका लागि समय निकाल्न सकेमा प्रगति हुनसक्छ । गुरुजन, अभिभावक र साथीभाइले दिएको सल्लाहाबमोजिम मानप्रतिष्ठा र सामाजिक मर्यादाका लागि गरेको प्रयास सफल हुनेछ । सन्ततिको पठनपाठन र व्यक्तित्वविकासको चिन्ताले सताउन सक्छ । आजका लागि शुभअङ्क १ र शुभरङ्ग हलुका नीलो वा हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सरस्वत्यै नमः यस मन्त्रको कम्तीमा ०७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।



सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
हतारको निर्णयले काम बिग्रन सक्छ । रोकिएका घरेलु कामकाज सिद्ध्याउन निकै खट्नु पर्नेछ । महत्वाकाङ्क्षा त्यागेर अघि बढ्नु होला । आजको योजना र लक्ष्यको समुचित प्रतिफल आउने छैन । मान्यजनको सुझाव अप्रिय लाग्नेछ । परिवारजनमा असमझदारी बढ्नेछ । मातृधनको उपयोग हुन सक्दैन । पशुधन र जमिनबाट पनि बेफाइदा हुनसक्छ । आजका लागि शुभअङ्क ४ र शुभ रङ्ग रातो वा पहेंलो रङ्ग हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमश्चण्डिकायै यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।



कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
रोजगारी र व्यापार÷व्यवसायमा आज विशेष महत्वको दिन हुनेछ । पराक्रम र उत्साह बढ्नेछ । प्रतिस्पर्धी परास्त हुनेछन् । आम्दानी बढ्नेछ । कृषिक्षेत्र वा घरपरिवारमा देखिएका चुनौतीको निवारण गरिने छ । दाजुभाइ र बन्धुबान्धवका काममा सहभागी बन्नुपर्ने देखिन्छ, त्यस्तै सामाजिक कार्यमा नेतृत्वदायी भूमिका वहन गर्नु पर्नेछ, जसबाट सम्मान प्राप्त हुनेछ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग गाढा नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सिद्धिविनायकाय नमः यस मन्त्रको कम्तीमा ०८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।



तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
काम र पठन–पाठनमा लगनशील बन्न नसक्ता अरूले आलोचना गर्नसक्छन् । आफ्ना कमजोरीमाथि टिप्पणी हुनसक्छ । बोलीको गलत अर्थ लाग्नाले सहयोगीहरू टाढिनेछन् । तर ध्यान पुर्याउन सकेमा विगतको श्रमबाट भने लाभ हुनेछ । फाइदा अलि कममात्र हुने समय छ । मान–सम्मानमा गिरावट आउने छ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग घिउरङ्क वा गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ महालक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।



बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
हाँकेको ताकेको काममा सफल भइने छ । रचनात्मक काम सुरु गर्ने समय छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । नयाँ कामको प्रस्ताव आउनेछ । अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन् । मनग्ये धन आर्जन होला । पारिवारिक भेटघाटको समय छ । विशेष व्यक्तित्वलाई भेट्ने मौका आउला । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग सिन्दुरे रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ हं हनुमते नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।



धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
सोचेको काम बनाउन समय र धन दुबै पक्षमा अनावश्यक खर्च बढ्न सक्छ । व्यवसायमा थप लगानी बढाउन उपयुक्त समय छैन । लामो दूरीको यात्रा र वैदेशिक कामकाजमा पनि भनेजस्तो फाइदा लिन सकिंदैन, धेरै टाढा जानु हुँदैन, झमेला आउन सक्छ । मन आलस्य, डर र चिन्ताले जरो गाड्ने छ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग सेतो वा बैजनी पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ चित्रगुप्ताय नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।



मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
साझेदारीमा फाइदा हुनेछ । आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुनेछ । विभिन्न भौतिक साधनहरू जुट्नेछन् । परिवारजनका आवश्यकता पूरा हुनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । गरेका कामबाट प्रशस्त लाभ हुनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नीलसरस्वत्यै नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।



कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सामाजिक कामको दायित्व बढ्नेछ । काममा मान्यजनको सहयोग प्राप्त हुनेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । व्यापारमा राम्रो फाइदा छ, अहिलेको लगानीले दीर्घकालमा फाइदा पुग्नेछ । ज्ञान र बुद्धिको क्षेत्रका सफल भइने छ । हाकिम, गुरुवर्ग वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग ध्वाँसे वा घुर्मैलो कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ भूमिदेव्यै नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।



मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
आज अनावश्यक र फजुलका कुराकानीमा समय बिताउनु राम्रो हुँदैन । सामाजिक गतिविधिमा संलग्न हुने अवसर मिल्नेछ, सामाजिक कामबाट धेरथोर फाइदा नै हुनेछ । बन्दव्यापारमा ठिकठिकै छ । उता आफूपछाडि कुरा काट्नेको कमी हुने छैन । शीघ्र निर्णय गर्ने क्षमतामा कमी आउने छ, कताकता वैराग्यका भावना मँडारिन सक्छन् । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग सेतो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गुरवे नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।


(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाण्डौ, नेपालको अक्षांश : २७:४२ उत्तर तथा देशान्तर : ८५:१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )
-Purbeli News

हिजो राणा शासनविरुद्ध संघर्ष गर्ने कांग्रेस अहिले चारजना दलालसँग डराउँछः ओली

काठमाडौं, ५ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस मधेसी मोर्चाका चारजना नेतासँग डराउन थालेको बताएका छन् ।

हिजो राणा शासनविरुद्ध संघर्ष गर्ने कांग्रेस अहिले मधेसी मोर्चा नामका २–४ जना उफ्रियो भने डराएर भाग्ने गरेको भन्दै अध्यक्ष ओलीले विदेशी दलालहरुको डरले कांग्रेस जनताबाट हराउँदै गएको बताए ।

शनिबार सुर्खेतमा आयोजित सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले भने– ‘ कांग्रेस र मधेसवादी दलका केही नेता जो विदेशीको दलालको इशारामा चलेका छन् उनीहरुले विदेशीकै इशारामा संविधान संशोधन गर्न खोजेका छन् । यो प्रयास एमालेले कुनै हातलमा सफल हुन दिन्न् ।’


विदेशीले नेपालमा संविधान संशोधन गर्न चाहेको र सोही अनुसार अहिलेको सरकारले संशोधन कुरा अगाडि ल्याएर स्थानीय तहको निर्वाचन नगराउन प्रपञ्च रचेको उनको आरोप छ ।

२०४८ र ०५६ पछि कांग्रेसले बहुमतको सरकार बनाएपनि केही गर्न नसकेको भन्दै ओलीले जनताले कांग्रेसलाई बहुमत दिनु बाँदरको हातमा नरिवल जस्तै भएको जिकिर गरे ।
-dainiknepal

एमाले नेता रावलले घरमै पुगेर दिए सहिद परिवारलाई पाँच लाखको चेक र ल्यापटप

एमाले नेता रावलले घरमै पुगेर दिए सहिद परिवारलाई पाँच लाखको चेक र ल्यापटप
कञ्चनपुर, ५ चैत । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री भीम रावलले सहिद गोविन्द गौतम परिवारलाई घरमै पुगेर पाँच लाख रुपैयाँको चेक र एक ल्यापटप हस्तान्तरण गरेका छन् । उनले गौतमका बुवा–आमा र श्रीमतीलाई घेटेरै चेक र ल्यापटप दिएका हुन् ।

पार्टीका कञ्चनपुर जिल्ला अध्यक्ष तारा लामा सहित सहिद परिवारलाई भेट्न पुगेका नेता रावलले गौतमको हत्याको विषयलाई लिएर भारतलाई माफी माग्न लगाउने र क्षतिपूर्तिका लागि पहल गर्ने बताए । यदि भारतले माफी नमागे र क्षतिपूर्ति नदिए एमाले चुप लागेर नबस्ने समेत रावलले बताए ।

त्यस्तै, सोही घटनामा भारतीयको आक्रमणमा परि घाइते भएका टिकाराम चापागाईको घरमा पुगेर पनि नेता रावलले ५० हजार सहयोग गर्ने घोषणा गरेका छन् । सोही अवसरमा एमाले पुनर्वास नगर कमिटी समन्वय समितिले नगद १२ हजार रुपैयाँ हस्तान्तरण गरेका छन् ।
-Dainik Nepal

राजेन्द्र महतोले बोलाए कार्यसम्पादन समिति बैठक, सरकारविरुद्ध गम्भीर निर्णय लिने

काठमाडौं, ५ चैत । सरकारलाई दिएको समर्थन फिर्ता लिएको सद्भावना पार्टीले मुलुकको परिवर्तित राजनीतिक अवस्थाका विषयमा छलफल गर्न कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

काठमाडौंको नयाँबानेश्वरस्थित पार्टीमुख्यालयमा बिहान ११ बजेपछि बस्ने बैठकमा आन्दोलनलाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल हुने महासचिव मनीषकुमार सुमनले जानकारी दिए । बैठकमा अध्यक्ष राजेन्द्र महतोले अहिलेसम्म राजनीतिक सहमतिका लागि भएका प्रयासहरूका विषयमा जानकारी गराउने छन् ।
महासचिव सुमनले भने, ‘आन्दोलनको स्वरुप, प्रधानमन्त्रीले राजनीतिक निकासका लागि राखेको प्रस्ताव, निर्वाचन कसरी विथाल्ने, आन्तरिक महाधिवेशनलगायतका विषयमा छलफल हुनेछ ।’

यसैबीच, सद्भानावा पर्टीले जेठ १, २ र ३ वीरगञ्जमा गर्न लागेको राष्ट्रिय महाधिवेशनका विषयमा पनि केही निर्णय लिनेछ ।
कार्यसम्पादन समितिको बैठकमा पार्टीका पदाधिकारी तथा जिल्ला अध्यक्षहरू सहभागी हुने छन् ।
-dainik nepal

कञ्चनपुर घटनाका दोषीलाई कारबाही गर्ने मोदीको आश्वासन

गृहमन्त्री निधीले भेटे भारतीय प्रधानमन्त्रीलाई
४ चैत, नयाँदिल्ली । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् ।

भारतीय प्रधानमन्त्रीको सरकारी निवास लोक कल्याण मार्गमा भएको भेटवार्तामा गृहमन्त्री निधीले कञ्चनपुर घटनाबारे कुरा उठाएका छन् । जवाफमा भारतीय प्रधानमन्त्री मोदीले कञ्चनपुर घटनाका विषयमा आफूले विदेशमन्त्री, गृहमन्त्री र सुरक्षा सल्लाहकारसँग छलफल गरिसेको बताएको निधीका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिए ।

कञ्चनपुर घटनाको सुक्ष्म अध्ययन भइरहेको भन्दै उनले दोषीलाई काराबाही गर्न भारत सरकार तयार रहेको बताए ।

भेटमा गृहमन्त्री निधीले नेपालमा आगामी वैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि भारतले ‘लजिस्टिक सपोर्ट’ गर्न आग्रह गरे । मोदीले निर्वाचनका लागि आवश्यक पर्ने सबै सहयोग गर्न तयार रहेको पनि आश्वासन दिएका छन् ।

प्रति आतंकबाद सम्बन्धी तेस्रो अन्तर्राष्टिय सम्मेलनमा भाग लिन चार दिनअघि नयाँ दिल्ली पुगेका निधिले विदेशमन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंह लगायतसँग पनि भेट गरेका छन् । उपप्रधानमन्त्री निधि शुक्रबार नै स्वदेश र्फकने कार्यक्रम छ ।
-online khabar

नेपाली सेनाद्वारा प्रधानमन्त्री प्रचण्डविरुद्ध उजुरी, अब के हुन्छ ?

२०७३ चैत ४ गते काठमाडौं । सैनिक मुख्यालयले आफ्ना आठ जना सैनिकहरु माओवादीले बेपत्ता पारेको उल्लेख गर्दै उनीहरुको अवस्था पत्ता लगाउन माग गर्दै बेपत्ता आयोगमा उजुरी गरेको छ ।

आयोग स्रोतले दिएको जानकारी अनुसार माओवादीबाट बेपत्ता पारिएका भनिएकाहरुमा मुसेपानी ७ डडेल्धुराका मानबहादुर साउद तथा पञ्चमूल स्याङजाका पदमप्रसाद तिवारी लगायतको अवस्था पत्ता लगाउन माग गर्दै नेपाली सेनाको मुख्यालयले पत्र पठाएको हो ।
यसैगरी खैराघाती महेन्द्रनगर कञ्चनपुरका जंगबहादुर चन्द, उर्लाबारी झापाका उदयकुमार श्रेष्ठ, बतासे ६ सिन्धुपाल्चोकका गेदबहादुर बस्नेत, बैतडीका प्रेमसिंह धामी, रोदीदेवल ६ बैतडीका देवबहादुर चन्द र त्रियुगा नगरपालिका १ उदयपुरका लीला श्रेष्ठलाई पनि खोजी गरिदिन माग गर्दै नेपाली सेनाबाट आयोगलाई लिखित रुपमा माग गरिएको छ । (नेपाल समाचारपत्र)
-Dainik Nepal

मधेसी मोर्चा विखण्डनकारीको हतियार राख्ने आड भो : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विभिन्न खाले विखण्डनकारी र हिंसात्मक तत्वहरूको हतियार राख्ने आडको रूपमा मधेसी मोर्चा प्रयोग हुँदै गएको आरोप लगाउँदै चिन्ता व्यक्त गरेका छन् ।

मधेसी मोर्चालाई आफ्ना निषेधकारी, सामाजिक फाँसिवादी र हिंसात्मक क्रियाकलाप परित्याग गरेर लोकतान्त्रिक आचरण प्रस्तुत गर्न एमाले अध्यक्ष ओलीको आग्रह छ । घोषित मितिमा निर्वाचन हुन नदिन अनेकौं षडयन्त्रहरू जारी रहेको उनको भनाई थियो ।
प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनको बारेमा अन्यौल कायमै रहेको उनले बताए । संविधान संशोधन विधेयक अनुचित, अनावश्यक, असंवैधानिक र राष्ट्र तथा जनताको हित विपरित भएको हुनाले कुनै पनि हालतमा पारित हुन नसक्ने ओलीले बताए ।

पार्टीको मोची महाओली अभियान पछि जारी गरिएको विज्ञप्तीमा ओलीले भनेका छन्, ‘मत्थर भइसकेका जातीय÷क्षेत्रीय अतिवाद र सामाजिक विद्वेषहरूले वर्तमान सरकार गठनसँगै फेरि शिर उठाउन थालेका छन् ।’

वर्तमान सरकार गठनसँगै सत्ता गठबन्धनबाट मुुलुकको स्वाधीनता, स्वाभिमान तथा राष्ट्रिय हितहरूमाथि विभिन्न कोणबाट निरन्तर प्रहार जारी रहेको बताउदै ओलीले भने, ‘मुलुकको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखेर सबै छिमेकी तथा मित्र राष्ट्रहरूसँग सन्तुलित सम्बन्ध कायम राख्दै अगाडि बढ्नु पर्नेमा सरकार विपरित बाटो हिंडिरहेको छ ।’

निर्वाचनको घोषणा भइसकेपछि वर्तमान सरकारले जथाभावी बजेट रकमान्तर गर्ने, आफ्ना कार्यकर्ता पोस्ने र निर्वाचनलाई प्रभावित गर्ने गरी राष्ट्रको ढुकुटीको दुरूपयोग गर्ने काम व्यापक रूपमा गरिरहेको आरोप ओलीको छ ।

निर्वाचनलाई प्रभावित गर्ने गरी नयाँ नियुक्ति गर्ने, नयाँ संस्थाहरूको निर्माण गर्ने, जनस्तरबाट निर्माण गरिएका संरचनाहरूको नाम परिवर्तन गरी राजनीतिक हस्तक्षेप गर्ने र कर्मचारीहरूको जथाभावी सरुवा गर्ने लगायत निर्वाचन आचारसंहिता विपरितका कामहरू तीव्र रूपमा भइरहेको पनि ओलीले दावी गरेका छन् ।
-nepali headlines

यि बार जन्मने मानिस जीवनमा धेरै सफल हुन्छन..

आइतबारको दिन सूर्यको हो भने सोमवारको मुख्य ग्रह चन्द्र हो । मंगलवार मंगलको प्रभाव हुन्छ भने बुधवार बुधको । विहीबार वृहस्पति र शुक्रवार शुक्रको प्रभाव सबै भन्दा बढी हुन्छ । शनिवारको कारक ग्रह शनि मानिन्छ ।
ज्योतिषका अनुसार जुन बार जन्मियो त्यो बारको ग्रहको प्रभाव जीवनका सबै पाटामा पर्छ । मान्छेको स्वभाव र भाग्य समेत जन्मबारले निर्धारण गर्ने ज्योतिष शास्त्रीको दावी छ । कस्तो हुन्छ कुन बार जन्मिनको मान्छेको स्वभाव र भाग्य थाहा पाउनुस्
आइतबारः
पुरुष
आइतबार जन्मिने मानिस भाग्यशाली हुन्छन् । उनीहरुको आयु पनि लामो हुन्छ । यस्ता ब्यक्ति कम बोल्ने र कला र शिक्षामा अगाडी हुन्छन् । यो बार जन्मिने ब्यक्तिमा धार्मिक आस्था पनि हुन्छ र घर परिवारका सदस्यलाई खुसी राख्न अधिक प्रयास गर्छन् । तर यिनीहरुलाई २० देखि २२ वर्ष सम्म दुःख हुन्छ ।
स्त्री
आइतबार जन्मिने स्त्री दान-पुण्य गर्ने र बलशाली एवं चतुर हुन्छन् ।
सोमबारः
पुरुष
सोमबार जन्मिने ब्यक्तिको बोली मिठो हुन्छ । यस्ता ब्यक्तिको जीवनमा सुख दुख बराबर जस्तै हुन्छ किन भने उनीहरुलाई दुःख सुख उस्तै उस्तै लाग्छ । सोमबार जन्मिने ब्यकेति विद्वान, कला कुशल र बहादुर पनि हुन्छन् । सोमबार जन्मिने ब्यक्तिलाई श्वास प्रश्वासको रोग हुन सक्छ यस्ता ब्यक्तिलाई ९, १२, २७ वर्षमा कष्ट हुन्छ ।
स्त्री
सोमबार जन्म भएका महिला सुन्दर हुन्छन् । यस्ता महिलामा मिठो बोली र शान्ति प्रिय र पुत्रवति हुन्छन् ।
मंगलबारः
पुरुष
मंगलबार जन्म हुने ब्यक्ति सामान्यतया धनी हुन्छन् । यस्ता ब्यक्तिको स्वभाव उग्र हुन्छ । यसै कारण उनीहरुसँग मानिसहरु वेखुसी हुन्छन् । यिनीहरुलाई छाला सम्बन्धी रोग हुन सक्छ । दुख र सुख आउने जाने भैरहन्छ ।
स्त्री
ज्योतिषका अनुसार मंगलवार जन्म भएका स्त्री कठोर हृदयका हुन्छन् यस्ता स्त्रीमा दया माया कम हुन्छ । यस्ता स्त्री दुब्ला पातला र झगडालु समेत हुन्छन् ।
बुधबारः
पुरुष
बुधबार जन्मिने ब्यक्ति धर्मकर्ममा मन भएका हुन्छन् । यिनीहरुको बोलीमा मिठास हुन्छन् । यिनीहरुको ८ र २२ वर्षको उमेरमा कष्ट पाउने योग हुन्छ ।
स्त्री
बुधाबार जन्मिने स्त्री कुनै विशेष क्षेत्रमा रुचि राख्ने र विशेषज्ञता हासिल गर्ने हुन्छतन् । सरस्वतीको विशेष कृपा हुने हुँदा यिनीहरु सुन्दर र शुसील पनि हुन्छन् ।

काठमाडौंको गुर्जुधारामा भयानक दुर्घटना (अपडेट)

काठमाडौं, ४ चैत । काठमाडौंको गुर्जुधारामा भयानक सडक दुर्घटना भएको छ ।
महानगरीय प्रहरी वृत्त थानकोटका अनुसार थानकोट हुँदै कलंकी भित्रिएको ट्रकले ‘ब्रेक फेल’ भई अन्य अन्य सवारीसाधनलाई अन्धाधुन्दा ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भइसकेको छ भने अन्य चार घाइतेको अवस्था गम्भीर छ । मृतक ट्रक चालक रहेको र उनको सनाखत हुन सकेको छैन् ।

थानकोटस्थित दूरसञ्चारचोकमा ट्रकको ‘ब्रेक फेल’ भएर अनियन्त्रित भई स्कुटर, मिनीट्रक र ट्याक्सीलाई ठक्कर दिएको महानगरीय प्रहरी वृत्त थानकोटका डीएसपी कृष्ण पङ्गेनीले जानकारी दिए ।
उनका अनुसार थानकोट हुँदै कलंकीतर्फ आएको ना ३ ख ९७७३ नम्बरको ट्रक बे्रक फेल भएर विपरित दिशाबाट आइरहेको बा ६९ प ६५७५ नम्बरको स्कुटरलाई ठक्कर दिई त्यही ट्रकले अर्को ट्रक मे १ ख २४३९ नम्बरको ट्रकलाई ठक्कर दिँई बा १ ज ७९६७ नम्बरको ट्याक्सीलाई समेत ठक्कर दिएको हो ।

घटनालगत्तै प्रहरी आउनु अघि स्थानीयले घाइतेहरुको उद्धार गरेर अस्पताल पुर्याएकाले कति घाइते भए र कस्तो अबस्थामा छन् भन्ने यकिन भन्न नसकिने डीएसपी पंगेनीले बताए ।

घाइतेहरुको सतुंगलको ओमअस्पताल, बयोदा र ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
-Dainik Nepal

२०७४ सालका सार्वजनिक बिदाहरू

नेपाल सरकारले बिक्रम सम्बत २०७४ साल बैसाख १ गते देखि २०७४ साल चैत मसान्त सम्म १ बर्ष भरिमा सबै सरकारी कार्यालयहरुलाई देहाय बमोजिम को सार्वजनिक एवं पर्व विदाको निर्धारण गरेको छ ।

क . पर्व बिदाहरू

१. वैशाख १ – नयाँ बर्ष (शुक्रवार)

२.वैशाख २७ – उभौली पर्व (बुधवार)

३. श्रावण १३- जनै पुर्णिमा, रक्षा बन्धन (शुक्रवार)

४. भाद्र १३ – गौरापर्व (मंगलवार)

५. इस्लाम धर्मावलम्बीहरुको पर्व ईद उल फित्रको दिन

६. कार्तिक ९ – छठपर्व ( बिहिवार)

७. . इस्लाम धर्मावलम्बीहरुको पर्व बकर ईदको दिन

८. मंङसिर १७ – उधौली पर्व / योमरी पुन्ही / ज्यापू दिवस ( आइतवार )

९. पौष १०- इशाई धर्मावलम्बीहरुको पर्व क्रिसमस डे ( सोमवार)

१०. पौष १५- तमु ल्होसार ( शनिवार)

१२. माघ १- माघी पर्व (सोमवार)

१३. माघ ४- सोनाम ल्होछार ( बिहिवार)

१४ . फाल्गुन २ – महाशिवरात्री ( बुधवार)

१५. फाल्गुन ४ – ग्याल्बो ल्होसार ( शुक्रवार)

१६. फाल्गुण १७ गते र १८ गते – होली ( १८ गते तराई मा , बिहिवार र शुक्रवार)

ख . महिला कर्मचारीहरुको लागि बिदा

१. भाद्र ८ - हरितालिका तीज (बिहिवार)

२. भाद्र १०- ऋषीपञ्चमी ( शनिवार)

३. भाद्र २८ – जितिया पर्व ( बुधवार , जितिया पर्व मनाउने कर्मचारीहरुको लागि मात्र)

ग . शिक्षण संस्थाहरुको लागि मात्र

१. माघ ८ –बसन्तपञ्चमी ( सोमवार)

घ. जात्रा बिदा ( काठमाण्डौ उपत्यकालार्इ मात्र)

१. श्रावण २४ – गाईजात्रा (मंगलवार)

२. भाद्र २०- ईन्द्रजात्रा ( मंगलवार)

३. भोटेजात्रा को दिन

४. चैत ३- घोडेजात्रा ( शनिवार)

ङ . दशैँ बिदा

१. अशोज ५ - घटस्थापना ( बिहिवार )

२. अशोज ११-अशोज १६ सम्म – फूलपाती देखि द्वादासी सम्म ( बुधवार देखि सोमवार)

३. अशोज १९ – कोजाग्रत पुर्णिमा ( बिहिवार)

च . तिहार बिदा

१. कार्तिक २- लक्ष्मी पुजा ( बिहिवार)

२. कार्तिक ३ – गोबर्धन पुजा ( शुक्रवार )

३. कार्तिक ४ – भाईटिका ( शनिवार )

छ . दिवस बिदा

१. वैशाख १८ – विश्व मजदुर दिवस ( सोमबार)

२. जेष्ठ १५ – गणतन्त्र दिवस ( सोमवार )

३. भाद्र २२ – निजामति सेवा दिवस ( निजामती कर्मचारीहरुका लागि , बिहिवार)

४. अशोज ३ – संविधान दिवस ( मंगलवार)

५. मंगसिर १७ – अन्तराष्ट्रिय अपाङ्ग दिवस ( आइतवार , अपाङ्ग कर्मचारीहरुका लागि मात्र )

६. माघ १६ – शहीद दिवस ( मंगलवार )

७. फाल्गुन ७ – राष्ट्रिय प्रजातन्त्र दिवस ( सोमवार)

८. फाल्गुण २४ – अन्तराष्ट्रिय महिला दिवस (बिहिवार)

ज . जन्म जयन्ती बिदा

१. वैशाख २७- बुद्ध जयन्ती ( बुधवार )

२. श्रावण ३० – श्री कृष्ण जन्माष्ठमी ( सोमवार )

३. कार्तिक १८ – गुरु नानक जयन्ती ( शनिवार , सिख धर्मावलम्बीहरुका सरकारी कर्मचारीहरुको लागी)

४. कार्तिक २५ – फल्गुनानन्द जयन्ती ( शनिवार , किरात धर्मावलम्बीहरुका सरकारी कर्मचारीहरुको लागी )

५. पौष २७- पृथ्वी जयन्ती (बिहिवार)

६. चैत्र ११ - रामनवमी ( आइतवार )

७. चैत्र १५- महावीर जयन्ती (बिहिवार, जैन धर्मावलम्बीहरुका सरकारी कर्मचारीहरुको लागी)

देउवाप्रति व्यंग्य गर्दै ओलीले सुनाए महाभारतको कथा

४ चैत, काठमाडौं । निर्वाचन नजिकिँदै गर्दा नेकपा एमालेका नेताहरु नेपाली कांग्रेसप्रति आक्रामक बनेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली पछिल्लो पटक प्रधानमन्त्री प्रचण्ड भन्दा पनि कांग्रेस र उसका सभापति शेरबहादुर देउवामाथि खनिन थालेका छन् ।मेची-महाकाली राष्ट्रिय अभियानको अन्तिम दिन कञ्चनपुरस्थित जिल्ला पार्टी कार्यालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा ओली प्रधानमन्त्री प्रचण्डभन्दा देउवाप्रति आक्रामक रुपमा प्रस्तुत भए ।
ओलीले देउवाप्रति व्यंग्य गर्दै महाभारतको कथा नै सुनाए । उनले भने, ‘द्रोणले अर्जुनलाई सोधे रुख देख्छौं ? अर्जुन भन्छन्, अहँ देखिन, चरो देख्यौं ? देखिन । चराका टाउको देख्यौं ? देखिँन । अनि के चाहिँ देख्यौ भन्दा चराका आँखामात्र देखिरहेको छु भने । शेरबहादुुरजी पनि त्यस्तै हुनुभएको छ ।’ ओलीले अघि भने, ‘उहाँले चैत, बैशाख देख्न छाड्नुभएको छ । जेठमा प्रधानमन्त्री बन्ने म्याद भएकाले जेठमात्र देखिरहनुभएको छ, कुर्सीमात्र देखिरहनु भएको छ । यस्तो कुहिराको काग नबन्न सुझाव दिन्छु, उहाँलाई म सम्झाउँछु ।’ -onlinekhabar

खाली पेट लगातार ४ दिनसम्म किशमिशको झोल पिउनुस्, कलेजो र किड्नी सफा पार्नुहोस्

खाली पेट लगातार ४ दिनसम्म किशमिशको झोल पिउनुस्, कलेजो र किड्नी सफा पार्नुहोस् खाली पेट लगातार ४ दिनसम्म किशमिशको झोल पिउनुस्, कलेजो र किड्नी सफा पार्नुहोस् । सधैं बिहान किसमिसको पानी पिउनाले शरीरलाई भिटामिन लगायत फलाम पर्याप्त मात्रामा पान्छ । साथै यसमा चिनीको मात्रा पनि कम हुन्छ, यसमा प्राकृतिक एन्टीअक्सीडेन्टको मात्रा बढ्न जान्छ । जसले विरामी हुनबाट बचाउँछ ।किसकिस र त्यसको पानीलाई कलेजो र किड्नीको बिरामीलाई निको पार्न प्रयोगमा आइरहेको छ। किसमिसिको पानी लागातार ४ दिनसम्म पिउनाले कलेजो र किड्नीले राम्ररी काम गर्न थाल्छन् र शरीरमा जमेका हानिकारक पदार्थ सबै बाहिर निस्कन्छन् । किसमिस खान स्वास्थवद्र्धक छ भने त्यसको पानी पिउनाले पाचन प्रक्रियालाई दुरुस्त हुन्छ । रगत सफा हुन्छ । एसिडीटी कम हुन्छ । हृदय बलियो हुन्छ र खराब कोलेस्ट्रल टाढा हुन्छ । यो सबै फाइदा किसमिसको पानी पिउन थालेको दुई दिनमा नै देखा पर्नेछ । किसमिसको पानी २ कप पानीमा १५० ग्राम किसमिस राखेर बनाउन बनाउन सकिन्छ ।
किसमिसको पानी बनाउने विधि एटा प्यानमा सफा पानी उमाल्ने, फेरि त्यसमा सफा किसमिसको धुलो हालेर रातीभर पानीमा छोडिदिनुहोस् । दोस्रो दिन बिहान पानीलाई छानेर दोस्रो चोटी सानो आगोमा हल्का तताएर गरेर खाली पेट पिउनुहोस् त्यसपछि २० देखि ३५ मिनेट पर्खेर नास्ता गर्नुहोस् । यस्तो धेरैदिन सम्म गरेर लाभ उठाउनुहोस् । यसको लागि सधैं गहिरो रंगको किसकिस नै छान्नु उपयुक्त हुन्छ । सफा र चम्किलो किसमिसमा प्रायः रसायन मिलेको हुन्छ । जुन स्वास्थको लागि हानिकारक हुन्छ । यो प्रक्रियालाई एक महिनामा लागतार चार दिन सम्म गर्नुहोस् यसको कुनै साइड इफेक्ट हुँदेन। यस्तोमा यदि चिनी अलि कम खानुपर्छ । किनभने किसमिसमा पहिलेदेखि नै मिठोपना हुन्छ। दैनिक नेपालबाट