हिजो राणा शासनविरुद्ध संघर्ष गर्ने कांग्रेस अहिले चारजना दलालसँग डराउँछः ओली

काठमाडौं, ५ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस मधेसी मोर्चाका चारजना नेतासँग डराउन थालेको बताएका छन् ।

हिजो राणा शासनविरुद्ध संघर्ष गर्ने कांग्रेस अहिले मधेसी मोर्चा नामका २–४ जना उफ्रियो भने डराएर भाग्ने गरेको भन्दै अध्यक्ष ओलीले विदेशी दलालहरुको डरले कांग्रेस जनताबाट हराउँदै गएको बताए ।

शनिबार सुर्खेतमा आयोजित सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले भने– ‘ कांग्रेस र मधेसवादी दलका केही नेता जो विदेशीको दलालको इशारामा चलेका छन् उनीहरुले विदेशीकै इशारामा संविधान संशोधन गर्न खोजेका छन् । यो प्रयास एमालेले कुनै हातलमा सफल हुन दिन्न् ।’


विदेशीले नेपालमा संविधान संशोधन गर्न चाहेको र सोही अनुसार अहिलेको सरकारले संशोधन कुरा अगाडि ल्याएर स्थानीय तहको निर्वाचन नगराउन प्रपञ्च रचेको उनको आरोप छ ।

२०४८ र ०५६ पछि कांग्रेसले बहुमतको सरकार बनाएपनि केही गर्न नसकेको भन्दै ओलीले जनताले कांग्रेसलाई बहुमत दिनु बाँदरको हातमा नरिवल जस्तै भएको जिकिर गरे ।
-dainiknepal

Write Comment Below: