४ चैत, काठमाडौं । निर्वाचन नजिकिँदै गर्दा नेकपा एमालेका नेताहरु नेपाली कांग्रेसप्रति आक्रामक बनेका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओली पछिल्लो पटक प्रधानमन्त्री प्रचण्ड भन्दा पनि कांग्रेस र उसका सभापति शेरबहादुर देउवामाथि खनिन थालेका छन् ।मेची-महाकाली राष्ट्रिय अभियानको अन्तिम दिन कञ्चनपुरस्थित जिल्ला पार्टी कार्यालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा ओली प्रधानमन्त्री प्रचण्डभन्दा देउवाप्रति आक्रामक रुपमा प्रस्तुत भए ।
ओलीले देउवाप्रति व्यंग्य गर्दै महाभारतको कथा नै सुनाए । उनले भने, ‘द्रोणले अर्जुनलाई सोधे रुख देख्छौं ? अर्जुन भन्छन्, अहँ देखिन, चरो देख्यौं ? देखिन । चराका टाउको देख्यौं ? देखिँन । अनि के चाहिँ देख्यौ भन्दा चराका आँखामात्र देखिरहेको छु भने । शेरबहादुुरजी पनि त्यस्तै हुनुभएको छ ।’
ओलीले अघि भने, ‘उहाँले चैत, बैशाख देख्न छाड्नुभएको छ । जेठमा प्रधानमन्त्री बन्ने म्याद भएकाले जेठमात्र देखिरहनुभएको छ, कुर्सीमात्र देखिरहनु भएको छ । यस्तो कुहिराको काग नबन्न सुझाव दिन्छु, उहाँलाई म सम्झाउँछु ।’
-onlinekhabar
Write Comment Below: