काठमाडौंको नयाँबानेश्वरस्थित पार्टीमुख्यालयमा बिहान ११ बजेपछि बस्ने बैठकमा आन्दोलनलाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल हुने महासचिव मनीषकुमार सुमनले जानकारी दिए । बैठकमा अध्यक्ष राजेन्द्र महतोले अहिलेसम्म राजनीतिक सहमतिका लागि भएका प्रयासहरूका विषयमा जानकारी गराउने छन् ।
महासचिव सुमनले भने, ‘आन्दोलनको स्वरुप, प्रधानमन्त्रीले राजनीतिक निकासका लागि राखेको प्रस्ताव, निर्वाचन कसरी विथाल्ने, आन्तरिक महाधिवेशनलगायतका विषयमा छलफल हुनेछ ।’
यसैबीच, सद्भानावा पर्टीले जेठ १, २ र ३ वीरगञ्जमा गर्न लागेको राष्ट्रिय महाधिवेशनका विषयमा पनि केही निर्णय लिनेछ ।
कार्यसम्पादन समितिको बैठकमा पार्टीका पदाधिकारी तथा जिल्ला अध्यक्षहरू सहभागी हुने छन् ।
-dainik nepal
