मधेसी मोर्चाको कार्यदलमा नबसेका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो मधेसी दबाट पनि क्रमशः बहिष्कृत हुँदै गएका छन् ।
मधेस आन्दोलनको सबैभन्दा उग्र देखिएका महतो मधेसी दल र नेताहरुबाट नै बहिष्कृत भएका छन् । २०७२ पुस ११ गते विराटनगर जोगबनीको नाकामा धर्ना बस्ने क्रममा घाइते भएपछि उनलाई कुनै पनि मधेसी दलका नेताले सान्त्वना दिनसमेत अस्पतालमा गएनन् ।
समग्र जनताबाट बहिष्कृष्त हुँदै आएका उनी पछिल्लोपटक आफ्ना मधेसी नेता र दलहरुबाट पनि बहिष्कृतका पात्र बन्दै गएका छन् ।
जुन आन्दोलन मधेसी मोर्चाले आयोजना गरेको थियो त्यही आन्दोलनमा उत्रदा महतोले कुटाई खाएपछि त मधेसी दलका उच्च नेताहरुले स्वास्थ्यको जानकारी लिने सामान्य शिष्टाचार पनि राखेनन् ।
प्रहरीको कुटाई खाएर घाइते भएपछि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गरेका उनीलाई त्यहाँ भेट्न उनी सम्मिलित मोर्चा कुनै पनि नेता कार्यकर्ता गएनन् ।
यसरी क्रमशः बहिष्कृत भएका महतो पछिल्लो पटक तीन दलसँग वार्ता गर्नको लागि बनेको मोर्चाको कार्यदलबाट नै बहिष्कृष्त भए । यता राजेन्द्र महतोका भतिजा उपेन्द्र महतोले फेसबुकबाट मधेसी मोर्चाका अन्य नेताको चरित्रहत्या गर्ने काम गरेको भन्दै मोर्चाभित्रै यो विषयले प्रवेश पाएको छ ।
राजेन्द्र महतो मन्त्री हुन्जेल सधैं पिए भएका र काठमाडौंमा ७ करोडको सम्पत्ति जोडेको भनेर सद्भावनाभित्रै चर्चामा रहेका उपेन्द्रले फेसबुकबाट महन्थ ठाकुर र उपेन्द्र यादवविरुद्ध प्रचार गरिरहेका छन् ।
उपेन्द्र यादव पक्ष राजेन्द महताले सस्तो लोकप्रियताको लागि नौटंकी गरेको भन्दै असन्तुष्ट छन् । अब मधेसमा महतोविरुद्ध भण्डाफोर गर्ने उनीहरुको तयारी छ । साँघुसाप्ताहिकमा खबर छ ।nepaliheadlines
