दिउँसो सिंहदरबारमा बस्ने बैठकमा ११ बुँदाका विषयमा दफावार छलफल हुने तराई मधेस सद्भावना पार्टीका वरिष्ठ नेता तथा कार्यदलका सदस्य रामनरेश राय यादवले जानकारी दिनुभयो । बैठक १ बजेपछि बस्ने कार्यक्रम छ ।
सीमाङ्कनसहितका माग उठाएको मधेसी मोर्चाले सो विषयमा कार्यदलस्तरमा छलफल गर्दै आएको छ ।
कार्यदलमा भएका सम्वाद र छलफलहरू सकारात्मक रुपमा अगाडि बढेको नेता रायले बताउनुभयो । ‘छलफलहरू चलिरहेको छ’, उहाँले भन्नुभयो, ‘ठोस सहमति भइसकेको छैन । छिट्टै सहमति खोज्ने प्रयासमा छौँ ।’
dainiknepal
