पुर्वराजालाई प्रधानमन्त्रीको जवाफः दरबार ताक्दा घरबार खुस्कीएला

सोमबार, २७ पुष
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ‘दरबार छाड्नेले घरबार गरेर बस्न पाउनेभन्दै घरबार भन्दा बढी नसोचेकै राम्रो हुने जवाफ फर्काएका छन् ।
पुर्व राजा ज्ञानेन्द्रले आइतबार मात्रै आफुले दरबार छाडे पनि घरबार नछाडेको भन्दै विज्ञप्ती निकालेका थिए ।
राष्ट्रिय एकता दिवसिको अवसरमा राप्रपा नेपालले आयोजना गरेको जलपान समारोहमा पत्रकारहरुसँग संक्षीप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले दरबार ताक्ने सपना देखेको भए भएको घरबार पनि बिग्रने बताए ।
उनले जनताले घुँडा टेकाएको व्यक्तिले बढी निहँ खोज्न नहुने बताए । प्रधानमन्त्री ओलीले जमाना फेरीयो भन्दैमा इतिहासमा योगदान गर्ने व्यक्तित्वहरुलाई बिर्सन नहुने बताए ।
उनले कम्युटर र ल्यापटपको जमाना आएपनि कापी र कलमले लेखिएको महाभारत र रामायणको सान्दर्भिकता नसकीने भन्दै पृथ्वी नारायणको योगदान सधैं स्मरणीय रहने बताए ।
नेपालमा उदार लोकतन्त्र भएकैले ज्ञानेन्द्रले घरबार गरेर बस्न पाएको बताउँदै ओलीले लोकतन्त्रको फाइदालाई कमजोरीका रुपमा सोच्नेको भलो नहुने बताए । उनले पृथ्वी नारायण शाहले गरेको योगदान नेपाल र नेपालीले सधैं स्मरण गरिरहने पनि बताए ।
nepalsandesh

Write Comment Below: