सशस्त्र प्रहरीले नाकामा फेरि समात्यो दुई भारतीय नागरिक

झापा, २७ पुस । सशस्त्र प्रहरीले झापाको नेपाल भारत सीमा नजिकैबाट दुई भारतीय नागरिकलाई लागुऔषधसहित पक्राउ गरेको छ ।
सोमबार झापा जिल्लाको गौरिगंज ४ भवानीपुरबाट एपीएफ टोलीले करिब ९ बोतल कोरेक्स नामक लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको सशस्त्रका डीएसपी अजय छतकुलीले जानकारी दिनुभयो ।
पक्राउ पर्नेहरुमा भारतको किसनगंज फतियावाद पंचायत बेतीया घर बताउने मुकेशकुमार सिंह र राकेशकुमार सिंह छन् ।
सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट गौरिगंजबाट खटिएको एपीएफ टोलीले सवारी साधनमा जाँच गर्ने क्रममा बीआर ३७ जी ७९२९ नम्बरको भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार निजहरुको साथबाट उक्त लागुऔषध फेला परेपछि उनीहरुलाई पक्राउ गरेको हो ।
dainiknepal

Write Comment Below: