मधेसी दलको आन्दोलन नौटंकी मात्र हो : मातृका यादव

वीरगन्ज : नेकपा माओवादीका संयोजक मातृका प्रसाद यादवले  मधेसी दलहरुको आन्दोलन नौटंकी मात्र भएको आरोप लगाएका छन्।

वीरगन्जमा सोमबार संयुक्त मधेसी राष्ट्रिय आन्दोलन समितिले आयोजना गरेको विरोधसभालाइ सम्बोधन गर्दै संयोजक यादवले मधेसी दलको आन्दोलनले केहि पनि उपलब्धी नपाउने ठोकुवा गरे।


आन्दोलन चलेको पाँच महिना भइसक्यो , उनले भने , अहिले सम्मको उपलब्धी के त ? यसरी आन्दोलन हुदै हुन्न । उनले आन्दोलनरत मोर्चाका नेता र तीनका कार्यकर्ताहरु थाकिसकेको पनि टिप्पणी गरे।

दशगजामा धर्नामा बसेर मधेसी दलका नेता कार्यकर्ताहरुले नौटंकी गरिरहेको भन्दै यादवले भने ,‘मधेसी मोर्चाका नेताहरुले हरेक उद्योगी व्यपारीसंग रकम असुली गरेर उद्योगधन्दा चलाउन दिइरहेका छन् ।

'मितेरी पुलमा धर्ना बसेर नाटक गरिहरेका छन्, उनले भने , अनि उनिहरुले नै सामानको तस्करी गरेर पहाडमा पनि पुर्‍याइरहेका छन् ।

उनले मधेसी मोर्चाका नेताहरुले मधेस लुटन आन्दोलन गरिरहेको बताए। उपेन्द्र यादव , महन्थ ठाकुर , राजेन्द्र महत्तो र महेन्द्र यादव सबै मधेसलाइ लुटन चाहन्छन् , उनले भने ,‘गोर्खाली शासकहरु भने देश लुट्नमा तल्लीन छन् ।

संयोजक यादवले मधेसमा दुइ प्रदेश बनाउने मधेसी मोर्चाको माग नाजायज भएको बताए । आत्मनिर्णयको अधिकार सहित समग्र मधेस एक प्रदेश हुनुपर्ने बताउदै यादवले भने , मधेशमा दुइ प्रदेश बनाइयो भने मधेसीहरु पुर्ण रुपमा अधिकारबिहिन हुन्छन् , त्यसैले हामीलाइ त्यो स्वीकार्य छैन ।

अबको आन्दोलन मधेसीहरुले छापामार शैलीमा लडनु पर्ने भन्दै यादवले भने, ‘ छापार शैलीमा लड्यो भने मधेसले सबै कुरा पाउछ , हतियार खोज्न जानुपर्दैन ,नेपाल प्रहरी र नेपाली सेनाकै हतियार हामीलाइ काम लाग्छ ।

उनले मधेसमा अब देखि नयाँ पहाडीहरुलाइ छिर्न नदिने चेतावनी पनि दिए । उनले भने ,‘ पहाडबाट पहिले जो जति आएर बसे ठिकै छ , तर अब पहाडबाट आउने पहाडीहरुलाइ मधेसमा बस्न दिन्नौ । मधेस आफैमा एक राष्ट्र भएको बताउदै संयोजक यादवले स्वतन्त्र मधेस राष्ट्रका लागि आफुहरुको संघर्ष निरन्तर जारी रहने बताए ।

केपी ओली , प्रचण्ड , शुसिल कोइराला ,कमल थापा लगायतका गोर्खाली शासकहरुले दिल्ली धाएर भारतीय विदेशमन्त्री सुस्मा स्वराजको गोडा मालीश गर्दै आएको उनले बताए । उनले भने ,‘गोर्खाली शासकहरु दिल्ली धाएर सुस्मा स्वराजको गोडा मालीश गर्छन, अनि यहा स्वभीमान र राष्ट्रवादको राग अलाप्छन् ।

 नयाँ शक्तिको अभियान चलाएका बाबुराम भटटराइ सबै भन्दा ठूलो नौटंकीबाज भएको बताउदै उनले भने ,‘मधेसीको गर्दन रेटेर बाबुरामले संविधान जारी गरे , अहिले आएर मधेसीका सामु गोहीको आँशु झारिरहेका छन्।

उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि मधेसीको शुभचिन्तक नभएको बताए। मधेससंग मोदीको कुनै मोह छैन ,उनको त नेपालका शासकसंग दोस्ती नै छ , उनले भने, मोदीको घरमा झाडु लगाउने र भात पकाउने पनि पहाडीया नै छन् , त्यसैले मोदीले मधेसीको कदापी हित चाहदैनन् ।'

मधेसी मोर्चाका अधिकांश शीर्ष नेताहरुलाइ अर्ध पहाडियाको संज्ञा दिदै यादवले भने ,‘मोर्चाका अधिकांश नेताका स्वास्नी पहाडिया नै छन् , त्यसैले उनिहरुको घाँटी पहाडीया शासकहरुसंग जोडिएको छ।
annapurnapost

Write Comment Below: