सोमबार दिनभरमा काँकडभिट्टा–पानीट्यांकी नाकाबाट पेट्रोलियम पदार्थबाहेकका १ सय ५० ओटा मालबाहक गाडीमात्र नेपाल प्रवेश गरेका छन् ।
यस्तै, विराटनगर–जोगबनी सोमबार नाकाबाट दिनभरमा ४ ट्यांकर डिजेल, ४ ट्यांकर पेट्रोल, १२ बुलेट एलपी ग्याससहित २ सय ५ ओटा मालबाहक गाडी नेपाल प्रवेश गरेको सीमा प्रहरी कार्यालयले जनाएको छ ।
भैरहवा–सुनौली नाकाबाट २६ ओटा एलपी ग्यास बुलेटसहित ३ सयओटा मालबाहक गाडी नेपाल भित्रिए । यो नाका भएर सोमबार साँझसम्म डिजेल र पेट्रोल, मट्टीतेल भने नभित्रिएको भन्सार कार्यालयले जनाएको छ ।
यस्तै, नेपालगन्ज–रुपैडिहा नाकाबाट पनि सोमबार दिनभरमा ८० ओटा मालबाहक गाडी नेपाल भित्रिएका छन् ।
यो नाका भएर तीन बुलेट ग्यास पनि सोमबार साँझसम्म नेपाल भित्रिएको भन्सार कार्यालयले जनाएको छ । imagekhabar
