सिराहा बेला–९ घर भएका ३० बर्षीय राम इकवाल महतो र काठमाडौँ महानगरपालिका–१७ बस्ने लक्ष्मी लाल श्रेष्ठलाई प्रहरीले करीव ४ लाख २६ हजार ९ सय ५० रुपैया बराबरको १ सय ग्राम अवैध सुन सहित पक्राउ गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
भारत, चीन लगायत बिदेशबाट आएका यात्रुहरुबाट सुन संकलन गर्दै गरेका उनीहरुलाई शनिबार प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको उडानतर्फको आगमन ट्याक्सी पार्किङ एरियाबाट उक्त परिमाणको २ टुक्रा सुनसहित पक्राउ गरेको हो ।
उनीहरुलाई आवश्यक कारवाहीको लागि भंसार कार्यालय सिनामंगलमा पठाइएको छ ।
dainiknepal
