क्रान्तिकारी पत्रकार सङ्घ, बाँकेद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो– “संविधान नेपाली जनताले बनाउने हो तर भारत सरकारको नाकाबन्दी जस्तो कठोर कदम त्यति ठूलो प्रजातान्त्रिक मुलुकलाई सुहाउने विषय हुनै सक्दैन ।”
संविधान कार्यान्वयन पक्ष चुनौतीपूर्ण रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले निरन्तरको परिमार्जनबाट यसलाई थप गतिशील बनाउन सकिने भएकाले कोही आत्तिनुपर्ने अवस्था छैन भन्नुभयो ।
एक प्रश्नको जवाफमा उहाँले व्यवस्थापिका–संसद्मा प्रस्तुत संविधान संशोधन प्रस्तावमा मधेसी मोर्चालाई सहमतिमा ल्याउने प्रयास भइरहेको बताउँदै प्रदेश सीमाङ्कनको विषय तीन महिनाभित्र टुङ्गोमा पु¥याउन समझदारी खोजिनेछ भन्नुभयो ।
dainiknepal
