मध्यरातमा ६.२ रेक्टर स्केलको भूकम्पले एक मिनेट हल्लाएपछि


काठमाडौं, ११ पुस । भूकम्प दिउसो जाँदा सबैले थाहा पाउँछन् । तर राती ठूलो भूकम्प गयो भने के हुन्छ ?  गएराती यस्तै भयो ।

राती नेपाली समयअनुसार १२ बजेर १५ मिनेटमा अफगानिस्ता र पाकिकिस्तानको सीमानालाई केन्द्रविन्दु बनाएर उक्त भुकम्प गएको अमेरिकी भूवैज्ञानिक सर्वेक्षण केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार पाकिस्तानको इस्लामावाद, रावलपिंडी, लाहौर, पेशावरलगायत सहरलाई भूकम्पले करिब १ मिनेट हल्लाएको छ ।

भूकम्प गएपछि जनजिवन व्यापक प्रभावित हुन पुग्यो । भूकम्पले पुर्‍याएको क्षतिको विवरण अझै आइनसके पनि कैयौँ मानिसहरु अस्पतालमा उपचाररत छन् ।

Write Comment Below: