सुनौली नाकाबाट १२ गाडी इन्धन भित्रियो

शनिबार, ११ पुष
भैरहवा । रुपन्देहीको सुनौली नाकाबाट शुक्रबार राति १० बजेसम्म १२ वटा इन्धन बोकेका ट्याकर भित्रिएका छन् ।
सुनौली भन्सार कार्यलयका अनुसार खाना पकाउने १० बुलेट एलपी ग्यास, डिजेल र पेट्रोल बोकेका एक एक ट्यांकर शुक्रबार नेपाल भित्रिएका हुन।
यस नाकामा मधेसी मोर्चाको धर्नाको प्रभाव कम भएपनि पछिल्लो सयम यस नाकाबाट पनि कम मात्रामा इन्धन आउने गरेको छ ।
nepalsandesh

Write Comment Below: