ओबामा–मोदीबीच फलदायी भेट

९ पुस , वासिङटनडिसी (अमेरिका)।

अमेरिकी राष्ट्रपति बाराक ओबामा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच हालै पेरिसमा फलदायी भेटवार्ता भएको जलवायु परिवर्तन मामलासम्बन्धी अमेरिकी विज्ञ टोड स्टर्नले बताए ।

फ्रान्सको पेरिसमा हालै भएको जलवायु सम्मेलनको सेरोफेरोमा दुई देशका प्रसिद्ध नेताबीच भेट भएको र उक्त भेटका क्रममा उनीहरुले दुई देशका लागि दृढ एवम् लाभदायी सम्बन्ध विस्तारका बारेमा कुराकानी भएको स्टर्नले मङ्गलबार जानकारी गराएको एपीले बताएको छ ।

अमेरिकी राष्ट्रपति ओबामा र भारतीय प्रधानमन्त्री मोदीको भेट अमेरिका र भारतबीच जलवायु परिवर्तनले ल्याएका समस्या समाधान गर्ने प्रतिफलमूलक भएको बताए ।



भेटमा जलवायु परिवर्तनले उब्जाएका समस्या समाधान तथा भारत अमेरिकाबीच रहँदै आएको सम्बन्धका बारेमा कुराकानी भएको थियो ।

चार महिनाको बीचमा दुई देशका राष्ट्र प्रमुखले दुवै देशको आलोपालो गरी भ्रमण गरे ।

पहिले भारतीय प्रधानमन्त्री सन् २०१४ सेप्टेम्बरमा अमेरिका गएलगत्तै जनवरीमा राष्ट्रपति ओबामा भारत भ्रमणमा आएका थिए । उनले थपे, यो दुई देशका नेताबीच भएको दुर्लभ यथार्थ थियो ।

अहिले पनि दुई नेता समयसमयमा नियमित भेट गरिरहेका छन् । उनीहरुले यूएनजीएको सेरोफेरोमा न्युयोर्कमा भेट गरे, पछि फेरी पेरिसमा भेट भएको छ ।

सबै भेट हार्दिक र सकारात्मक भएका थिए । यसले दुई देशको सम्बन्ध थप प्रगाढ हुने उनको ठहर थियो ।nepaliheadlines

Write Comment Below: