चार महिना अघिदेखि मधेसमा जारी भएको आन्दोलन मध्ये वैवाहिक अंगिकृत नागरिकता सम्बन्धिको व्यवस्थाको विरोध पनि एक हो ।
मधेसी दलहरुले संविधानको मस्यौदा माथि नागरिकको मत संकलन तयारी भएदेखि अहिलेसम्म पनि वैवाहिक अंगिकृत नागरिकताको अधिकार समेत कटौती भएको बताउँदै आएका छन् ।
आन्दोलन अन्र्तगत नवलपरासी सदरमुकामसहित दक्षिण भेग विगत चार महिनादेखि प्रभावित बन्दै आएको छ ।
निमित्त प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाका अनुसार संविधान जारी भएको असोज ३ देखि मधेस आन्दोलनको अवधिमा हालसम्म १ सय १८ जना भारतीय महिलाहरुले वैवाहिक अंगिकृत नागरिकता लिएका हुन् ।
अंगिकृत नागरिकता लिएका भारतीय महिलाबाट जन्मेका सन्तानले वंशजको नागरिकता पाउने प्रावधान छ । वैवाहिक नागरिकता सम्बन्धि मधेसीदलहरुले गरेको प्रचार गलत भएको प्रशासनले जनाएको छ ।
वैवाहिक नेपाली नागरिकता लिनेमा भारतको महाराजगञ्ज, देवरिया, सिसैनियादेखि गोरखपुर जिल्लाका भारतीय महिलाहरु बढी छन् ।
imagekhabar
