सर्वाेच्च अदालत र कानुन तथा संबैधानिक पत्रकार मन्चले आयोजना गरेको कार्यक्रममा पत्रकारहरुले पहिले कानुन ब्यवसायीले बिचौलियको काम गर्ने गरेका थिए तर अहिले न्यायाधीशले नै मुद्दाका पक्ष र विपक्षलाई भेटेर सोझै रकमको बार्गेनिड गरेको जनगुनासो प्रधानन्यायाधीश श्रेष्ठलाई सुनाएका थिए । पत्रकारहरुको जनगुनासो सुनेपछि आक्रमक हुँदै श्रेष्ठले भने ‘तपाईहरुले यो गम्भिर कुरा उठाउनु भयो, यति यस्तो सत्य हो भने भ्रष्टाचारी संस्था किन राख्ने यसलाई राज्यले भंग गरिदिए हुन्छ ।’
कार्यक्रममा प्रधानन्यायाधीश श्रेष्ठले १५ प्रतिसत नेपालीमा मात्र न्यायिक पहुँच भएको बताए । उनले १५ प्रतिसत नागरिकले मात्र न्याय सेवा पाएको तथ्य सत्य भएको बताए । तर कार्यक्रमका कार्यपत्र प्रस्तुता पत्रकार धर्मेन्द्र झाले कतिपय स्थानलाई हेर्नें हो भने ३ प्रतिसत नागरिकले मात्र न्याय सेवा पाएको बताए ।
न्याय महँगो, झन्झटिलो, र लामो समय लाग्ने भएका कारण न्यायाबाट नागरिक टाढा हुँदै गएको सहभागिहरुले बताएका थिए ।yeskathmandu
