गोरखा फुजेलका कृष्ण पोख्रेलको युएईमा मृत्यु हुनुको कारण यस्तो छ

युएई, १ डिसेम्बर । युएईको अल ऐनमा कार्यरत गोरखा फुजेल ३ का स्थायी घर भएका कृष्णप्रसाद पोखरेलको गत शनिबार ओछ्यानमा आराम गरिरहेको अबस्थामा मृत्यु भएको छ ।
अन्दाजी ३३ वर्षीय पोखरेलको शनिबार मध्यान्ह आफ्नै ओछ्यानमा मृत्यु भएको हो । नाइट ड्युटी भएका पोखरले शनिबार ड्युटी सकिएपछि अर्का एकजना नेपाली साथीसंग किनमेलका लागि अल ऐन सिटि पुगेका थिए ।
किनलेम सकेर बिहान १०ः३० बजे कम्पनीको निवासमा पुगेका उनको सोही दिन मध्यान्ह मृत्यु भएको हो ।
मोबाइलमा कुरा गर्दै आफ्नो कोठा छिरेका पोखरेललाई कम्पनीमा संगै काम गर्ने नेल्सन ड्युटी ब्रेक भएर मध्यान्ह १ बजे रूममा आउँदा असामान्य भेटेपछि कम्पनीका हेल्थ एण्ड सेफ्टी अफिसरलाई खबर गरेका थिए ।
प्रत्यक्षदर्शी नेल्सनले प्रहरीलाई दिएको बयानअनुसार मृतक पोखरेल आफ्नो बेडमा सिरानीमा अडेस लागेर कानमा मोबाइलको हेड फोन लगाई हातले मोबाइल च्यापेको अबस्थामा थिए ।
कम्पनीका अफिसरले खबरगरे पश्चात अस्पताल लैजान आइपुगेको एम्बुलेन्स टिमले झन्डै २० मिनेट पोखरेलको परीक्षणगरे पश्चात उनको मृत्यु भइसकेको जनाएपछि उनले प्राण त्यागेको थाहा भएको छ ।
घटना लगत्तै आएको प्रहरीले मृतक पोखरेलको मृत शरीरलाई अल ऐनको जिमी अस्पताल पुगाएको थियो ।
हाल मृतकको शव सोही अस्पतालमा रहेको छ । उक्त अस्पतालले शव परीक्षण पश्चात पोखरेलको मृत्यु प्राकृतिक (नेचुरल डेथ) भएको रिपोर्ट प्रहरीलाई दिएको छ ।
घटनालाई नजिकबाट नियालिरहेका समाजसेवी गोबिन्द ढकालले पोखरेलको मृत्युपछिका सम्पूर्ण प्रकृयामा प्रत्यक्ष संलग्न रही सहजता प्रदान गर्दै आइरहेका छन् ।
मंगलबारबाट यूएईमा ५ दिन लगातार बिदा परेकाले मृतकको शव नेपाल पठाउन कम्तिमा एकसाता लाग्ने अनुमान गरिएको छ ।
पोखरेल बैदेशिक रोजगारीका लागि ३ वर्षअघि यूएई आएका थिए । एक छोरा र एक छोरीकी पिता रहेका उनी क्याटरिङ कम्पनीमा चपाती मेकरको रुपमा कार्यरत थिए ।
कम्पनीले सम्पूर्ण प्रकृया पूरा गरी आवस्यक कागजातका लागि चाडै नेपाली राजदूतावास आबुधाबी जाने बताएको ढकालले जानकारी दिएका छन् ।
dainiknepal

Write Comment Below: