आठ जना प्रहरीको हत्यारा को हो ? अब स्थिति नियन्त्रणमा लिने कस्ले र कहिले ?

मंगलबार, १५ मंसिर
मधेस आन्दोलन र थरुहट आन्दोलनका नाममा करिब ५० जनाले ज्यान गुमाएका थिए । नेपाल प्रहरीका डिआइजी लक्ष्मण न्योपाने सहित ८ जना प्रहरीको हत्या भएपश्चात् प्रहरीले हत्यामा संलग्नमाथि कारबाही पनि थालेको छ ।
तर, अहिले हत्या आरोपमा पक्राउ परेकाहरुलाई विनासर्त रिहाइको माग गर्दै आन्दोलनकारीहरुले वार्ताको सर्त बनाउन थालेका छन् ।
आन्दोलनकारीहरुले यस्तो बटमलाईन बनाउदा निर्दोशमाथि भएको अन्याय ओझेलमा नपर्ला भन्न सकिदैन । टिकापुर घटना हुँदा आन्दोलनको अगुवाई गरेका नेता रामजनम चौधरी यतीबेला नेपाल सरकारको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्न पुगेका छन् ।
तर, उनी स्वास्थ्य मन्त्री बनेको अवस्थामा आम जनता औषधि अभावमा ज्यान गुमाउनुपर्ने अवस्थामा पुगेका छन् । यता केही समयदेखि साम्य भएको थरुहट आन्दोलन पुन ब्युत्याउने काम सुरु हुन लागेको छ ।
थरुहटका नाममा विभिन्न स्वार्थ समुहहरुले चलखेल गर्न थालेको टिकापुरका थारु समुदायकै अगुवाहरुले बताउन थालेका छन् ।
टिकापुरमा भएको नरसंहारपश्चात् राज्य जुन रुपमा संवेदनशील हुनुपर्ने थियो, त्यो हुन नसक्दा यस्तो अवस्था आउन लागेको छ ।
सरकारले आन्दोलनकारीका जायज माग पुरा गर्न पनि सकिरहेको छैन भने आन्दोलनकारीहरु पनि अब फेरि ध्यानाकृष्ट हुनेगरि आन्दोलन नगर्दासम्म सुनुवाई नहुने निश्कर्षमा पुगेका छन् ।
अखण्डताको आन्दोलन पनि उत्तीकै चर्चामा छ । कांग्रेस, एमाले र एमाओवादीकै शीर्ष नेताहरुका कारण अखण्डताको आन्दोलन पनि चर्कने अवस्थामा छ ।
संघीयताको रहर पनि गर्ने अनि अखण्डताको बहस पनि गर्ने राजनीतिक परिपाटीका कारण फेरि जनताले दुःख पाउन थालेका हुन् ।
टिकापुरको घाउ सेलाउन नपाउँदै मधेसका अन्य जिल्लाहरुमा पनि सल्कीएको संघीयताको आगो निभाउनकालागि दुवै पक्ष लचक हुन सकेका छैनन् ।
यदी संघीयताको साँचो कार्यान्वयन गर्नेहो भने अखण्डताको नारा लगाउन छाड्नुपर्छ । अनि जिल्ला खारेजी गरेर सिंगो नेपाललाई एक मानी विभाजन गर्दा उपयुक्त हुने देखिन्छ ।
महेन्द्रीय राष्ट्रवादको विरोध गर्ने अनि त्यसकै आधारमा खण्ड र अखण्डको नारा घन्काउने परिपाटी नै समस्याको जड हो ।
कैलाली र आसपासका क्षेत्रमा फेरि आन्दोलन गरि उपद्रो मच्चाउन खोज्नेहरुसँग बेलैमा सचेत रहनुपर्ने आवश्यकता छ ।
अनि तराई मधेसका अन्य जिल्लामा भैरहेका निषेधको राजनीतिलाई पनि शान्तिपुर्ण समाधान खोज्न सकिएन भने यसले फेरि टिकापुर नदोर्याउला भन्न सकिदैन। बेलैमा सबैको ध्यान जाओस् ।
nepalsandesh

Write Comment Below: