काठमाडौं । भारतले मधेस आन्दोलनका अगुवा नेपाल सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको विश्वास नभएको भन्दै उनीमाथि गोप्य छानबीन थालेको स्रोतले बताएको छ । भारतीय राजदुतावासले महतोको नियतमाथि प्रश्न उठाउँदै उनीमाथि छानबीन थालेको स्रोतको दाबी छ ।
मधेस आन्दोलनभर राजधानी नआएका र मधेसको मागमा अडीग रहेका महतो राजनीतिक रुपमा निकै चलाख खेलाडीका रुपमा चिनिन्छन् ।
उनले भारतका विभिन्न राजनीतिक दलहरुलाई समेत सन्तुलनमा राख्न सफल भएका छन् । तराईका नेता भएपछि भारतीय राजनीतिक दलहरुसँग सम्बन्ध हुनु स्वभाविक भएपनि राजेन्द्रको पछिल्लो गतिविधिले आफुहरुलाई बेफाइदा भएको ठहर गर्दै भारतीय सरकारको नेतृत्वकर्ता भाजपाले उनको नियत प्रष्ट नभएको भन्दै उनीमाथि विशेष निगरानी राख्न निर्देशन दिएको बताइन्छ ।
राजनीतिक रुपमा उनी उपेन्द्र यादव र महन्थ ठाकुर जस्तो लिच्चड नबन्ने स्वभावका भएका र मधेस आन्दोलन टुंग्याउन उनी निकै आतुर भएका कारण भारतले आफ्नो स्वार्थ पुरा गर्न उनलाई प्रयोग गर्न समस्या पर्ने निश्कर्ष निकालिसकेको बताइन्छ ।
महतो राजनीतिमा निकै चलाख रहेको र परिस्थिति अनुसार चल्न सक्ने खुबी भएकाले उनले जारी वार्तालाई जसरी पनि निश्कर्षमा लान आफ्ना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णलाई भन्दै आएका छन् ।
महतोले भारतको स्वार्थ भन्दा मधेसमा रहेका नेपालीको स्वार्थलाई बढी जोड दिएको भन्दै भारतले उनको गतिविधि आफु अनुकुल हुन छाडेको निश्कर्ष निकालेको हो ।
महतो भन्दा यादव र ठाकुरले आफुहरुलाई बढी सहयोग गर्ने उताको विश्वास रहेको स्रोतको दाबी छ । यसकारण पनि अहिले महतोलाई भन्दा यादव र ठाकुरलाई भारतले बढी विश्वास गर्न थालेको बताइन्छ ।
nepalsandesh
