काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले आज पुर्णता पाउने भएको छ ।
तीन जना सांसद रहेको नेकपा संयुक्तले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री ओलीले सरकारलाई समर्थन गरेका केही दलहरुलाई सरकारमा ल्याउन लागेका हुन्।
कुनै प्रभाव नभएका विश्वेन्द्र पासवानलाई सरकारमा सामेल गराएका ओलीले १२ सिट भएको राप्रपालाई सरकारमा ल्याउन सकेका छैनन् ।
उनले आज विवादकाबीच राप्रपाका दुवै खेमाकालाई सहभागि गराएर सरकार विस्तार गर्न लागेका हुन् । ओली सरकारमा दिपक बोहोरा र विक्रम पाण्डेले मन्त्री पाउने छन् भने लोकेन्द्रबहादुर चन्दका छोरा जयन्त चन्द र अर्का एक लाई राज्य मन्त्रीमा ल्याउने तयारी भएको छ ।
यस्तै प्रधानमन्त्री ओलीले आफ्ना पार्टीका केही प्रभावशाली नेताहरुलाई मन्त्री र राज्यमन्त्री बनाउने तयारी गरेका छन् । एमाले स्रोतका अनुसार रविन्द्र अधिकारीलाई सहरी बीकास र जनार्दन ढकाललाई सोहै मन्त्रालयको राज्यमन्त्रीमा ल्याउने तयारी भएको छ ।
यस्तै श्रम तथा रोजगारमा रामबीर मानन्धरलाई ल्याउने तयारी गरिएको एमाले स्रोतको दाबी छ ।
यस्तै केही प्रभावशाली एवं प्रत्यक्ष निर्वाचित सांसदहरुलाई राज्यमन्त्री बनाउने तयारी ओलीले गरेका छन् । थपीने राज्यमन्त्रीहकालागि आन्तरिक छलफल भैरहेको बालुवाटार स्रोतले बताएको छ ।
यस्तै अन्य साना दलहरुलाई विभिन्न राजनीतिक नियुक्ति दिनेगरि सरकारको समर्थनमै राख्ने तयारी समेत गरिएको छ । यसकालागि कस्लाई केमा नियुक्ति दिने भन्ने लिस्ट समेत तयार भैसकेको स्रोतको दाबी छ ।
nepalsandesh
