प्रधानमन्त्रीको अगाडि ‘उपरखुट्टी’ लगाउने यी कूटनीतिज्ञ महिला

काठमाडौं, ६ चैत । संयुक्त राष्ट्र सघंका कूटनीतिज्ञले कसरी आफ्नो व्यवहार र चालढाल गर्नुपर्छ भन्ने कुरा तपाईहामीले सिकाइ राख्नु पर्दैन । किन भने राष्ट्र संघमा आवद्ध व्यक्तिले राम्रो आचरण र शिक्षा राखेको हुन्छ भन्ने आममान्यता सबैतिर छ ।

तर, राष्ट्र संघको उच्च ओहदाको व्यक्तिले आफ्नो बसाइको आचरण र अनुशासन भुल्दा नेपालीको मन दुख्नु स्वभाविक हो । कुरा हो शुक्रबारको ।

प्रधानमन्त्री पुष्पकमल दाहालसँग संयुक्त राष्ट्र संघका उपमहासचिव सम्साद अख्तरले शिष्टाचार भेट गरिन् । उनी संयुक्त राष्ट्र संघको इकोनोमिक एण्ड सोसल कमिसन फर एसिया एण्ड प्यासिफिकका कार्यकारी प्रमुखसमेत हुन् । तर, उनले आफ्नो मर्यादा भुलेर प्रधानमन्त्री दाहालको भेटमा जसरी प्रस्तुत भइन् उनको र राष्ट्र संघको गरिमालाई कम गराइदिएको छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सम्साद अख्तरले आफ्नो ५ वर्षे कार्यकाल पूरा गरेको अवसरमा प्रधानमन्त्री दाहालसँग बिदाइ भेट गरेकी थिइन् ।

भद्र र सालिन अवस्थामा सोफामा बसेका प्रधानमन्त्री दाहालसँगै अर्को सोफामा बसेकी सम्साद अख्तरले आफू कुन मुद्रा र अवस्थामा बसेको छु भन्ने कुरा भुलेर जगत हसाएकी हुन् ।

नेपाल सानो राष्ट्र भए पनि सम्साद अख्तरले जसरी हेपाहप्रवृत्ति देखाएर ‘उपरखुट्टी’ लगाएर बसेकी छिन् त्यसले उनको आफ्नो अनुशासनलाई झल्कादिएको छ ।

प्रधानमन्त्री दाहालको घुँडा छुने हो कि जस्तो गरेर ती महिलाले उपरखुट्टी लगाएकी छिन् । ती महिलाले नेपालको प्रधानमन्त्रीसँग कुरा गर्दैछु भनेर भुलेको तस्बिरमा देख्न सकिन्छ ।

चाहे जे होस् कुनै पनि कूटनीतिज्ञले आफ्नो मर्यादा भुल्नु हुँदैन । उनीहरूले कुन अवस्था र कुन पदको व्यक्तिसँग भेटदैछन् र कसरी बस्नु पर्छ भन्ने कुरा सिक्नु पर्छ । होइन भने नेपाल र नेपाली हो भनेर हेप्ने यस्ता प्रवृत्ति कसैलाई मान्य हुँदैन । यस्ता कूटनीतिज्ञलाई आगामी दिनमा कस्तो व्यवहार गर्ने परराष्ट्र मन्त्रालयले ध्यान दिनुपर्छ ।
-dainik nepal

सरकारसँगको सम्बन्ध विच्छेदबाट सदभावना पार्टी खुसी

काठमाडौं, ६ चैत । राजेन्द्र महतो नेतृत्वको सदभावना पार्टीले वर्तमान सरकारसँगको सम्बन्ध तोडिएकोमा नेताहरूले खुसी व्यक्त गरेका छन् ।

सहमति कार्यान्वयन नगर्ने सरकारलाई आगामी दिनमा समर्थन गर्दा धेरै कुराको विचार गर्नुपर्ने नेताहरूले बताएका छन् ।

काठमाडौंको नयाँबानेश्वरस्थित पार्टी मुख्यालयमा शनिबारदेखि शुरु भएको राष्ट्रिय कार्यसम्पादन समितिको बैठकमा धारणा राख्ने नेताहरूले पूर्व सहमति कार्यान्वयन नगर्ने सरकारलाई दिएको समर्थन फिर्ताले सहजता महसुस भएको जनाएका हुन् ।

सद्भावना पार्टीका महासचिव मनीषकुमार सुमनका अनुसार धारणा राख्दै सबै नेताहरूले सरकारबाट गम्भीर धोका भएको निष्कर्ष सुनाएको बताए ।
‘अब पार्टीलाई आन्दोलनमा केन्द्रित गर्नुपर्छ भन्ने सुझाव आएको छ’, समुनले भने, ‘केही समयका लागि पार्टीको महाधिवेशन रोकेर भए पनि आन्दोलन चलाउने छौँ । स्थानीय तहको निर्वाचन विथोल्ने छौँ ।’

सद्भावना पार्टीले आफ्नो राष्ट्रिय महाधिवेशनलाई केही पछाडि साने तयारी पनि गरेको छ ।

सहमति विनै सरकारले वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्न लागेको र मधेसी मोर्चाले आन्दोलन घोषणा गरेकाले कम्तिमा ३ महिना महाधिवेशन सार्ने तयारी भएको महासचिव सुमनले बताए । सद्भावना पार्टीको महाविधेशन जेठको पहिलो साता वीरगञ्जमा गर्ने तय भएको थियो ।

सद्भावना पार्टीको कार्यसम्पादन समितिको बैठक आज दोस्रो दिन पनि बस्दैछ ।
-dainik nepal

आजको राशिफल – मिति वि.सं. २०७३ साल चैत्र ६ गते आईतबार तदानुसार इश्वी सन २०१७ मार्च १९ तारीख

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
सहयोगीहरूको भरपर्दा सबै काम नबन्न सक्छन्, सजग रहनुहोला । नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ । गरी आएको कामलाई भने निरन्तरता दिन सकिने छ । आश्वासन दिएर झुक्याउनेहरूले सताउनेछन्, सचेत रहनुहोला । परिवारजनको आत्मीयतामा कमी आउने छ । सवारीसाधन हाँक्दा सचेत हुनुपर्छ । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कालभैरवाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।



बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
रमाइलो क्षणमा अचानक खिन्नता बढ्ने समय छ । सोचेको लाभ नमिल्न सक्छ । केही अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्ला । आफन्तसँग असमझदारी बढ्न सक्छ । बाध्यताका काममा अलमलिनुपर्ला । पतिपत्नीमा पनि अविश्वास बढ्ने योग छ । यात्रामा धनमाल हराउन सक्छ, सचेत रहनुहोला । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग गुलाबी वा सिन्दूरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गृहलक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।



मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
शत्रु र प्रतिद्वन्द्वीको योजना र चलखेल थाहा पाउनाले काम गर्न सजिलो हुनेछ । व्यापार तथा उद्योगतर्फ फाइदाको योग छ । आम्दानी बढ्ने र फाइदा उठाउने समय छ । वैदेशिक यात्राको प्रकिया अघि बढ्न सक्छ । पुरानो लेनदेन र बाँकीबक्यौताको समस्यालाई हल गरिने छ । साथीभाइले सकेको मद्दत गर्नेछन् । कामको चाप बढ्ने छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग हलुका सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ रां राहवे नमः यस मन्त्रको कम्तीमा ०८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।



कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
दैनिक कामकाज र बन्दव्यापारमा राम्रै छ । शैक्षिक, प्राज्ञिक र बौद्धिक क्षेत्रका लागि समय निकाल्न सकेमा प्रगति हुनसक्छ । गुरुजन, अभिभावक र साथीभाइले दिएको सल्लाहाबमोजिम मानप्रतिष्ठा र सामाजिक मर्यादाका लागि गरेको प्रयास सफल हुनेछ । सन्ततिको पठनपाठन र व्यक्तित्वविकासको चिन्ताले सताउन सक्छ । आजका लागि शुभअङ्क १ र शुभरङ्ग हलुका नीलो वा हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सरस्वत्यै नमः यस मन्त्रको कम्तीमा ०७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।



सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
हतारको निर्णयले काम बिग्रन सक्छ । रोकिएका घरेलु कामकाज सिद्ध्याउन निकै खट्नु पर्नेछ । महत्वाकाङ्क्षा त्यागेर अघि बढ्नु होला । आजको योजना र लक्ष्यको समुचित प्रतिफल आउने छैन । मान्यजनको सुझाव अप्रिय लाग्नेछ । परिवारजनमा असमझदारी बढ्नेछ । मातृधनको उपयोग हुन सक्दैन । पशुधन र जमिनबाट पनि बेफाइदा हुनसक्छ । आजका लागि शुभअङ्क ४ र शुभ रङ्ग रातो वा पहेंलो रङ्ग हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमश्चण्डिकायै यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।



कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
रोजगारी र व्यापार÷व्यवसायमा आज विशेष महत्वको दिन हुनेछ । पराक्रम र उत्साह बढ्नेछ । प्रतिस्पर्धी परास्त हुनेछन् । आम्दानी बढ्नेछ । कृषिक्षेत्र वा घरपरिवारमा देखिएका चुनौतीको निवारण गरिने छ । दाजुभाइ र बन्धुबान्धवका काममा सहभागी बन्नुपर्ने देखिन्छ, त्यस्तै सामाजिक कार्यमा नेतृत्वदायी भूमिका वहन गर्नु पर्नेछ, जसबाट सम्मान प्राप्त हुनेछ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग गाढा नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सिद्धिविनायकाय नमः यस मन्त्रको कम्तीमा ०८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।



तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
काम र पठन–पाठनमा लगनशील बन्न नसक्ता अरूले आलोचना गर्नसक्छन् । आफ्ना कमजोरीमाथि टिप्पणी हुनसक्छ । बोलीको गलत अर्थ लाग्नाले सहयोगीहरू टाढिनेछन् । तर ध्यान पुर्याउन सकेमा विगतको श्रमबाट भने लाभ हुनेछ । फाइदा अलि कममात्र हुने समय छ । मान–सम्मानमा गिरावट आउने छ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग घिउरङ्क वा गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ महालक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।



बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
हाँकेको ताकेको काममा सफल भइने छ । रचनात्मक काम सुरु गर्ने समय छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । नयाँ कामको प्रस्ताव आउनेछ । अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन् । मनग्ये धन आर्जन होला । पारिवारिक भेटघाटको समय छ । विशेष व्यक्तित्वलाई भेट्ने मौका आउला । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग सिन्दुरे रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ हं हनुमते नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।



धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
सोचेको काम बनाउन समय र धन दुबै पक्षमा अनावश्यक खर्च बढ्न सक्छ । व्यवसायमा थप लगानी बढाउन उपयुक्त समय छैन । लामो दूरीको यात्रा र वैदेशिक कामकाजमा पनि भनेजस्तो फाइदा लिन सकिंदैन, धेरै टाढा जानु हुँदैन, झमेला आउन सक्छ । मन आलस्य, डर र चिन्ताले जरो गाड्ने छ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग सेतो वा बैजनी पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ चित्रगुप्ताय नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।



मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
साझेदारीमा फाइदा हुनेछ । आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुनेछ । विभिन्न भौतिक साधनहरू जुट्नेछन् । परिवारजनका आवश्यकता पूरा हुनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । गरेका कामबाट प्रशस्त लाभ हुनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नीलसरस्वत्यै नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।



कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सामाजिक कामको दायित्व बढ्नेछ । काममा मान्यजनको सहयोग प्राप्त हुनेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । व्यापारमा राम्रो फाइदा छ, अहिलेको लगानीले दीर्घकालमा फाइदा पुग्नेछ । ज्ञान र बुद्धिको क्षेत्रका सफल भइने छ । हाकिम, गुरुवर्ग वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग ध्वाँसे वा घुर्मैलो कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ भूमिदेव्यै नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।



मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
आज अनावश्यक र फजुलका कुराकानीमा समय बिताउनु राम्रो हुँदैन । सामाजिक गतिविधिमा संलग्न हुने अवसर मिल्नेछ, सामाजिक कामबाट धेरथोर फाइदा नै हुनेछ । बन्दव्यापारमा ठिकठिकै छ । उता आफूपछाडि कुरा काट्नेको कमी हुने छैन । शीघ्र निर्णय गर्ने क्षमतामा कमी आउने छ, कताकता वैराग्यका भावना मँडारिन सक्छन् । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग सेतो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गुरवे नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।


(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाण्डौ, नेपालको अक्षांश : २७:४२ उत्तर तथा देशान्तर : ८५:१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )
-Purbeli News

हिजो राणा शासनविरुद्ध संघर्ष गर्ने कांग्रेस अहिले चारजना दलालसँग डराउँछः ओली

काठमाडौं, ५ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस मधेसी मोर्चाका चारजना नेतासँग डराउन थालेको बताएका छन् ।

हिजो राणा शासनविरुद्ध संघर्ष गर्ने कांग्रेस अहिले मधेसी मोर्चा नामका २–४ जना उफ्रियो भने डराएर भाग्ने गरेको भन्दै अध्यक्ष ओलीले विदेशी दलालहरुको डरले कांग्रेस जनताबाट हराउँदै गएको बताए ।

शनिबार सुर्खेतमा आयोजित सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले भने– ‘ कांग्रेस र मधेसवादी दलका केही नेता जो विदेशीको दलालको इशारामा चलेका छन् उनीहरुले विदेशीकै इशारामा संविधान संशोधन गर्न खोजेका छन् । यो प्रयास एमालेले कुनै हातलमा सफल हुन दिन्न् ।’


विदेशीले नेपालमा संविधान संशोधन गर्न चाहेको र सोही अनुसार अहिलेको सरकारले संशोधन कुरा अगाडि ल्याएर स्थानीय तहको निर्वाचन नगराउन प्रपञ्च रचेको उनको आरोप छ ।

२०४८ र ०५६ पछि कांग्रेसले बहुमतको सरकार बनाएपनि केही गर्न नसकेको भन्दै ओलीले जनताले कांग्रेसलाई बहुमत दिनु बाँदरको हातमा नरिवल जस्तै भएको जिकिर गरे ।
-dainiknepal

एमाले नेता रावलले घरमै पुगेर दिए सहिद परिवारलाई पाँच लाखको चेक र ल्यापटप

एमाले नेता रावलले घरमै पुगेर दिए सहिद परिवारलाई पाँच लाखको चेक र ल्यापटप
कञ्चनपुर, ५ चैत । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री भीम रावलले सहिद गोविन्द गौतम परिवारलाई घरमै पुगेर पाँच लाख रुपैयाँको चेक र एक ल्यापटप हस्तान्तरण गरेका छन् । उनले गौतमका बुवा–आमा र श्रीमतीलाई घेटेरै चेक र ल्यापटप दिएका हुन् ।

पार्टीका कञ्चनपुर जिल्ला अध्यक्ष तारा लामा सहित सहिद परिवारलाई भेट्न पुगेका नेता रावलले गौतमको हत्याको विषयलाई लिएर भारतलाई माफी माग्न लगाउने र क्षतिपूर्तिका लागि पहल गर्ने बताए । यदि भारतले माफी नमागे र क्षतिपूर्ति नदिए एमाले चुप लागेर नबस्ने समेत रावलले बताए ।

त्यस्तै, सोही घटनामा भारतीयको आक्रमणमा परि घाइते भएका टिकाराम चापागाईको घरमा पुगेर पनि नेता रावलले ५० हजार सहयोग गर्ने घोषणा गरेका छन् । सोही अवसरमा एमाले पुनर्वास नगर कमिटी समन्वय समितिले नगद १२ हजार रुपैयाँ हस्तान्तरण गरेका छन् ।
-Dainik Nepal

राजेन्द्र महतोले बोलाए कार्यसम्पादन समिति बैठक, सरकारविरुद्ध गम्भीर निर्णय लिने

काठमाडौं, ५ चैत । सरकारलाई दिएको समर्थन फिर्ता लिएको सद्भावना पार्टीले मुलुकको परिवर्तित राजनीतिक अवस्थाका विषयमा छलफल गर्न कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

काठमाडौंको नयाँबानेश्वरस्थित पार्टीमुख्यालयमा बिहान ११ बजेपछि बस्ने बैठकमा आन्दोलनलाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल हुने महासचिव मनीषकुमार सुमनले जानकारी दिए । बैठकमा अध्यक्ष राजेन्द्र महतोले अहिलेसम्म राजनीतिक सहमतिका लागि भएका प्रयासहरूका विषयमा जानकारी गराउने छन् ।
महासचिव सुमनले भने, ‘आन्दोलनको स्वरुप, प्रधानमन्त्रीले राजनीतिक निकासका लागि राखेको प्रस्ताव, निर्वाचन कसरी विथाल्ने, आन्तरिक महाधिवेशनलगायतका विषयमा छलफल हुनेछ ।’

यसैबीच, सद्भानावा पर्टीले जेठ १, २ र ३ वीरगञ्जमा गर्न लागेको राष्ट्रिय महाधिवेशनका विषयमा पनि केही निर्णय लिनेछ ।
कार्यसम्पादन समितिको बैठकमा पार्टीका पदाधिकारी तथा जिल्ला अध्यक्षहरू सहभागी हुने छन् ।
-dainik nepal

कञ्चनपुर घटनाका दोषीलाई कारबाही गर्ने मोदीको आश्वासन

गृहमन्त्री निधीले भेटे भारतीय प्रधानमन्त्रीलाई
४ चैत, नयाँदिल्ली । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् ।

भारतीय प्रधानमन्त्रीको सरकारी निवास लोक कल्याण मार्गमा भएको भेटवार्तामा गृहमन्त्री निधीले कञ्चनपुर घटनाबारे कुरा उठाएका छन् । जवाफमा भारतीय प्रधानमन्त्री मोदीले कञ्चनपुर घटनाका विषयमा आफूले विदेशमन्त्री, गृहमन्त्री र सुरक्षा सल्लाहकारसँग छलफल गरिसेको बताएको निधीका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिए ।

कञ्चनपुर घटनाको सुक्ष्म अध्ययन भइरहेको भन्दै उनले दोषीलाई काराबाही गर्न भारत सरकार तयार रहेको बताए ।

भेटमा गृहमन्त्री निधीले नेपालमा आगामी वैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि भारतले ‘लजिस्टिक सपोर्ट’ गर्न आग्रह गरे । मोदीले निर्वाचनका लागि आवश्यक पर्ने सबै सहयोग गर्न तयार रहेको पनि आश्वासन दिएका छन् ।

प्रति आतंकबाद सम्बन्धी तेस्रो अन्तर्राष्टिय सम्मेलनमा भाग लिन चार दिनअघि नयाँ दिल्ली पुगेका निधिले विदेशमन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंह लगायतसँग पनि भेट गरेका छन् । उपप्रधानमन्त्री निधि शुक्रबार नै स्वदेश र्फकने कार्यक्रम छ ।
-online khabar