रिसाएका कमल थापालाई फकाउन भृकुटीमण्डपमा पुगेर के के भने ओलीले

२७ पुस, काठमाडौं ।

सरकारले पृथ्वी जयन्तीको अवसरमा विदा नदिएपछि रिसाएका उपप्रधानमन्त्री कमल थापालाई फकाउन प्रधानमन्त्री केपी ओली भृकुटिमण्डमा पुगेका छन् ।


राप्रपा नेपालले नेपाल पुलिस क्वलमा आयोजना गरेको चियापान कार्यक्रममा पुगेर प्रधानमन्त्री ओलीले थापालाई चित्त नदुखाउन आग्रह गरेका छन् । थापासंगै १५ मिनेट बसेका ओलीले थापालाई समय र परिस्थितिको बाँध्यतालाई बुझिदिन समेत आग्रह गरेका छन् । कार्यक्रममा पत्रकारसंग कुराकानी गर्दै प्रधानमन्त्री ओलीले पृथ्वीनारायण साहले पुर्याएको योगदानको प्रशसा गरे । प्रधानमन्त्रीले भने,‘पृथ्वीनारायण साहको नेपालको एकीकरणमा ठूलो योगदान पु¥याएको छ, यसलाई सहजै रुपमा विर्सन मिल्दैन ।’

जनताको शासन भन्दा अर्को कुनै उपयुक्त शासन नभएको बताउंदै उनले पृथ्वीनारायण साहको नेतृत्वमा एकीकरण हुँनु राष्ट्र निर्माण गरिएको कार्यलाई अस्वीकार गर्न नमिल्ने बताए ।

सबैलाई सन्तुलित ढंगले अगाडि बढाउनु पर्ने अवस्था रहेकोमा जोड दिदै प्रधानमन्त्री ओलीले नेपालको वस्तुत अवस्थामा पनि सबैलाई थाहा भएको बताए । ‘राष्ट्रिय स्वार्थमा सानातिना स्वार्थको काम छैन’, उनले भने,‘नेपाल एउटा राष्ट हो । राष्ट्रको रुपमा रहिरहनेछ ।’

नेपाल इतिहास कालदेखि नै उचार चढाव आएर सीमा वरपर पुगे पनि नेपाल एउटा एकीकृत राष्ट्र भएको बताउंदै उनले पृथ्वी नारायण साहले ठूलो योगदान पुर्याएको बताए।nepaliheadlines

Write Comment Below: