पहिलो पटक एजेन्डामा छलफल हुने, कार्यदलमा होला त हाताहाती सहमति ? सम्भावना के छ, पढ्नुस्।

२३ पुस, काठमाडौं ।
प्रमुख तीन दल कांग्रेस, एमाले एमाओवादी र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीचको संयुक्त कार्यदलको बैठक आज पनि बस्दै छ । आज बस्ने बैठकमा कार्यदलमा मोर्चाले कार्तिक १५ गते सरकारलाई पेश गरेको ११ बुँदे मागको सम्बोधन गर्नको लागि प्रयास हुनेछ ।

बुधवारको बैठकमा सामान्य कुराकानी भएपछि विषयमा प्रवेश हुन सकेको थिएन । प्रमुख तीन दलको तर्फबाट सहमतिको लागि आज प्रस्ताव पेश हुने र सोही प्रस्तावमाथि छलफल हुने संघीय समाजवादी फोरम नेपालका सह अध्यक्ष राजेन्द्र श्रेष्ठले बताए ।

शान्ति मन्त्रालयमा सुरु भएको कार्यदलको बैठकमा मुख्य गरी सीमाकंन र संविधान सशोधन प्रक्रियाका बारेमा छलफल हुनेछ । कार्यदलमा सहमति जुटेपछि शीर्ष दलको बैठक बसेर सहमति हुने सम्भावना रहेको छ ।

कार्यदलमा कांग्रेसका महेश आचार्य, एमालेका उपाध्यक्ष भीम रावल, एमाओवादी महासचिव कृष्णबहादुर महरा, मोर्चाको तर्फबाट तराई मधेस लोकतान्त्रिक पार्टीका हृदयश त्रिपाठी, तराई मधेस सदभावना पार्टीका वरिष्ठ नेता रामनरेश राय र संघीय समाजवादी फोरम नेपालका सह अध्यक्ष राजेन्द्र श्रेष्ठ सहभागी छन् ।

सरकार र मधेसी मोर्चाबीच २४ पटकसम्म भएको वार्तामा सहमति जुटन नसकेपछि तीन दलले कार्यदल गठन गरेर समस्या समाधान गर्ने दावी गरेका छन् । सरकारले तीन महिनाभित्र सीमाकंनकको टुंगो लगाउने प्रस्ताव गरेको छ ।
 तर मोर्चाले भने सीमाकंनको आन्दोलनको क्रममा चार दर्जन नागरिकको ज्यान गुमाएका हाताहाती सहमति हुनुपर्ने अडान राख्दै आएको छ ।nepaliheadlines

Write Comment Below: