काठमाडौं । के तपाईं विदेश जाने सोचमा हुनुहुन्छ ? तपाईंसँग कुनै शीप छैन र विदेश गएर के काम गर्ने भन्ने चिन्तामा हुनुहुन्छ ? अब नआत्तिनुहोस् । सरकारले निशुल्क तालिमको व्यवस्था गर्दै छ ।
त्यो पनि खान बस्न निशुल्क । सरकारले सन् २०१६ मा विदेश जान चाहने तर, शीप नभएका युवाहरुलाई निशुल्का तालीम दिन लागेको हो । करिब दश हजार युवालाई दक्ष र अर्धदक्ष बनाउने लक्ष्यका साथ सरकारले यस्तो कार्यक्रम ल्याउन लागेको हो ।
वैदेशिक रोजगार प्रर्वद्धन बोर्डले विभिन्न १२ किसिमका सीपमूलक तालिमको तयारी गरेको छ । बोर्डले सेक्युरिटी, होटल तर्फ कुक, वेटर र हाउस किपिङको, यस्तै प्लम्बर, वेटर मेसन, सटरिङकार्पेन्टर, स्क्रापहोल्डर, स्टील फिक्चर र हाउस पेन्टर लगायत १२ किसिमका तालिम दिन लागेको हो ।
विदेशमा विना कुनै शीप जाँदा दुःख पाएर फर्कनु परेको र कामको जानकारी नहुँदा हेपीन परेको अत्याधीक गुनासो पश्चात् सरकारले यस्तो काम थाल्न लागेको हो ।
बोर्डले तालिमकालागि आवश्यक प्रकृया थालिसकेको र विपन्न र दुर्गमका युवालाई खान र बस्नको प्रवन्ध समेत निशुल्क गर्ने तयारी भएको छ ।
यसकालागि तालिम दिन चाहने संस्थाले नै व्यवस्था गर्ने छन् । बोर्डले तालिम सञ्चालन गर्न चाहनेहरुसँग आशय पत्र माग गरिसकेको छ ।
nepalsandesh
