न्युरोड पसमा चोरी गर्ने २० वर्षीय दिल बहादुर पुन, २३ वर्षीय उमेश तामाङ र २२ वर्षीय सन्तोष वयलकोटीलाई पक्रेर ल्याउने क्रममा बुधबार साँझ आफ्न्तले आक्रमण गरेपछि प्रहरीले गोली चलाएको हो ।
‘१०/१२ जनाको समूहले पक्राउ परेका चोरलाई भगाउनका लागि डिउटीमा खटीएका प्रहरी कार्मचारीहरुमाथि ढुंगा मुठा तथा हातपात गर्दा महाशाखामा कार्यरत प्रहरी नायव निरीक्षक गोपाल थापा मगर समेत घाईते भएका छन्’ महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालले भने- ‘त्यसपछि प्रहरीले आत्म रक्षाको लागि १ राउण्ड गोली फायर गरेको हो ।’
उहाँका अनुसार प्रहरीको गोली लागेर २२ वर्षीय अमृत वयलकोटी घाइते भएका छन् । उनको त्रिबि शिक्षण अस्पताल महाराजगञ्ज उपचार भइरहेको र अवस्था सामान्य रहेको छ ।
पक्राउ परेका अभियुक्तहरु पेसेवर चोर भएको प्रहरी अनुसन्धानमा खुलेको छ । चोरी मुद्दामा उनीहरु २ वर्ष म्याग्दीमा पनि जेल परेका थिए ।
यस्तो छ घटना विवरण:
नेपालका मुख्य मुख्य शहरहरुमा सुन चाँदी गहना पसल र घर समेतमा राती तथा दिउसोको समयमा घरमा कोही नभएको मौका पारी पसलको सटर फोडी तथा चावी मिलाई ताला फोडी नगद तथा सुनचाँदीका गरगहना, ल्यापटप, लगाएतका सामानहरु चोरी गर्ने निम्न व्यक्तिहरुलाई चोरीकासुन चाँदीका गरगहना तथा नगद समेत लगाएतका दशीका सामानहरु सहित महानगरीय अपराध महाशाखाको टोलीले मिति २०७२।०९।१२ गते रातीको समयमाका.जि. का.म.न.पा. वडा नं. २२ न्युरोड स्थित विष्णु रिजालले संचालन गर्दै आएको लक्ष्मी सुन चाँदी गहना पसलवाट विभिन्न सुनका गरगहनाहरु गरी अन्दाजी २ किलो सुन चोरी भएको घटना संबन्धमा संलग्न रहेका अभियुक्तहरुको खोजतलास गर्दै जाने क्रममा मिति २०७२।०९।२२ गते साझँ १९स्०० वजेको समयमा का.जि. का.म.न.पा. वडा नं. २९ गोगंवु नयाँ वसपार्क स्थित रिद्धि सिद्धी मार्वल अगाडी सडक वाटोमा उक्त घटनामा संलग्न रहेका अभियुक्तहरु मध्ये जिल्ला म्याग्दी रुम गा.बि.स. वडा नं. ३ घर भई हाल का.जि. गोगंवु नयाँ वसपार्क वस्ने वर्ष २० को दिल बहादुर पुन, जिल्ला नुवाकोट महाकाली गा.बि.स. वडा नं. ३ घर भई हाल का.जि. नयाँ वसपार्क वस्ने वर्ष २३ को उमेश तामाङ, जिल्ला गोरखा धावा गा.बि.स. वडा नं. ७ घर भई हाल का.जि. गोगंवु वस्ने वर्ष २२ को सन्तोष वयलकोटी समेतलाई नियन्त्रणमा लिई कार्यालय तर्फ ल्याउने क्रममा निजहरुका अन्दाजी १०र१२ जना साथीहरुको समुहले निजहरुलाई भगाउने, उमकाउने उदेश्यले डिउटीमा खटीएका प्रहरी कार्मचारीहरु माथी ढुंगा मुठा तथा हातपात गर्दा यस महाशाखामा कार्यरत्त रहेका प्र.ना.नि. गोपाल थापा मगर समेत घाईते भएको र प्रहरीले आत्म रक्षाको लागी १ राउण्ड गोली फायर गर्दा निज दिल वहादुर पुन, उमेश तामाङ र सन्तोष वयलकोटीको साथी जिल्ला गोरखा धावा गा.वि.स. वडा नं. ६ घर भई हाल का.जि. गोंगवु वस्ने वर्ष २२ को अमृत वयलकोटीको मल द्वारको साईडमा गोली लागी सामान्य घाईते भई उपचारको लागी त्रि.बि. शिक्षण अस्पताल महाराजगंज पठाईएकोमा निजको अवस्था सामान्य रहेको, पक्राउ परेका व्यक्तिहरु मध्ये दिल वहादुर पुन मिति २०६९ सालमा जिल्ला म्याग्दी दरवाङ स्थित गोबिन्द थापाको घरमा भएको चोरी घटनामा संलग्न रही ३ वर्ष जेल भुक्तान गरी छुटेका र उमेश तामाङ मिति २०७१ सालमा म्याग्दीको वेनी महोत्सवमा भएको लुटपाट तथा झै झगडा घटनामा के.सा.अ. मुद्दा चली रु ५१,०००।( धरौटी राखी छुटेको भन्ने कुरा अनुसन्धानको क्रममा खुल्न आएको।
dainiknepal
