‘जनकपुर घटना सुरक्षाकर्मीको कमजोरीका कारण भएको हो’

११ पुस, जनकपुरधाम ।

सुरक्षा निकायको निष्क्रियताका कारण सीताराम विवाहका दिन मन्दिरभित्र र बाहिर घटना घटेको सञ्चारकर्मीले बताएका छन् ।

सो घटनाका सन्दर्भमा सरकारद्वारा गठित उच्चस्तरीय छानबिन समितिसँगको छलफलमा सञ्चारकर्मीले उक्त तथ्यतर्फ ध्यानाकर्षण गराउँदै सुरक्षाकर्मीले विवाह महोत्सवमा सहभागी श्रद्धालुप्रति अमानवीय व्यवहार गरेको प्रसङ्ग उल्लेख गरे ।

मन्दिरभित्र र बाहिर सुरक्षाकर्मीको बाक्लो उपस्थिति भएपनि १० जना मन्दिरको गर्भगृहसम्म पुगेर मन्दिरको चाँदीको ढोकालाई तोडफोड, आस्थाका सामग्रीलाई खुट्टाले हिर्काउने र महन्तलाई अभद्र व्यवहार गर्दा पनि सुरक्षाकर्मीको सक्रियता देखा नपर्नु गम्भीर त्रुटि भएको बताउँदै महोत्सवका दिन विशिष्ट अतिथिको आगमनले श्रद्धालु पूजाअर्चनाबाट वञ्चित हुने गरेकाले उक्त दिन विशिष्ट अतिथिको आगमनका बारेमा ध्यान दिनुपर्ने धारणा राखे ।

मोर्चाले संविधानमा हस्ताक्षर गर्ने जनप्रतिनिधिलाई जिल्ला प्रवेश निषेध गरेका अवस्थामा राष्ट्रप्रमुखको जनकपुर आगमनले आन्दोलनरत पक्षले केही आक्रोशजन्य विरोधका कार्यक्रम गरेको सञ्चारकर्मीले बताए ।

छानबिन समितिका संयोजक विनोद केसीले घटनामा फौज्दारी अभियोग गरेका व्यक्तिलाई कानुनी दायरामा ल्याउने बताए । nepaliheadlines

Write Comment Below: