राजेन्द्र महतो भारततिर भागे, नेपालतिर ढुंगा हान्नेलाई एसएसबीले नै खेदे

विराटनगर :विराटनगरस्थित जोगबनी नाका थु्न्न पुगेका सद्‍भावना पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोसहितका प्रदर्शनकारीहरु नाकामा झडप भएपछि भारततिर भागेका छन्।

दसगजामा रहेका नेपाली सुरक्षाकर्मीमाथि ढु‌ंगा हान्ने मोर्चाका कार्यकर्ताहरुलाई भारतीय फौज एसएसबीले हटाएको छ। अहिले नाकामा प्रदर्शनकारी छैनन् र प्रहरीले सुरक्षा घेरामा नाका संचालन भइरहेको छ।

पछिल्ला दिन सहज रुपमा संचालन हुँदै आएको जोगबनी नाका थुन्न महतोको कमान्डमा मोर्चाका कार्यकर्ताहरु बिहानदेखि नाकामा जम्मा भएका थिए।

प्रहरीमाथि प्रदर्शनकारीबाट व्यापक ढुंगामुढा भएपछि झडप भएको हो। नेपाली सुरक्षाकर्मीतर्फ ढुंगा प्रहार गर्दै आन्दोलनकारीहरु भारतीय भूमितिर भागेका छन्। annapurnapost

Write Comment Below: