जोगबनीबाट नाराबाजी गर्दै आएका राजेन्द्र महतोलाई पक्राउ गर्न खोज्दा रानी भन्सारमा झडप

विराटनगर, ११ पुस । जोगबनीबाट नाराबाजी गर्दै आएका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई प्रहरीले पक्राउ गर्न खोज्दा झडप भएको छ ।
नाराबाजी गर्दै आएको महतोको समुह र प्रहरीबिच रानीभन्सारमा झडप भएको हो । नाराबाजीको नेतृत्व गरिरहेका महतोलाई प्रहरीले पक्राउ गर्न खोजेको थियो ।
 तर मोर्चा कार्यकर्ताले प्रहरीमाथी नै ढुंगामुढा गर्न थालेपछि दुवै पक्षबिच झडप भएको छ ।
 अहिले मोर्चाका कार्यकर्ताले भारतीय भुमि प्रयोग गरि सुरक्षाकर्मीमाथि ब्यापक रुपमा ढुंगामुढा गरिरहेका छन् ।yeskathmandu

Write Comment Below: