कोठाभित्र राखेको सोफामा आगो लागेपछि सुतिरहेका उनीहरुको निस्सासिएर मृत्यु भएको डिएसपी गजुरसिद्धि बज्राचार्यले जानकारी दिए।
मृत्यु हुनेमा मानबहादुरकी ३५ वर्षीया श्रीमती सीता राना, ११ वर्षीय छोरा हेमन्त राना, पाहुना आएकी २२ वर्षीय वसन्ती राना र मानबहादुरको ७५ वर्षीय आमा गंगा कुमारी रानाको मृत्यु भएको हो।
बुधबार बिहान अबेरसम्म नउठेपछि छिमेकीले प्रहरीमा खबर गरेका थिए। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
annapurnapost
