नयाँ शक्ति निर्माण अभियानका संयोजक समेत रहेका बाबुरामले शुक्रबार साँझ नागरिक समाजका अगुवा र मधेसका केही बुद्धिजीविसहित मोर्चाका नेताहरुको बैठकमा प्रदेशको सीमांकन हेरफेर नभएसम्म आन्दोलन फिर्ता नलिन आन्दोलनरत मधेसी मोर्चाका नेतालाई भनेका हुन् ।
उनले प्रमुख दलहरुलाई सीमांकन हेरफेर गर्न बाध्य पार्न मधेश आन्दोलनलाई राष्ट्रिय स्वरुप दिएर सशक्त पार्न आग्रह गरे । आन्दोलनमा नयाँ शक्तिका तर्फबाट आवश्यक सहयोग गर्न तयार रहेको उनको भनाई थियो ।
प्रमुख दलहरुले आन्दोलनलाई गम्भिरतापूर्वक नलिएको आरोप लगाउँदै बाबुरामले उधारो सम्झौता नगर्न मधेसी मोर्चालाई सुझाव दिए । उनले भने– ‘आन्दोलन सुरु भएको चार महिना वितिसक्यो । ५० जनाले बलिदानी दिए । अब निशाफ नभएसम्म आन्दोलन नरोक्नुस् ।’
dainiknepal
