भारतीय च्यानल बन्द नगरेको भन्दै विप्लव माओवादीले गर्‍यो डिसहोममा बम आक्रमण

बुधबार, १ पुष
काठमाडौं । विप्लव नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले डिसहोमको अर्थ स्टेशनमा पेट्रोलबम प्रहार गरेका छन् ।
आज विहान माओवादीका कार्यकर्ताल डिसहोमको ललितपुर भैंसेपाटीस्थित अर्थ स्टेशनमा बम प्रहार गरेका हुन् । विहानै आधा दर्जनको संख्यामा रहेका माओवादी कार्यकर्ता भैसेपाटीस्थित डिस होमको कार्यलयमा पुगेका थिए ।
विप्लव नेतृत्वको माओवादीका प्रवत्ता खड्गबहादुर विश्वकर्माले घटना आफूहरुले घटाएको स्विकार गरेका छन् । उनले भारतीय च्यानल बन्द गर्न बारम्बार आग्रह गर्दा समेत अटेर गरेका कारण डिसहोमलाई कारवाही गरिएको जनाए । विश्वकर्माले डिसहोमले अझै अटेर गरे यो भन्दा ठूलो कारबाही भोग्न डिसहोमलाई चेतावनी समेत दिए ।
बम प्रहारपछि डिस होमको प्रसारण बन्द भएको छ । डिसहोमका प्रमुख कार्यकारी अधिकृत सुदीप आचार्यले टेलिभिजन प्रसारण बन्द भएको र वैकल्पिक उपायमार्फत पुनः प्रसारणको तयारी भइरहेको बताए ।
भारतले गरेको अघोषित नाकाबन्दी सँगै विप्लव नेतृत्वको नेकपा माओवादीले भारतीय टिभी च्यानल र फिल्न नचलाउन केबुल अपरेटर, डिसहोम तथा फिल्महलहरुलाई पत्र काटेको थियो ।
nepalsandesh

Write Comment Below: