भारले अफगानिस्तानको काबुलमा निर्माण गरिदिएको संसद् भवनको उद्घाटन गर्न त्यहाँ पुगेका मोदी फर्किने क्रममा पाकिस्तानको लाहोरमा ओर्लिएका हुन् । भारतीय सञ्चारमाध्यमका अनुसार पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफको जन्मदिनका अवसरमा शुभकामना दिन मोदी लाहोर पुगेका हुन् ।
यसका साथै मोदी सन् २००४ पछि पाकिस्तान भ्रमण गर्ने पहिलो भारतीय प्रधानमन्त्री पनि बनेका छन् । मोदी पाकिस्तानी समयअनुसार दिउसो ४.१५ मा लोहर विमानस्थलमा ओर्लिएका थिए । जहाँ उनलाई स्वागत गर्न पाकिस्तानी प्रधानमन्त्री शरिफ पुगेका थिए ।
सन् २००४ यता कुनै भारतीय प्रधानमन्त्रीले पाकिस्तानको भ्रमण गरेका छैनन् । कश्मिरको विषयलाई लिएर दुई देशको सम्बन्ध तनावग्रस्त रहदै आएको छ । हालै फ्रान्सको पेरिसमा भएको जलवायु सम्मेलनमा पनि मोदी र सरिफबीच वार्ता भएको थियो ।
१९४७ मा बेलायती उपनिवेशबाट छुटेपछि टुक्रिएका यी दुई देशबीच तीन पटक युद्ध भइसकेको छ । समाचार अनुसार शरिफको जन्मदिनको अवसर पारेर मोदी पाकिस्तानलाई फकाउन अचानक लाहोर ओर्लिएका हुन् ।
dainiknepal
