अहिले साढे १२ बजे लैनचौरमा भोज राखिएको स्रोतले जनाएको छ । जनता नाकाबन्दीको मारले खान नपाइरहेका बेला नेपालका नेताहरु भने लाइन लागेर भारतीय राजदूत रञ्जीत रेले दिएको भोज खान लैनचौर पुगेका हुन् ।
यसरी जानेमा नेपाली कांग्रेसबाट कृष्णप्रसाद सिटौला, एमाओवादीबाट कृष्णबहादुर महरा, नेकपा एमालेबाट सुरेन्द्र पाण्डे रहेका छन् । कांग्रेसका सांसद अमरेशकुमार सिंह पनि लैनचौर पुगेका छन् । यसैगरी आन्दोलनरत मधेसी मोर्चा अधिकांश नेता तथा सांसद पनि भोज खान दूतावास पुगेको स्रोतले जनाएको छ । भोज खान नेपाली नेताहरु मात्रै दुई दर्जन भन्दा बढी लैनचौर पुगेका छन् ।
डिनरपछि भारतीय दूतवासमा समसामयिक राजनीतिक परिस्थिती र नाकाबन्दी हटाउनेबारे छलफल हुने बताइएको छ ।
dainiknepal
