दिउँसो हुने लाठी जुलुस प्रदर्शनमा उल्लेख्य नेता तथा कार्यकर्ताको सहभागिता रहने सद्भावना पार्टीका महासचिव मनीष सुमनले जानकारी दिनुभयो ।
सरकारले मधेसी मोर्चाले उठाएका माग पूरा गर्ने विषयमा ध्यान नदिएपछि आन्दोलनलाई जारी राख्नु परेको महासचिव सुमनले बताउनुभयो । उहाँले आन्दोलनलाई सशक्त बनाउन जिल्लाहरुलाई निर्देशन दिइएको बताउनुभयो ।
उता, धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराई रहनुभएका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको स्वास्थ्य अवस्था सुधार भइरहेको छ । महासचिव सुमनका अनुसार अध्यक्ष महतोका स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ ।
यसैबीच, अध्यक्ष महतोका स्वास्थ्य लाभको कामना गर्दै समर्थक र पार्टीका कार्यकर्ताले तराई मधेसका जिल्लामा मन्दिरहरुमा पूजाअर्चना गरेको सुमनले उल्लेख गर्नुभयो ।
dainiknepal
