लाठीले मधेशको माग सम्बोधन नगरे बन्दुकले गर्ने महतोको चेतावनी

सिरहा–संघिय समाजवादी फोरम नेपालका सभासद डा. वीरेन्द्र महतोले लाठीले मधेशको आन्दोलन सम्बोधन नभए बन्दुकले सम्बोधन गराउने चेतावनी दिएका छन् ।

सिरहामा लाठी जुलुस प्रदर्शन गर्दै मोर्चाक कार्यकर्ता
सिरहामा लाठी जुलुस प्रदर्शन गर्दै मोर्चाक कार्यकर्ता/ तस्बिर : रामभरोसी

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको पुर्व घोषित कार्यक्रम अनुसार सिरहा सदरमुकाममा बुधबार लाठि जुलुस प्रदर्शनपछि आयोजित सभालाई सम्बोधान गर्दै उनले सो चेतावनी दिएका हुन् ।
महतोले शान्तिपुर्ण आन्दोलन र लाठि जुलुस लगायतका विभिन्न बिरोधका कार्यक्रमबाट मधेशको माग सम्बोधन नभए मधेशी जनता बन्दुक लिएर अधिकार लिन तयार भएको बताए ।
मधेशको माग दिलाउनका लागि एक सय मात्र नभएर हजारौं मधेशी अधिकारका लागि मर्न तयार भएको भन्दै उनले अब अधिकार लिएरै छाड्ने उद्घोष गरे ।

कार्यक्रममा सम्बोधन गर्दै महतोले सुरक्षामा खटिएका सुरक्षाकर्मी तर्फ इसारा गर्दै भने, ‘मधेशीको जायज माग सम्बोधन भए र विगतका दिनमा समेत मधेशीलाई समान रुपमा हेरेको भए टोपीको छोराको स्थानमा मधेशका धोती र लगौटा वालाको छोरा सुरक्षामा कार्यरत अहिले हुन्थ्यो । तर, पहाडी समुदायका केहि नेताहरुले मधेश र तराई मधेशमा बसोवास गर्ने मधेशीलाई सधै दोस्रो दर्जाको नागरीकको रुपमा हेरेकाले अहिले आन्दोलनको आवश्यकता भएको छ ।’
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको सान्तिपुर्ण आन्दोलनलाई विभिन्न नामहरु दिएर अधिकारको आन्दोलनलाई बदनाम गर्न खोजिएको समेत उनले गुनासो गरे ।
ययैबीच मधेशी मोर्चाद्वारा गरिएको आन्दोलनमा तोडफोड र आगजनी हुन थालेपछि स्थानीय प्रशासनले सिरहाको पूर्व पश्चिम सडकको पाँच सय मिटर दायाँ वायँ क्षेत्रमा लगाएको निषेधाज्ञा यथाबत नै रहेको छ ।

ratopati

Write Comment Below: