चीन र भारत सम्बन्ध फेरी विवादमा,स्टेशन नबनाउन चीनको चेतावनी

बिहीबार, २३ पुष
एजेन्सी। भारतले भियतनाममा सुचारु गर्न खोजेको तथ्यांक ट्रयाक गर्ने स्टेशनलाई लिएर भारत र चीन विच असहज स्थिति पैदा भएको छ । चिनिया अधिकारीहरुले भारतको यो रवैयाले स्थिति असहज हुने जनाएको छ ।
भारतले यो डेटा ट्रयाक गर्ने स्टेशन चीनको दक्षिणी महासागर तट नजिकै बनाउन थालेकाले चीन उत्तेजित भएको हो ।भारतको अन्तरिक्षमा अनुसन्धान गर्ने सस्थाले सो डेटा स्टेशन हो ची मिन्ह शहरमा स्थापना गरेको छ ।
जुन संस्था केहि दिनमा सुचारु हुनेछ र त्यहाँ बाट इन्डोनेसिया सम्म सो स्टेशन विस्तार गर्ने योजना भारतले बनाएको भारत अधिकारीहरुले जनाएका छन् ।
चीनको प्रतिक्रिया संगै भारतले यो समस्यालाई शान्तिपूर्ण तरिकाले हल गरिने जनाएको छ ।
nepalsandesh

Write Comment Below: