लालुले गरे नेपालमा मोदीको खतरनाक खेलको खुलासा

बिहीबार, २३ पुष
ओलीलाई उचाल्ने, मोर्चालाई पछार्ने
काठमाडाैं । नयाँ वर्षको उपलक्ष्यमा शुभकामना दिने भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई टेलिफोन गरेर संविधान संशोधन विधेयक पारीत भएपछि नाका सहज हुने बताएका थिए ।
ओली पनि मख्ख पर्दै मोदीको प्रशंसा गर्न भ्याए । यता, आन्दोलदनरत मधेसी मोर्चाका नेताहरुलाई पनि कुनै हालतमा वीरगञ्ज नाकामा आन्दोलन नछाड्न र संविधान संशोधन भएपनि नमान्न उनै मोदीले मोर्चाका नेताहरुलाई उचालेको खबर आइरहेको छ ।
यस्तोमा भारतीय पूर्वकेन्द्रीय रेलमन्त्री एवं विहारका नेता लालुप्रसाद यादवले भने मोदीले आजकाल नयाँ जागिर नै थालेको बताएका छन् । प्रधानमन्त्री मोदीकै कारण नेपाल भारत बिचको पुस्तौं लामो सम्बन्ध सखाप भएको भन्दै यादवले मोदी कुटनीति नेपालमा फेल भएको समेत दाबी गरेका छन् ।
यादवले मोदीले नेपालका प्रधानमन्त्री ओलीलाई उचाल्ने र मधेसी मोर्चाका नेताहरुलाई पछार्ने रणनीति लिएको र दुई पक्षलाई नै म तपाईंको साथमा छु भनेर अवस्था उत्तेजित पारेको आरोप लगाएका हुन् ।
सद्भावनाका केन्द्रीय सदस्य योगेन्द्र यादवसँग आफ्नै निवास पटनामा कुराकानी गर्दै यादवले मोदीका कारण नेपालको तराईमा समस्या सुल्झन नसकेको बताएका हुन् ।
उनले नेपालको मन्त्रिपरिषद्ले पारित गरेको तीन बुँदे प्रस्तावको भारतले समर्थन वा विरोध गर्नुको कुनै तुक नभएको भन्दै मोदीको यस्तो चरीत्र र जागिरका कारण नेपाली नेपालीबीचमा भिडन्त बढ्ने खतरा आएको बताएका हुन् ।
उनले सद्भावनाका नेताहरुलाई संयमित भएर सहमति, सहकार्य र एकता गरेर समस्या सुल्झाउन आग्रह गरे । यादवले पहिला देश अनि मधेसको भावना लिएर अघि बढ्न पनि सुझाव दिए ।
nepalsandesh

Write Comment Below: