प्रतिकारमा उत्रिएपछि जानकी चोकमा मोर्चा कार्यकर्ता र स्थानीय बासिन्दा/व्यापारीबीच झडप भएको प्रहरीले जनाएको छ । जनकपुरको जानकी चोक अहिले तनावग्रस्त बनेको छ । विहीबार दिउँसो मोटरसाइकल जुलुससहित मोर्चाका कार्यकर्ता बजार बन्द गराउँदै हिडेका थिए । उनीहरुले व्यापारीलाई पसल बन्द गराउन दबाब दिएका थिए । त्यसपछि आक्रोशित व्यापारी र स्थानीयहरु मिलेर प्रतिकारमा उत्रिएका हुन् ।
प्रतिकारमा उत्रिएका स्थानीयले मोर्चाका नेता चढेको मोटरसाइकल जलाइदिएका छन् । उनीहरुले सद्भावना पार्टी अध्यक्ष संजय सिंहको ज २ प ५४१९ नम्बर र तमसपा जिल्ला अध्यक्ष रूपनारायण मण्डलको ज ३ प २९९१ नम्बरको मोटरसाइकलमा जलाएका हुन् ।
यता मोर्चा नेताहरूले कांग्रेस र एमाले कार्यकर्ताले जुलुसमा अवरोध गरेका आरोप लगाएका छन् ।
dainiknepal
