फिफामा नेपालको ओरालो यात्रा, फेरि ४ स्थान तल, बेल्जियम एक नम्बर

बिहीबार, २३ पुष
काठमाडौं । विश्व फुटबलको नियमनकारी निकाय फिफाको नयाँ बरियतामा नेपाल फेरि ४ स्थान तल झरेको छ ।
फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ बरियता अनुसार नेपाल ४ स्थान तल झर्दै १९६ औं स्थानमा पुगेको हो । दक्षिण एसियाली मुलुकको बरियतामा पनि नेपाल पुछारमा झरेको छ ।
दक्षिण एसियाली मुलुकहरुको सूचीमा साफ च्याम्पियनसिपको उपविजेता अफगानिस्तान शीर्ष स्थानमा रहेको छ भने माल्दिभ्स दोस्रो तथा साफ विजेता बनेको भारत तेस्रो स्थानमा रहेको छ ।
अफगानिस्थान तीन स्थान तल झरेको हो भने माल्दिभ्स र भारत समान ३ स्थान माथि उक्लिएका हुन् ।
अफगानिस्तान फिफा बरियताको १५३ औं, माल्दिभ्स १५७ औं, भारत १६३ औं, बंगलादेश १७९ औं, पाकिस्तान १८५ औं, श्रीलंका १८८ औं र भुटान १९२ औं स्थानमा रहेका छन् ।
एसियाली बरियतामा इरान शीर्ष स्थानमा रहेको छ भने कोरिया दोस्रो तथा जापान तेस्रो स्थानमा रहेका छन् ।
विश्व बरियतामा भने यसपटक पनि बेल्जियम एक नम्बरमा रहन सफल भएको छ भने विश्वकपको उपबिजेता अर्जेन्टिना दोस्रो, स्पेन तेस्रो, जर्मनी चौथो, चिली पाँचौं स्थानमा रहेका छन् ।
यसैगरी ब्राजील, पोर्चुगल, कोलम्बिया, इङल्याण्ड र अष्ट्रिया क्रमशः छैठौं देखि दशौं स्थानमा रहेका छन् ।
nepalsandesh

Write Comment Below: